AnonymousUser

Logout

एमडीएमएस किन्दा भ्रष्टाचार, दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष झासहित १९ जनाविरुद्ध मुद्दा

अख्तियारले एमडीएमएस सेवा खरिद प्रक्रियामा भ्रष्टाचार गरेको आरोपमा दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासहित १९ जना र २ कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

बजेट मागिरहने तर पुँजीगत खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले उपलब्ध बजेट पूर्ण रूपमा खर्च हुने गरी विकास निर्माणका कामको नेतृत्व गर्न सबै मन्त्री तथा मुख्यमन्त्रीलाई निर्देशन दिए।

राष्ट्रियसभा उपाध्यक्षबाट उर्मिला अर्यालको राजीनामा

राष्ट्रियसभा उपाध्यक्ष पदबाट उर्मिला अर्यालले राजीनामा दिएकी छन्।

सामान्य अंकले बढ्यो नेप्से परिसूचक, २ अर्ब ६५ करोडको कारोबार

कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्य ओरालो लाग्दा आठ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ।

एसईई : सर्लाहीमा १० निरीक्षक निष्कासित

उनीहरूलाई जारी एसईईमा निरीक्षकका रूपमा बस्न नदिने गरी निष्कासन गरिएको शिक्षा विकास तथा समन्वय एकाइका निमित्त प्रमुख रामवृक्ष महतोले जानकारी दिए।

शिक्षा

शुरू भयो एसईई 

माध्यमिक शिक्षा परीक्षा एसईई भएको छ। बिहीबार बिहान ८ बजे शुरू भएको परीक्षा चैत २७ गतेसम्म चल्नेछ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार पाँच लाख चार हजार ४१४ विद्यार्थी परीक्षामा सहभागी भएका छन्। 

सुदूरपश्चिम : नागरिक उन्मुक्तिका २ मन्त्रीको तोकियो जिम्मेवारी 

सुदूरपश्चिम प्रदेश सरकार गठनमा निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टीका सात प्रदेशसभा सदस्यमध्ये पाँच जना मन्त्री भइसकेका छन्।

लोकमार्ग छेउछाउमा बाक्लिँदै बस्ती

मध्यपहाडी लोकमार्गले जोडिएसँगै यातायातका साधन सञ्चालनले व्यापार, व्यवसायका साथै पूर्वाधार निर्माणमा सहजता थपेको छ। यसअघि निसीखोलाको माथिल्लो भाग सबै धानखेत थियो। धानखेत अहिले घर तथा भवनले भरिएका छन्।

अनाथ बालबालिकालाई आएको पैसा कोषाध्यक्षलाई ‘घरखर्च’

मदन आश्रित प्रतिष्ठान धनकुटाले सञ्चालन गरेको बाल पुनर्स्थापना केन्द्रमा आएको सहयोग रकम तत्कालीन कोषाध्यक्ष घनिन्द्र न्यौपानेले अपचलन गरेका छन्। रकम नतिरेपछि ‘घरखर्च’का लागि ऋण दिएको कागज गराइएको छ।

बुट्टारमा विद्युत् उत्पादन रोक्न माग गर्दै सर्वोच्चमा रिट

त्रिशूली नदीको बहाव, जैविक विविधता, जलचरको वासस्थान, प्रजननमा दीर्घकालीन असर पार्ने, नदी प्रणालीको पहिचान, सदिऔँदेखि धार्मिक रूपमा सम्मान गर्दै आइएको त्रिशूलीको अस्तित्व नै समाप्त हुने रिटमा उल्लेख छ।

कोभिड निगरानीका लागि डब्ल्यूएचओले शुरू गर्‍यो विश्वव्यापी सञ्जाल

कोरोना भाइरससँग सम्बन्धित स्वास्थ्य चुनौतीको प्रारम्भिक पहिचान, जोखिम मूल्यांकन र प्रतिक्रियामा डब्ल्यूएचओका सदस्य राष्ट्रको तयारी बढाउने उद्देश्यले प्रयोगशालाका प्रतिनिधिले जेनेभामा छलफल गरेका छन्।

वर्षा नरोकिएपछि नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द

कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार शुरू हुने तय भएको टी२० शृंखलाअन्तर्गतको पहिलो खेल वर्षाका कारण रद्द भएको छ।

झापामा हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते

शिवसताक्षी–११ स्थित रतुवामाई वृक्षरोपण आयोजनाको वन क्षेत्रमा जंगली हात्तीको आक्रमणबाट स्थानीय ६० वर्षीया पवित्रा भेटुवालको  घटनास्थलमै मृत्यु भएको छ।

धनगढीबाट काठमाडौँ उडेको श्रीएयरको जहाज भैरहवामा आपत्कालीन अवतरण

बिहान ७ः १२ बजे धनगढीबाट उडेको जहाज मौसम खराब भएका कारण काठमाडौँ अवतरण गर्न नसकेपछि भैरहवामा अवतरण गरिएको हो।

भिजिबिलिटी कमजोर हुँदा त्रिभुवन विमानस्थलमा उडान प्रभावित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडान प्रभावित भएको छ।

अन्न उत्पादन घटेपछि तरकारीखेतीमा म्याग्दीका किसान 

मुस्किलले १२ हजार रुपैयाँ बराबरको अन्न उत्पादन हुने खेतबारीमा सागसब्जी र फलफूलखेती गरेपछि अहिले वार्षिक तीन लाखदेखि पाँच लाखसम्म आम्दानी हुने गरेको किसानले बताएका छन्।

मुटुको चाल कम भएपछि टोपबहादुर रायमाझी अस्पताल भर्ना

बुधबार राति मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका नेता रायमाझीलाई चिकित्सकको निगरानीमा राखिएको छ। 

बजेट अभावमा रोकियो नगर अस्पताल निर्माण

भिमाद प्राथमिक स्वास्थ्य केन्द्रलाई नगरस्तरीय अस्पतालका रूपमा स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाउने योजनासहित भवन निर्माण थालिएको थियो।

नेपाल प्रहरीका ८ डीएसपीको बढुवा सिफारिस

प्रहरी प्रधान कार्यालयले करिब आठ महिनादेखि रिक्त एसपीमा बढुवाका लागि आठ जना डीएसपीको नाम सिफारिस गरेको छ।

कक्षा १२ को परीक्षा पो माध्यमिक परीक्षा!

कक्षा ११ र १२ लाई स्कुलमा गाभिसकेपछि १० मा कसरी माध्यमिक शिक्षा परीक्षा भयो? ‘स्कुल लिभिङ सर्टिफिकेट एक्जामिनेसन’ त कक्षा १२ कै परीक्षा हो र हुनुपर्छ। 

यो ब्लक वेबसाइटबाट हटाइएको छ।