AnonymousUser

Logout

दाउरा संकलनका क्रममा महाकालीमा बगेर १ जनाको मृत्यु, १ बेपत्ता

दाउरा संकलनका क्रममा महाकाली नदीमा बगेका दुई किशोरमध्ये एकको मृत्यु भएको छ भने अर्का किशोरको खोजी भइरहेको प्रहरीले जनाएको छ।

शाम्बालाः लोकलाजको मूल्य कति?

टासी र पेमाबीच असीमित माया छ। चलचित्रको शुुरूआती दृश्यमा पेमाकी आमाले भनेकी छिन्, “श्रीमान् जति वटा भए पनि बढी माया लाग्ने एक जना हुन्छ।” पेमाका लागि आमाले भनेका श्रीमान् उनै टासी हुन्।

विद्यालयको आफ्नै छात्रावास, जग्गा भाडामा लिएर तरकारी खेती

छात्रावासका लागि आवश्यक पर्ने तरकारी विद्यालय आफैले उत्पादन गर्न थालेको छ। कक्षा चार देखि १० सम्मका ८५ जना विद्यार्थीलाई छात्रावासमा बसोबासको व्यवस्था मिलाइएको छ। 

म्यानमारमा विनाशकारी बाढीको सामना गर्न विदेशी सहायता आह्वान

म्यानमार, भियतनाम, लाओस र थाइल्यान्डमा विनाशकारी चक्रवात ‘यागी’सँगै आएको भारी वर्षाले निम्त्याएको बाढी पहिरोले करिब ३०० जनाको ज्यान लिएको छ। 

घुमन्ते व्यापारमा रमाएका ‘काफ्ले बा’

हुम्लाको कनका सुन्दरी गाउँपालिका-८ सिञ्जाका काफ्ले झण्डै डेढ दशकदेखि रामपुर र यसका आसपासमा कपडाको व्यापार गरिरहेका छन्।

ठेकेदारको लापरबाहीले बनेन धुलिखेल–खावा सडक 

निर्माण कम्पनीको लापरबाहीले यहाँका स्थानीय बषौँदेखि धुलो र हिलो झेल्न बाध्य भएका छन्। सम्बन्धित निकायले समयमा पूरा गर्नेतर्फ चासो दिएका छैनन्।

अधुरै रह्यो भुपेन्द्राको ‘शी लिड्स आइकन’ बन्ने सपना

देशभरका उत्कृष्ट काम गर्ने जनप्रतिनिहरूबीच प्रतिस्पर्धा गराइएको थियो। अनलाइन मतका आधारमा छानिने आइकनमा पालिकाप्रमुख तथा उपप्रमुखसहित २७ जना महिला जनप्रतिनिधि छोटोसूचीमा छनोटमा परेका थिए।

बजेट अभावले २८० खानेपानी आयोजना सुधार अधुरै

सुधार गर्न आवश्यक २८० खानेपानीका आयोजनामध्ये सबैभन्दा बढी आयोजना मधेश प्रदेशमा छन्। दातृ निकायले समेत लगानीको चाहना नदेखाएपछि आवश्यक बजेट अभाव भएको हो।

राधाकृष्ण मैनालीका तीन घुम्ती

मैनाली भन्छन्, ‘‘अल्पमतमा पर्नु, पेलिनु र पार्टी फुटाएर नयाँ निर्माण गर्नु कति सकस हुँदो रहेछ, सायद माधव नेपाल महसुस गर्दै होलान्।”

तरकारीखेती गरेर छोराछोरीलाई डाक्टर र इन्जिनियर पढाउँदै उर्मिला

२०५२ सालदेखि तरकारीखेती शुरू गरेकी बेदकोट– ७ मन्दिरपुरका उर्मिला डगौराले यसकै आम्दानीले घर जग्गा जोडेकी छन्। छोरा रविन र छोरी रविनालाई उच्च शिक्षा पढाउन सफल भएकी छन्।

देशका विभिन्न स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना

देशभर मनसुनी वायु तथा बंगालको खाडी उत्तरपूर्व रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ।

‘देशको पूर्वाधार निर्माण जोखिमपूर्ण बाटोमा’

राष्ट्रिय निकुञ्ज र संरक्षित क्षेत्रमा सरकारी तथा निजी क्षेत्रका पूर्वाधार परियोजनालाई प्रवेश दिन सरकारी पक्षले अनैतिक र गैरजिम्मेवार कार्यशैली अपनाएको भन्दै नागरिक अगुवाले चिन्ता व्यक्त गरेका छन्।

उकालो साप्ताहिक ब्रिफिङ: नसुध्रिने वायुसेवा निगम, ओली–बालेन समर्थक खिचातानी

यो साता उकालोमा एउटा चिठी पुर्‍याउन २४ सय खर्च, मेडिसिटीमा अनुमति ३०० बेडको, सञ्चालन ७५०, अब कसरी टुंगिन्छन् द्वन्द्वकालीन मुद्दा? लेखाजोखामा सार्वजनिक लेखा समितिलगायतका खबर चर्चामा रहे।

रुसबाट किभ फर्केए ४९ युक्रेनी युद्धबन्दी

रुसको कुर्स्कमा युक्रेनको आक्रमणपछि युद्धरत दुवै मुलुकबीच दोस्रोपटक युद्धबन्दी आदानप्रदान भएको छ। युक्रेनी राष्ट्रपति जेलेन्स्कीले शुक्रबार ४९ युद्धबन्दी रुसबाट किभ फिर्ता भएको बताएका छन्।

सरकारले कृषि सुधारका लागि करिब ९ अर्ब ऋण लिने

सरकारले विद्युत् ट्रान्समिसन तथा वितरण आयोजना कार्यान्वयन गर्न एडीबीबाट प्राप्त हुने अनुदान तथा सहुलियतपूर्ण ऋणका लागि अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली पनि गठन गरेको छ।

कृषि मन्त्रालयलाई प्राप्त बजेटमध्ये ५६ प्रतिशत मल खरिदमै खर्च

मन्त्रालयका सचिव डा. दीपककुमार खरालले बजेट अभावका कारण कृषि क्षेत्रमा विकासका काम गर्न नसक्ने अवस्था रहेको भन्दै बजेट वृद्धि गर्न सबैको ध्यान जानुपर्ने बताए।

मितेरी सहकारी ठगी प्रकरणः डेढ वर्षअघि नै भएको थियो साढे १२ करोड अनियमितताको ठहर

कांग्रेस उपसभापति धनराज गुरुङले डिभोर्सपछि पनि आफ्नो नाममा रहेको घर/जग्गा धितोमा राखेर दुवै जनाले लिएको ऋण तिरेको संस्थाबाट प्राप्त विवरणले देखाउँछ।

विद्युत् नजोडिँदा अर्बौं लगानीको पेपर मिलले उत्पादन शुरू गर्न सकेन

गौशाला–१ इँटाटारमा अर्बौंको लगानीमा स्थापना भएको पेपर मिल सञ्चालनका लागि ३३ हजार केभिएको विद्युत् आवश्यक छ। अहिलेसम्म विद्युत् पुग्न नसक्दा मिल सञ्चालनमा आउन नसकेको मिलका निर्देशक अरुण भण्डारीले बताए।

पहिरोले सुदूरपश्चिमका प्रमुख सडक अवरुद्ध

पहिरोका कारण धनगढी—डडेलधुरा, डडेलुधरा —दिपायल, बुडर—जोगबुढा, खोड्पे—बझाङ राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ।

महाकाली नदीको जलसतह उच्च

महाकालीमा बहाब बढेपछि शारदा ब्यारेजको पुलमा चारपांग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।