लिच्छवि हाउसमा ‘अनिच्चः परिवर्तन, जीवन, संसार’ विषयवस्तुमा आधारित प्रदर्शनी गरिएको छ। क्यानडेली कलाकार क्रोद्वारा क्युरेट प्रदर्शनीले स्थानीय तथा अन्तर्राष्ट्रिय कलाकारको समूहलाई एकैठाउँमा जमघट गरायो।
विदेशी नागरिकलाई नागरिकता बिक्री गरेको अभियोगमा लागेका दुई अधिकृतसहित तीन जनालाई काभ्रेपलान्चोक जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।
केन्द्राध्यक्ष श्यामकृष्ण पन्तका अनुसार परीक्षामा प्रकाशज्योति माविबाट १९, लोकप्रिय माविबाट १७, अन्नपूर्ण माविबाट एक र लोकप्रिय माविबाट (खुला) दुई गरी ३९ जना सहभागी भएका छन् ।
एक दशकअगाडि कालोपत्र भएको घोडाबाँधे–गलकोट खण्ड जीर्ण बनेपछि मर्मत गरिएको थियो। निर्माण कम्पनीले गत असोजमा कालोपत्र गरेको सडक एक महिनापछि उप्किन थालेको थियो।
गोरखा नगरपालिका– ७ का वडाध्यक्ष विष्णुप्रसाद श्रेष्ठका अनुसार मृतक एकै परिवारका आफन्त हुन्। उनीहरू शंकर रोकाको शुक्रबार राति पशुपतिमा अन्त्येष्टि गरेर घर फर्किँदै थिए।
जति बखान गरे पनि कुरो उही हो। मलाई राजा बनाउन रैतीले आफ्नो योग्यता अझै प्राचीनकालीन बनाउनुपर्यो। ढाड अझै झुकाएर हिँड्न थाल्नुपर्यो।
पुस्तकमा २०० वटा गीत रहेका छन्। २०० पृष्ठ रहेको पुस्तकको मूल्य पनि २०० भारु रहेको छ।
यस वर्ष हात्तीको आक्रमणबाट झापामा सात जनाको मृत्यु भइसकेको छ। अन्य सात जना घाइते भएको डिभिजन वन कार्यालयले जनाएको छ।
उन्नत जातको मकै खेतीका लागि प्रतिकट्ठा तीन हजारदेखि तीन हजार ५०० रुपैयाँसम्म खनजोत, मलखाद र कामदार खर्च लागेको किसानले बताएका छन्। जग्गा भाडामा लिएका किसानको लगानी अझ बढी छ।
काठमाडौँबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ।
काँकडभिट्टाबाट आयात हुने पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यास झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा स्थानीय पेट्रोल पम्पमार्फत बिक्री वितरण हुँदै आएको छ।
शुक्रबार राति भएको खेलमा कोलकाता नाइट राइडर्ससँग घरेलु टोली बैंग्लोर ७ विकेटले पराजित भएको छ।
तपाईं कसरी नुहाउनुहुन्छ? आबुई! खाना पनि पकाउनुहुन्छ? अनि सपना कसरी देख्नुहुन्छ? यस्ता प्रश्नहरूसँग हामी अव्यस्त भइसक्यौँ। यस्ता प्रश्नको उत्तर दिँदादिँदा कति साथी थाकिसके। कति चाहिँ रिसाइहाल्छन्।
दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
त्रिविले वार्षिक परीक्षा प्रणालीका सबै संकायको स्नातक तहका प्रश्नपत्र अंग्रेजीका साथै नेपाली भाषामा पनि तयार गर्ने भएको छ।
विगत तीन दिनदेखि सोलखुम्बुको लुक्लामा मौसम प्रतिकूल बन्दा रामेछापको मन्थलीमा दुई सयभन्दा बढी विदेशी पर्यटक रोकिएका छन्।
युक्रेनी वायुसेनाका अनुसार मस्कोले युक्रेनको ‘इन्धन र ऊर्जा क्षेत्र’लाई लक्षित गरेर रातारात ९९ वटा मिसाइल र ड्रोन प्रहार गरेको थियो, जसमध्ये ८४ वटा मिसाइललाई रोक्न युक्रेन सफल भएको थियो।
सर्वोच्च अदालतले नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङको निलम्बन बदर गर्ने आदेश गरेको छ।
सरोकारवालाले सरकारले महिलाका क्षेत्रमा लगानी बढाउनुपर्ने, अहिलेदेखि नै उनीहरूको आर्थिक पाटोमा काम गर्न नसके समानता हासिल गर्न १६९ वर्ष लाग्ने औँल्याए।
हार्वर्ड विश्वविद्यालयले आफ्नो पुस्तकालयमा राखिएको १९ औँ शताब्दीको एक पुस्तकबाट मानव छालाको गाता हटाएको छ।