पत्रकार दीर्घराज उपाध्यायद्वारा लिखित पुस्तक ‘द्वन्द्व पत्रकारिताको एक दशक’ विमोचन भएको छ।
सर्वोच्चले अन्तरिम आदेश खारेज गरेसँगै प्रहरीका डीआईजी विष्णुकुमार केसीसहित ८९ जना अधिकृत एकसाथ अवकाशमा जाने भएका छन्।
यी स्कुलमा बालबालिकालाई पाकेटमारी गर्ने, भीडबाट झोला चोर्ने, छिटो दौडने, प्रहरीबाट टाढै बस्ने र कुटपिट सहनेलगायत युक्तिहरू सिकाइन्छ।
नेपालसँग मौखिकरूपमा मात्रै नेपालीलाई रुसी सेनामा भर्ती लिँदैनौँ भनेको रुसले भारतको हकमा भने विज्ञप्ति नै जारी गरेको छ। जबकि रुसी सेनामा भारतीय भन्दा नेपाली धेरै छन्।
विनयी–त्रिवेणी गाउँपालिका–७ रानीनगरमा सेफ्टी ट्यांकीभित्र काम गर्ने क्रममा बेहोस भएका तीन जनाको उपचारका क्रममा मृत्यु भएको छ।
केन्द्रीय बैंकका अनुसार प्रत्यक्ष लगानीमध्ये सबैभन्दा बढी बागमतीमा ५९.७ प्रतिशत छ भने लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिममा प्रदेशमा एक प्रतिशतभन्दा कम छ।
पलेशाले अब क्वाटरफाइनलमा ब्राजिलकी मायारा सिल्भाना फर्नान्डेजसँग प्रतिस्पर्धा गर्ने छिन्।
प्रस्तावित राजदूतविरुद्ध उजुरी दिनेहरूमध्ये अधिकांशले संविधानको मर्म र भावनाअनुरूप समावेशी सिद्धान्तलाई आत्मसात् नगरिएको उल्लेख गर्दै सिफारिस सच्याउन माग गरेका छन्।
शुक्रबार संसद्को राज्य व्यवस्था तथा सुशासन समिति बैठकले भ्रष्टाचारको अनुसन्धानमा हदम्याद राख्ने प्रस्तावित व्यवस्थालाई अस्वीकार गर्ने निर्णय लिएको हो।
शुक्रबार बिहान गएको पुरिएर घरभित्र सुतिरहेका तीन महिला, ६ बालबालिका र तीन पुरुष गरी १२ जनाको मृत्यु भएको छ।
काठमाडौँ उपत्यकाभित्र छोटो दूरीमा मात्र नभई आसपासका जिल्लासम्म जाने मध्यम दूरीमा पनि ईभीको प्रयोग बढिरहेको छ। भन्सार विभागको तथ्यांकले समेत यस्ता विद्युतीय माइक्रोबसको आयात बढेको देखाउँछ।
मदन पुरस्कार गुठीको शुक्रबार भएको साधारणसभा बैठकले २०८० को मदन पुरस्कार मुकाम रणमैदानलाई दिने निर्णय गरेको छ।
बिहीबार साँझ घरबाट हराएकी बालिकाको खोजतलासका क्रममा शुक्रबार बिहान शव फेला परेको हो।
टेक्सासको ह्युस्टनमा २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेमाथि गोली हानी हत्या गरेको आरोपमा ५१ वर्षीय बबीसिंह शाह पक्राउ परेका छन्।
कावासोती नगरपालिका–१ बालुवाडाँडामा ६८ लाख रुपैयाँ लागतमा तीन वर्षअघि ६० फिट अग्लो टावर निर्माण गरिएको थियो। रेखदेख एवं सञ्चालन गर्ने निकायको अभावमा टावर बेवारिसे बनेको छ।
प्रसारण लाइन निर्माणमा भएको ढिलाइले सबस्टेसन सञ्चालनमा नआउँदा म्याग्दीका मंगला, मालिका र धवलागिरि गाउँपालिकामा केन्द्रीय प्रसारण लाइन विस्तार कार्य प्रभावित भएको छ।
बिहीबार दिउँसो भएको विस्फोटमा गम्भीर घाइते भएका स्थानीय दिलीप साँवाका दुई वर्षीया छोरी पिन्सा र ११ वर्षीय छोरा दिप्सनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
नदी र नदीजन्य खानीको अव्यवस्थित उत्खननले प्राकृतिक कुरूपता मात्रै बढाएको छैन, भूक्षय र अन्य प्राकृतिक विपत्तिलाई पनि सहज आमन्त्रण गरिरहेको छ।
२०७२ वैशाख १२ गतेको भूकम्पले आंशिक क्षतिग्रस्त महास्नानघर जीर्णोद्धार सम्पन्न गरी २०७९ भदौ पहिलो साता पशुपति संग्रहालय उद्घाटन गरिएको थियो।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै तथा मधेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।