विश्वबैंकको अध्ययनअनुसार नेपालमा सवारीसाधन दुर्घटनाका कारण कुल गार्हस्थ उत्पादन (जीडीपी) को करिब ३ प्रतिशत बराबरको वार्षिक क्षति हुने गरेको छ।
उद्धारकर्ताले विस्फोटस्थल नजिकै जलेका थप आठ शव फेला पारेपछि मृतकको संख्या २४ पुगेको हो। यसअघि १६ जनाको मृत्यु भएको जनाइएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ५६ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुन एक लाख ५६ हजार ८०० निर्धारण भएको छ।
मर्मतपछि भासिएको सडकमा सवारीसाधन सञ्चालन गर्न मिले पनि तत्काल सडक कालोपत्र गर्न नमिल्ने सडक डिभिजन कार्यालयले जनाएको छ।
भरतपुर महानगरपालिका–२९ पच्चीस किलोबाट ट्रक नदी छेउमा खसेको हो। ट्रकका चालक र सहचालकको खोजी भइरहेको छ।
नयाँ भौतिक संरचना निर्माण गरेर १५ शय्या क्षमताबाट ५० शय्यामा रूपान्तरण गर्ने लक्ष्यका साथ काम चलिरहेका बेला जमिन भासिएको हो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार राति १२: ८ बजे ४.६ म्याग्निच्युडको भूकम्प भएको हो।
प्रहरीको आँखा छल्ने प्रयास आफैले आँखा बन्द गरेर साधन चलाएझैँ घातक हुन्छ भन्ने बोध प्रत्येक चालकलाई हुनुपर्छ। ट्राफिक प्रहरीलाई पनि सडकको नियमसम्बन्धी ज्ञान तथा तिनको पालना नितान्त आवश्यक छ।
यस खेलमा रेफ्री एन्थोनी टेलरले १४ पहेँलो कार्ड देखाएका थिए। यी पहेँलो कार्डमध्ये ८ चेल्सी र ६ बर्नमाउथका नाममा रह्यो।
कोशी, बागमती र गण्डकीका एक–दुई स्थानमा भारी वर्षा हुनेछ। कोशी प्रदेशका तराई क्षेत्रका केही स्थानमा हावाहुरीसमेत चल्ने विभागले जनाएको छ।
बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिको परीक्षणका क्रममा अहिलेसम्म ६१ जनालाई जापानिज इन्सेफ्लाइटिस्को संक्रमण देखिएको छ।
सञ्चारकर्मी तथा गीतकार शिवराज योगीले भीम बिसीसँगको सहकार्यमा ‘साहिँला दाइ’ बोलको गीत सार्वजनिक गरेका छन्।
अविरल वर्षासँगै खसेको पहिरोले दुई दिनदेखि अवरुद्ध केआईसिंह राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ।
काठमाडौँ उपत्यकामा ५० हजार र काठमाडौँ महानगरमा २२ हजार हाराहारी सामुदायिक कुकुर छन्। यी कुकुरको खानाको स्रोत मानिस नै हुन्। फोहोरको थुप्रो उधिन्नु र खानेकुरा दिने पशुसेवक कुर्नु यी कुकुरको दैनिक हो।
गाजाको नागरिक सुरक्षा विभागले गाजाको एक घरमा भएको इजरायली हवाई आक्रमणमा चार बालबालिकासहित एकै परिवारका ११ जनाको मृत्यु भएको बताएको छ।
नेपाल प्रिमियर लिगमा सहभागी आठ टिमले ‘मार्की प्लेयर’ छनोट गरेका छन्।
बागलुङको बुर्तिबाङमा घर भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
पोखरामा सडक सुरक्षासँगै बढ्दो जनघनत्व, सवारी चाप र शहरी सौन्दर्यलाई दृष्टिगत गरी एक वर्षअघि शालिक स्थानान्तरण गर्ने निर्णय भएकोमा कार्यान्वयन नहुँदा ट्राफिक व्यवस्थापन सकसपूर्व बन्दै आएको छ।
प्रदेश सरकार बजेटविहीन हुँदा कर्मचारीको तलब, भत्ता, सञ्चालन खर्चलगायत शीर्षकमा दुई महिनादेखि भुक्तानीको समस्या भइरहेको छ।
ललितपुरको कुपण्डोलस्थित मुख्य सडक भासिँदा सवारी आवागमन प्रभावित भएको छ।