AnonymousUser

Logout

करोडौँको लगानीमा निर्मित ‘होल्डिङ सेन्टर’ प्रयोगमा नआएर जीर्ण बन्दै

‘होल्डिङ सेन्टर’को प्रयोग नहुँदा एकातर्फ निर्माण भएका संरचना जीर्ण बन्दै गएका छन् भने अर्को तर्फ नेपाली सेनाले पहरा दिनुपरेको छ।

‘साउथ चाइना सी’मा हस्तक्षेप गर्ने अधिकार अमेरिकालाई छैन : चीन

आफ्नो क्षेत्रीय सम्प्रभुता, सामुद्रिक अधिकार र हितको दृढतापूर्वक रक्षा गर्न तथा ‘साउथ चाइना सी’मा शान्ति र स्थिरता कायम गर्न आवश्यक कदम चालिरहने चीनको भनाइ छ।

सत्तारुढ गठबन्धनको साझा संकल्प : कुनै पनि कालखण्डका भ्रष्टाचार छानबिन गरिने

सहकारीको दर्ता र कार्यक्षेत्र विस्तार अनुमति तथा सेवा केन्द्र स्वीकृति बन्द गर्ने, लघुवित्तका ऋणीहरूको कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचनाको व्यवस्था गर्ने सत्तारुढ गठबन्धनको साझा संकल्पमा उल्लेख छ।

प्राध्यापकको हत्याका योजनाकार १६ वर्षपछि पक्राउ

प्रहरीले नेपाल कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्याका मुख्य योजनाकारलाई १६ वर्षपछि पक्राउ गरेको छ।

जलवायु परिवर्तनसम्बन्धी विधेयकको मस्यौदा : छुट्टै निकाय गठनप्रति वन मन्त्रालय असन्तुष्ट

जलवायु परिवर्तनका क्षेत्रमा काम गर्न छुट्टै निकाय बनाउने विधेयकको मस्यौदाप्रति तालुकवाला वन मन्त्रालयका अधिकारी असन्तुष्ट छन्। विज्ञहरू भने यस्तो निकाय आवश्यक हुने तर मस्यौदा अझै अपूर्ण भएको बताउँछन्।

गृहमन्त्री लामिछानेलाई बदनाम गर्न खोजियो: ओली

एमाले अध्यक्ष ओलीले सहकारीसँग कुनै सम्बन्ध नै नभएका गृहमन्त्री लामिछानेलाई जबरजस्ती बदनाम गराउन खोजिएको दाबी गरे।

नेप्से परिसूचक ६.२४ अंकले घट्यो, ३ अर्ब ६३ करोडको कारोबार

बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड र सर्वोत्तम सिमेन्ट लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

गृहले स्थानीय प्रशासनसँग माग्यो इजाजत दिइएका हतियारको विवरण

 गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई इजाजत दिइएका हतियारको विवरण २४ घण्टाभित्र उपलब्ध गराउन निर्देशन दिएको छ।

प्रधानमन्त्रीको जवाफमा कांग्रेस असन्तुष्ट, रविमाथि संसदीय छानबिन गर्न माग

सहकारीका बचतकर्ताको रकम हिनामिना प्रकरणमा लामिछानेको संलग्नताबारे प्रधानमन्त्री दाहालले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदीय समितिमार्फत छानबिन गर्न माग गरेको छ।

रविबारे सदनमा प्रधानमन्त्रीको जवाफ : अनुसन्धान गर्नु नपर्ने प्रहरीको ‘ब्रिफिङ’ थियो

सहकारीको रकम अपचलनबारे प्रहरीले नै रवि लामिछानेमाथि अनुसन्धान गर्न आवश्यक नभएको र दोषी नरहेको भनेकाले त्यसलाई राजनीतिकरण गर्नु उचिन नहुने प्रधानमन्त्री दाहालको भनाइ छ।

निसीखोला दुर्घटनाका घाइते भन्छन्– तीव्र गतिका कारण बस खस्यो

“पातीहाल्नेबाट निसीखोलातर्फ लाग्ने सडक घुमाउरो र ओरालो छ। अलिक सुस्त चलाउनु भनेर आग्रह गर्दा पनि चालक अटेर गर्दै अघि बढेका थिए। घुम्तीमा मोड्न नसक्दा गाडी खस्यो।”

अनलाइन क्यासिनो चलाएको आरोपमा ४ जना पक्राउ 

प्रहरीले उनीहरूबाट अनलाइन गेम खेलाउन प्रयोग भएका पाँच थान ल्यापटप र ११ थान मोबाइलसमेत बरामद गरेको छ।

प्रतितोला ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला एक लाख २५ हजार २०० मा कारोबार भइरहेको छ।

अन्नपूर्ण संरक्षण क्षेत्रमा तानातान: स्थानीय असन्तुष्ट, तीन तहका सरकारबीच स्रोत हत्याउने हानथाप

संरक्षणका नाममा एक्यापले स्रोतसाधन प्रयोग गर्न नदिएको भन्दै स्थानीय असन्तुष्ट छन् भने आफ्नो अधिकार क्षेत्रबाट वार्षिक करोडौँ रुपैयाँ उठाएर संघ सरकारले मनोमानी गरेको पालिकाहरूको आरोप छ।

महिला क्रिकेट टिमकी पहिलो कप्तान नेरी थापाले लिइन् खेल जीवनबाट संन्यास

नेरी थापाको कप्तानीमा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको थियो। सन् २००७ मा मलेसियामा आयोजित एसीसी महिला च्याम्पियनसिपमा उनले नेपाली महिला राष्ट्रिय टिमको कप्तानी गरेकी थिइन्।

मिटरब्याज पीडितका गुनासा सम्बोधन गर्न प्रशासन कार्यालयमा डेस्क स्थापना

विषयमा जिल्ला प्रशासन कार्यालय तथा अन्य निकायसँग समन्वय गर्ने गरी गृह मन्त्रालयका शाखा अधिकृत चिरञ्जीवी जीएमलाई सम्पर्क व्यक्ति तोकिएको छ।

नाइजेरियामा बन्दुकधारीले गरे १०० भन्दा बढी मानिसको अपहरण

नाइजेरियाली जोखिम परामर्शका लागि स्थापना भएको गैरसरकारी संस्था ‘रिस्क कन्सल्टेन्सी एसबीएम इन्टेलिजेन्स’का अनुसार गत वर्षको ‘मे’यता चार हजार सात जना अपहरणमा परेका छन्।

साहित्यकार परशु प्रधानको निधन

प्रधानको ८० वर्षको उमेरमा सोमबार राति काठमाडौँको बानेश्वरस्थित निवासमा निधन भएको हो। मंगलबार बिहान ९ बजे पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिनेछ।

शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का

मन्त्रीस्तरीय निर्णयबाट सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा  र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म अन्तरजिल्ला सरुवा रोक्का गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।

बागलुङ बस दुर्घटना: मृत्यु हुनेको संख्या ९ पुग्यो, २८ जना घाइते

घाइतेमध्ये एक जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र अन्य २७ जनालाई बागलुङस्थित धवलागिरि अस्पतालमा ल्याइएको डीएसपी मदन केसीले जानकारी दिए।