लाजै लजाउने नाटकको मञ्चन नेपाली नेताहरूले पहिला पनि गरेकै हुन्, फरक यति मात्र हो कि प्रत्येक पटक त्यसको 'डिग्री' माथि जाँदैछ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी र गण्डकीको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुनेछ।
प्रहरीका अनुसार मिलमा आगो सल्किएको दुई घण्टापछि मात्र स्थानीयले थाहा पाएका थिए। मिलमा कोही नबस्ने भएकाले मानवीय क्षति भने भएन।
भोजपुरको हतुवागडी गाउँपालिका–७ मा भएको आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ।
मोरङ, तेह्रथुम र भोजपुरमा शनिबार भएका आगलागीका घटनामा स्थानीयका ३२ वटा घर जलेर नष्ट भएका छन्।
फाइनलमा मोरङ फुटबल संघलाई २–१ गोल अन्तरले पराजित गर्दै एनआरटी च्याम्पियन बनेको हो।
जंगलबाट शुरू भएको आगलागी हावाहुरीका कारण बस्तीमा फैलिएको प्रहरीले जनाएको छ।
घोराही उपमहानगरले २०७४ सालमा ‘एक वडा एक जलाशय’ कार्यक्रम ल्याएयता ४३ वटा जलाशय बनिसकेका छन् जसले कृषि, वातावरण र पर्यटन प्रवर्द्धन मात्र भएको छैन, दुई गाउँबीच पानी बाँडफाँटको मुद्दा पनि ढिसमिस भएको छ।
जिल्लामा पहिचान भएका ३५९ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता पाउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ।
भारतमा लोकसभाको निर्वाचन अप्रिल १९ देखि हुने भएको छ। सात चरणमा हुने निर्वाचनको मतगणना जुन ४ मा हुनेछ।
ईयूका सदस्य राष्ट्रहरूले रुसी सम्पत्ति रोक्का गर्दा प्राप्त रकम युक्रेनका लागि हतियार खरिदमा प्रयोग गर्ने प्रक्रिया अघि बढाउने भएका छन्।
विद्यालय शिक्षासम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न तत्कालीन शिक्षामन्त्री अशोककुमार राईको कार्यकालमा गत भदौ २७ गते प्रतिनिधिसभामा दर्ता भएको विधेयकमा १७०० संशोधन परेका छन्।
कर्मसियल रूपमा सफल फिल्म आर्टिस्टिक हुनसक्छ तर आर्टिस्टिक रूपमा सफल चलचित्र सधैँ कर्मसियल रूपमा सफल हुन्छन् भन्ने छैन।
भृकुटीमण्डपबाट शुरू भएको म्याराथन भद्रकाली, शहीद गेट, न्युरोड गेट, रानीपोखरी, जमल, दरबार मार्ग हुँदै पुनः भृकुटीमण्डपमा आएर समापन भएको थियो।
लमजुङको सामान्य परिवारमा जन्मिएका सुवेदी बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि गर्ने पहिलो नेपाली हुन्। उनले लिड्स, लन्डन र अक्सफोर्डलगायत विश्वविद्यालयमा प्राध्यापन गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टी एकता गर्ने निर्णय गरेको हो। एकीकृत पार्टीको नयाँ नाम आगामी महाधिवेशनले टुंगो लगाउने सहमति भएको छ।
इतिहासका अभिलेख अध्ययन गर्दा मस्टो परम्परा हिन्दु, इस्लाम, क्रिस्चियन बौद्ध आदि परम्पराभन्दा अघिदेखि नै प्रचलनमा रहेको ठहर हुन्छ। यस हिसाबले प्राचीन मस्टो उपासक खसहरू हिन्दु थिएनन्।
युक्रेनमाथिको छानबिन आयोगको नयाँ प्रतिवेदनले रुस र युक्रेनमा रुसी अधिकारीले सर्वसाधारणमाथि गरेको उत्पीडनबारे खुलासा गरेको र उत्पीडन निकै ठूलो मात्रामा भएको पुष्टि गरेको छ।
नेपाल कमर्सियल आर्टिस्ट संघले बजार क्षेत्रलाई चित्रकलासहित सौन्दर्यीकरण गरेको छ। ट्राफिक चोकदेखि दशरथ चोकसम्मका भित्तामा सुदूरपश्चिमका कला र संस्कृति झल्किने चित्रकला कोरिएको छ।
परम्परागत बाली गाउँको पाखो बारीमा पनि उत्पादन हुने गर्थे। तर पछिल्लो समय ती बाली उत्पादन हुने बारी वनमाराले ढाकिएका छन्। खेती भइरहेका बारीमा पनि फलफूललगायत अन्य नगदेबाली लगाइएको छ।