ती कर्मचारीले टेलिकमको कार्यालयमा हाजिर गरेर आफ्नो निर्माण कम्पनीमा समेत काम गर्ने गरेको आयोगले जनाएको छ।
रूपेन्द्रले सुष्मालाई एकतर्फी माया गर्ने गरेको र पटक–पटक प्रेमप्रस्ताव राखेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
उपचार अभावमा कसैले ज्यान गुमाउनु नपरोस् भनेर शुरू गरिएको स्वास्थ्य बीमा कार्यक्रम औषधि उत्पादकदेखि डाक्टर, अस्पताल प्रशासनदेखि फार्मेसीसम्मको चलखेलले आफैँ मृतप्रायः अवस्थामा पुग्दै छ, कसरी?
सुनकाण्ड छानबिनको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयले अग्रसरता देखाएसँगै यसअघि छेकिएका वा छोपिएका भ्रष्टाचारका मामलाहरूमा समेत थप छानबिन हुने आशा बढेको छ, तर आशंका भने मेटिइसकेको छैन।
सरोकारवाला निकायसँग छलफल गर्दै मन्त्री अर्यालले आगामी शुक्रबारदेखि एक घण्टाभित्र श्रम स्वीकृति दिन सकिने गरी प्रणालीको सुधार गर्न निर्देशन दिएका हुन्।
तीव्र गतिमा बढ्दै गएको एआई प्रयोगलाई नियन्त्रण गर्न उत्सुक देशहरूलाई पनि ईयूको यस एआई कानूनले सहयोग पुग्नसक्ने बताइएको छ।
पर्व
काठमाडौँको वसन्तपुरमा रंगीचंगी ध्वजाले सजाइएको तीनतले चीर ठड्याइएको छ। यससँगै रंगहरूको पर्व होली शुरू भएको छ।
आइतबार ८४ कम्पनीको शेयर मूल्य बढ्दा १५० को घटेको छ भने १० कम्पनीको स्थिर रहेको छ।
बिनातलब घरका कामकाजमा लगाएबापत पूर्वपतिबाट महिलालाई ८८ हजार युरो क्षतिपूर्ति भराउन स्पेनको एक अदालतले आदेश दिएको छ।
तुलसीरामले चित्र बनाउनका लागि कुनै तालिम भने लिएका छैनन्। विद्यालयमा चित्रकला प्रतियोगितामा प्रथम भएपछि यसप्रति झनै लगाव बढेको उनले बताए।
नेपाल औषधि लिमिटेडले आइतबारदेखि थप तीन प्रकारका औषधि उत्पादन शुरू गरेको छ।
उच्चपदस्थ राजनीतिज्ञका खानदान, परिवार, नातागोता नै संलग्न भएका भ्रष्टाचार र अपराधको माफिया शैलीको झल्को दिने जालो कसले र कसरी तोड्ने हो, नेपालीजन पर्खिरहेका छन्।
पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा गठन भएको उच्चस्तरीय छानबिन आयोगले चैत १ गते गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो।
बाँसबारी जग्गा प्रकरणको केन्द्रमा विनोद चौधरी नै रहेकाले अनुसन्धान उनीमाथि केन्द्रित रहेको, अहिले संसद् अधिवेशन चलिरहेकाले सभामुखको समेत स्वीकृति लिएर चाँडै बयान लिइने सीआईबीले जनाएको छ।
आइतबार बिहान हृदयघातका कारण काठमाडाैँको सिभिल अस्पतालमा उनको मृत्यु भएको जसपाका प्रवक्ता एवं प्रदेशसभा सांसद मनिष सुमनले जानकारी दिए।
सुन तस्करीसम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले पूर्वसभामुख महरालाई कारबाही गर्न सिफारिस गरेको थियो।
लामिछानेले गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र सीआईबीका प्रमुख श्याम ज्ञवालीलाई मन्त्रालयमा बोलाएर चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीमाथि छानबिन गर्न निर्देशन दिएका हुन्।
काठमाडौँको वसन्तपुरमा रंगीचंगी ध्वजाले सजाइएको तीनतले चीर ठड्याइएको छ। यससँगै रंगहरूको पर्व होली शुरू भएको छ।
सम्झौतामार्फत बेसारको उत्पादन र बजारीकरणको सुनिश्चित गरिएको छ। कृषि उद्यमशीलता तथा बेसारखेती अभिमुखीकरण तालिम दिएर किसानलाई बेसारको बीउसमेत प्रदान गिरएको छ।
इतिहाद स्टेडियममा न्युक्यासल युनाइटेडलाई २–० ले पराजित गर्दै सिटी अन्तिम चारमा पुगेको हो। घरेलु टोलीका लागि दुवै गोल पोर्चुगिज मिडफिल्डर बर्नाडो सिल्भाले गरे।