सरकारको सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार मधेशमा सुमित्रा सुवेदी भण्डारी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियाँलाई प्रदेश प्रमुखमा नियुक्त गरेका हुन्।
अर्थमन्त्री वर्षमान पुनको निर्देशनमा मन्त्रालयले शुक्रबार अपराह्न २ बजे लघुवित्त पीडितका प्रतिनिधिलाई वार्ताका लागि मन्त्रालयमा बोलाएको हो।
युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल संघ (एन्फा) का १० जना पदाधिकारी वैदेशिक भ्रमण गएकामा आपत्ति जनाएको छ।
बौद्धिक, प्राज्ञिक एवम् अनुसन्धानात्मक कार्यमा सहकार्य सँगै तथ्यमा आधारित नीति निर्माणका लागि पहलकदमी गर्ने र सम्बन्धित पक्षलाई सुझाव दिने सम्झौतापत्रमा उल्लेख छ।
फागुन २८ गतेको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसका आधारमा मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेशप्रमुखलाई पदमुक्त गरिएको हो।
प्रधानमन्त्री दाहाललाई माओवादी केन्द्रसहित एमाले, रास्वपा, जसपा नेपाल, नेकपा एस र नागरिक उन्मुक्ति पार्टीका सांसदले विश्वासको मत दिए।
आर्थिक संकट देखाउँदै ‘बी’ तथा ‘सी’ डिभिजन लिग र ‘सी’ डिभिजन छनोट नखेलाएको एन्फाले ‘ए’ डिभिजन लिग पनि अर्को वर्षलाई सारेको छ। तर पदाधिकारी भने एन्फाकै खर्चमा धमाधम विदेश भ्रमणमा छन्।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट कार्यान्वयन भइरहेको राष्ट्रपति महिला सशक्तीकरण परियोजनाअन्तर्गत उक्त उद्धार भएको हो।
बुधबार नेप्से परिसूचक २.४८ अंकले घटेर २१०८.७२ अंकमा कायम भएको छ।
पीएनजीले दिएको १७२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ८५ रन बनाउँदा १६.३ ओभरमा अलआउट भयो।
जनताबाट म्यान्डेट लिएर आएका नेताहरूले जनमत बचाउन नसकेको उल्लेख गर्दै राउतले विश्वासको मत जनताको हातमा सुम्पिनुपर्ने बताए। जनमतले विश्वासको मत नदिने उनको भनाइ थियो।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आफ्नो पार्टीले वर्तमान सरकारलाई विश्वासको मत नदिने बताएका छन्।
अमेरिकाले युक्रेनमा आफ्ना सेना पठाए आणविक युद्ध पनि हुन सक्ने भन्दै उनले बुधबार चेतावनी दिएका हुन्।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनायो।
टोकियोस्थित स्पेस वानको १८ मिटर अग्लो काइरोस रकेट पश्चिमी जापानको तटीय वाकायामा क्षेत्रमा प्रक्षेपण गरिएको करिब पाँच सेकेन्डपछि विस्फोट भएको छ।
चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमा आगो लागेपछि नेपालमा प्रज्वलनशील वस्तु ओसारपसारसम्बन्धी मापदण्ड नभएको खुलेको छ। पेट्रोलियम पदार्थजस्ता प्रज्वलनशील वस्तुसमेत मापदण्डबिनै ओसारपसार भइरहेको छ।
देशमा विभिन्न नाममा राष्ट्रिय एकतामा भाँजो हाल्ने र समाजमा विद्वेष फैलाउने तथा पश्चगमनमा लाने प्रवृत्ति देखा परेको ओलीको भनाइ छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको भावनाविपरीतका विचलन रोक्नका लागि आफूलाई विश्वासको मत प्रदान गर्न संसद्सँग आग्रह गरेका छन्।
अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा भएको सामान्य गिरावटसँगै त्यसको असर नेपाली बजारमा पनि देखिएको छ।
पहिलोपटक जारी कञ्चनपुर पर्यटन महोत्सवभित्र थारु गाउँ सञ्चालन गरेका कुश्मीलगायत थारु समुदायले हिउँदको समयमा मात्रै यस वर्ष १० महोत्सवमा प्रदर्शनी कक्ष राख्ने योजना बनाएका छन्।