कसैले सेवामा बढी अवधि बिताउँदैमा उसमा संस्थाको नेतृत्व गर्ने क्षमता छ भन्ने हुँदैन। भर्खरको युवा पनि प्रधानाध्यापकका लागि योग्य हुनसक्छ।
नेपाल ४ खेलमा अंकविहीन रहँदै समूहको पुछारमा छ। ९ अंक रहेको बहराइन दोस्रो स्थानमा छ।
कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी र मधेशमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ।
मन्त्रालयले गौतमश्री सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी कार्य गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई पत्राचारसमेत गरेको छ।
सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुई अंगरक्षकलाई तत्काल थुनामुक्त गर्न आदेश गरेको छ।
विशेष अदालत काठमाडौँले रामेछापको लिखु तामाकोशी गाउँपालिका पूर्वअध्यक्ष गोविन्दबहादुर खड्कासहित ६ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।
नेपाल बाल संगठनको नक्सालस्थित बालमन्दिर परिसरको २९ रोपनी जग्गा संगठनका पदाधिकारीको मिलीभगतमा व्यापारिक घरानाले कब्जा गरेको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान शुरू गरेको छ।
श्रीमान् र विदेशमा रहेका छोराछोरीले पढाइमा साथ दिएपछि उमेरको पर्बाह नगरी विद्यालय आएको सुनाउँदै ५२ वर्षीया शोभा राईले पहिला कुरा काट्नेहरूले अहिले प्रशंसा गर्न थालेको बताइन्।
अहिले आमनागरिकमा दुर्व्यवहारका घटना हुनासाथ प्रहरीलाई खबर गर्ने र सूचना दिने बानीको विकास भएको छ।
आयरल्यान्ड उल्भ्सविरुद्धको दुई खेलको टी२० शृंखला नेपालले जितेको छ।
मालवाहक पानीजहाज ठोकिएर अमेरिकी शहर बाल्टिमोरको फ्रान्सिस स्कट कि ब्रिज (पुल)मा क्षति पुगेको छ।
डोल्टी पावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने धौलागिरि लघुवित्तको शेयर मूल्य ९.३५ प्रतिशतले घटेको छ।
गृहमन्त्री रवि लामिछानेले यात्रुहरूलाई विमानस्थलमा अनावश्यक दुःख, कष्ट, हैरानी दिने प्रवृत्ति तत्काल रोक्न आग्रह गरेका छन्।
फ्लोरिडा राज्यका गभर्नरले १४ वर्षमुनिका बालबालिकालाई आफ्नै सामाजिक सञ्जाल खाता राख्नबाट प्रतिबन्ध लगाउने विधेयकमा हस्ताक्षर गरेका छन्।
मुसिकोट नगरपालिकाको बडीगाढ खोलामा दुई पटकसम्म ढलान गर्दैगर्दाको पुल भाँचिएपछि हाल डिजाइन परिवर्तन गरी तेस्रो पटक निर्माण शुरू गरिएको छ।
अर्थमन्त्री पुनले पूर्वाधार विकाससहित जलविद्युत्, पर्यटन र सूचना प्रविधिजस्ता तुलनात्मक लाभका क्षेत्रमा लगानी गर्न एआईआईबीको टोलीलाई आग्रह गरे।
चीनको राजधानी बेइजिङलाई पछि पार्दै मुम्बई पहिलो पटक एशियाकै अर्बपतिको राजधानी बनेको छ।
काठमाडाैँको चोभारस्थित सुक्खा बन्दरगाह निर्माण सम्पन्न भएको दुई वर्षपछि केही चहलपहल देखिन थालेको छ।
भिसा अवधि समाप्तपश्चात् गैरकानूनी तवरले नेपालमा बसिरहेका उनीहरूलाई पक्राउ गरी प्रहरीले मंगलबार सार्वजनिक गरेको छ।
महानगरपालिकाको बजेटबाट किनिएका सीसीटीभी क्यामरा काठमाडौँ–१६ कि वडा सदस्य शारदा सुवेदीको घर वरपर राखिएको भन्दै स्थानीयले विरोध गरेपछि काम रोकिएको छ। जडान भइसकेका दुई वटा क्यामरा पनि निकालिएको छ।