हङकङविरुद्ध १२२ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनीले १२.४ ओभरमै लक्ष्य पूरा गर्यो।
राष्ट्रियसभामा मंगलबार भएको मतदानमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ। मतदानमा ५६ जना सांसद उपस्थित थिए।
इस्लाम धर्मावलम्बीको महान पर्व रमजान शुरू भएको छ। यो अवधिमा रोजा अर्थात् उपवास बस्नाले वर्षभरिको पाप पखालिने साथै ७० गुणा बढी पुण्य प्राप्त हुने विश्वास गरिन्छ।
कांग्रेसबाट उम्मेदवार रहेका युवराज शर्माको पक्षमा १७ र विपक्षमा ३९ जनाले मतदान गरेका थिए।
दक्षिण अफ्रिका र बोत्स्वानाका आदिवासीको सेटापा नाच झोँछेको सडकमा देखाइँदा दर्शकले औधी रुचाए। यो नाच बाली संरक्षण र प्रेमको उत्सवसँग जोडिन्छ। बोत्स्वानाको एक समूह सेटापालाई विश्वभरि पुर्याइरहेको छ।
मिटरब्याज तथा ठगीविरुद्ध किसान संघर्ष समितिको संयोजनमा भएको आन्दोलनमा करिब चार हजार किसान सहभागी भए। ४२औँ दिनमा सरकारसँग चार बुँदे सहमति भए पनि कार्यान्वयनमा शंका रहेको पीडित बताउँछन्।
नेपालले प्रस्तुत गरेको १९९ रनको लक्ष्य पछ्याएको पीएनजी १६.१ ओभरमा ११३ रनमा अलआउट भयो। नेपालका कुशल भुर्तेलले १२ रन खर्चेर ४ विकेट लिए।
हिंसाका कारण हाइटीबाट तीन लाख ६२ हजार मानिस विस्थापित भएका छन्। हतियारधारी समूहले राजधानीका पसल र घरहरूमा तोडफोड गरेपछि ७२ घण्टाका लागि आपत्कालीन अवस्था लागू गरिएको छ।
माङसेबुङ गाउँपालिका–१ का गजुरमुखी, नाङरुङ, तोभाङ र वडा नं २ का इभाङ, डाँडागाउँ, काब्राबोटे गाउँका ३५० जना किसानले व्यावसायिक कफीखेती गर्दै आएका छन्।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १९८ रन बनायो। नेपालका कुशल भुर्तेल र सन्दीप जोराले अर्धशतक प्रहार गरे।
ढाका उद्योगबाट विद्यालय पोसाक, स्वीटर, मफलर, आउटर, ट्राउजर, टोपी र गलबन्दीलगायत सामग्री उत्पादन हुने गरेको छ। उत्पादित सामग्री गाउँमै खपत भइरहेको छ।
पुरातनवादी सोच, राजनीतिक संरक्षण त्रिवि उत्थानको मूल वाधक हो। ‘यो विश्वविद्यालय मेरो हो र मेरै सन्ततिका लागि हो’ भन्ने भावनाको विकास सुधारको मूल आधार हो।
पछिल्लो खेलबाट नेपालले टोलीमा एक परिवर्तन गरेको छ। मुख्य प्रशिक्षक मोन्टी देशाईंले अभिनाश बोहराको स्थानमा आकाश चन्दलाई अवसर दिएका छन्।
देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।
सरकार र मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिबीच चारबुँदे सहमति भएको छ।
आगलागीबाट कर्णाली पुलको पूर्वपट्टी रहेका १४ वटा लट्ठामा क्षति पुगेको छ। लम्कीचुहा नगरपालिका–३ का वडाअध्यक्ष लवबहादुर शाहीले आगलागीबाट पर्यटकीय पुलमा क्षति भएको बताए।
चीन, रुस र इरानका नौसेनाले यसै साता ओमानको खाडीमा संयुक्त अभ्यास गर्ने भएका छन्।
सुन तस्करी नियन्त्रणका लागि गठित उच्चस्तरीय आयोग साढे पाँच महिनादेखि ‘काममै रहँदा’ सत्तारुढ माओवादीका नेता–कार्यकर्ता जोडिएका एकपछि अर्को सुनकाण्ड बाहिर आइरहेका छन्।
राप्रपाले आगामी चैत्र १६ गते गर्ने भनेको काठमाडौँकेन्द्रित जनप्रदर्शन एसईई परीक्षाको कारण देखाउँदै चैत्र २७ गतेलाई सारेको छ।
गिरीबन्धु टी-स्टेटको जग्गा सट्टाभर्ना दिने तत्कालीन सरकारको निर्णय अदालतले बदर गरे पनि पूर्वराजा ज्ञानेन्द्रको चिया बगान र केपी ओली ट्रस्टसहितका संस्था हदबन्दीभन्दा बढी जमिन बिक्री गर्ने चलखेलमा छन्।