भूमिगत जलस्रोतबाट खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले डिप-ट्युबेलका लागि किसानबाट निवेदन माग गरिनेछ।
भिटामिन र खनिजको मिश्रणलाई चामलको पिठोमा मिलाइ एक्स्टुजन मेसिनबाट चामलको जस्तै आकार र रङ हुने गरी पोषणयुक्त चामल उत्पादन गरिन्छ।
प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै सम्पर्कमा नरहेका कर्मचारीलाई सात दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन भनेको छ।
दुई खेलको सिरिजमा नेपाल १–० ले अगाडि छ। सोमबार भएको पहिलो खेलमा नेपालले आयरल्यान्ड उल्भ्सलाई पराजित गरेको थियो।
हिजोआज पुरुषले नै बाजा बजाउन छोडेपछि 'देउरालीचोक आमा समूह'को अग्रसरतामा महिलाहरू बाजा बजाउन सिकिरहेका छन्।
इजरायल अमेरिकासँग रिसाउनुकाे कारण गाजामा युद्धविरामको प्रस्ताव मतदानमा अमेरिकाको गैरभिटो हो।
सोमबार जनकपुरधामस्थित राममन्दिरको प्रांगणमा आयोजित महामूर्ख सम्मेलनमा उनलाई मिथिला नाट्य कला परिषद्ले महामूर्ख घोषणा गरेको हो।
भाषिक सम्बोधनको कुरा आखिर विचार र चेतनाकै हो। भाषिक प्रयोगमार्फत कसैलाई आफूतल या आफूमाथि ठहर गर्न हामी खोजिरहेका छौँ भने त्यो साह्रै 'झुर' हो।
अहिले कोशी, मधेश तथा बागमती प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भैरहेको छ।
पन्जाबले दिएको १७७ रनको लक्ष्य बैंग्लोरले ४ बल बाँकी छँदै पूरा गर्यो। बैंग्लोरका लागि विराट कोहलीले सर्वाधिक ७७ रन बनाए।
प्रस्तावमा इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानमा तत्काल युद्धविराम गर्न र बन्धक बनाइएका सबैलाई रिहा गर्न माग गरिएको बताइएको छ।
असिनापानीले हिउँदेबालीमा क्षति पुर्याएपछि स्थानीय तह र कृषि ज्ञान केन्द्रले क्षतिको विवरण संकलनको तयारी थालेका छन्।
शिविर बस्तीमा सुकेका रूख छन्। गर्मी मौसममा आउने हावाहुरीले सुकेका रूख ढल्ने र घरमाथि खसेर यसभन्दा अगाडि कैयौँ धनजनको क्षति भइसकेको छ।
दमकको मुख्य चोकबाट ६ किमि उत्तरपूर्वमा बनाइएको १८ तले भ्यु टावरबाट आसपासका झुपडी, खेत र खोलाको बगर मात्र देखिन्छ। ग्रामीण क्षेत्रमा बनाइएको यो भवन तत्काल व्यापारिक रूपमा प्रयोग गर्न पनि मुस्किल छ।
काठमाडौँ जिल्ला अदालतले खेलमा मिलेमतो तथा अनियमिततासम्बन्धी मुद्दामा मोहमद आदिल बलमसहित पाँच जनालाई सफाइ दिएको छ।
शिक्षा मन्त्रालयले सार्वजनिक विद्यालयमा माध्यमिक तहसम्म विद्यार्थी भर्नालगायतका शुल्क नलिन र निजी विद्यालयमा शुल्कसम्बन्धी मापदण्डको प्रभावकारी कार्यान्वयन गर्न स्थानीय तहहरूलाई आग्रह गरेको छ।
सर्वोच्च अदालतले बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनुपर्ने माग गर्दै परेको रिटको पक्षमा फैसला गरेको छ।
छोरेपाटन माविले 'डेविज फल्स'को आम्दानीबाट वर्षमा ४ करोड रुपैयाँभन्दा बढी पाउँदै आएको छ। महानगरले विद्यालयलाई ३ करोड मात्र दिने गरी निजी कम्पनीलाई २ करोडमै जिम्मा लगाएपछि विवाद बढेको हो।
आयरल्यान्ड उल्भ्स टी२० शृंखलाको पहिलो खेलमा नेपाली टिमसँग ६ विकेटले पराजित भएको छ।
नेप्से परिसूचक १७.०१ अंकले घटेर २०३१.५५ को विन्दुमा कायम भएको छ।