AnonymousUser

Logout

१५ शय्याको मध्यविन्दु जिल्ला अस्पताल स्तरोन्नति नहुँदा सेवा प्रवाहमा समस्या

२०७५ सालमा सामुदायिक रूपमा सञ्चालित अस्पताललाई गण्डकी प्रदेश सरकारले १५ शय्याको जिल्ला अस्पताल कायम गरेको थियो। दैनिक सरदर ४०० बिरामीले सेवा लिने गरेका छन्।

लिभरपुल शीर्षस्थानमा, चेल्सीले वेस्ट ह्यामलाई हरायो

वेस्ट ह्यामको घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन निकोलस ज्याक्सनले २ तथा कोल पाल्मरले १ गोल गरे।

वर्षौंदेखि बाँझो रहेको जमिनमा बेसार फलाउँदै डोटीका ४ युवा

दिपायल सिलगढी–३ बान्नेकोटका युवा तेज द्वारिया, कैलाश खड्का, दीपक साहु र शैलेन्द्र खड्काले करिब १८ रोपनी जमिनमा बेसारखेती थालेका हुन्। उनीहरूले वर्षौंदेखि बाँझो रहेको जमिनलाई उपयोगमा ल्याएका छन्।

तीव्र रूपमा गायब हुँदै गएका नरेन्द्र मोदी

समाधानको बाटोमा केही राम्रो त भएकै छैन तर ओठे चिन्तासमेत प्रकट हुन छाडेको छ। मोदी अहिले राज्यबाट पूर्ण रूपमा हराएका छन्, जसरी उनका भाषणबाट राज्य हराएको छ।

काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि नेपाल पुलिसलाई 

मालदिभ्सको मालेमा शनिबार राति भएको फाइनल खेलमा पुलिसले उज्वेकिस्तानको हुमो भिसीलाई ३–० सोझो सेटमा हराउँदै उपाधि जितेको छ। 

यस्तो रहनेछ आइतबारको मौसम

कोशी, गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।   

मानव–वन्यजन्तु द्वन्द्व घटाउने योजना तयार पार्दै लुम्बिनी

वन्यजन्तुको सुरक्षित वासस्थान, आहारा र पानीको स्रोत सुनिश्चित गर्न प्रदेश सरकारले योजनाबद्ध काम गरिरहेको वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्लेले बताए।

आतिशी बनिन् दिल्लीको तेस्रो महिला मुख्यमन्त्री

शपथपछि आतिशीले आगामी विधानसभा चुनावपछि केजरीवाललाई मुख्यमन्त्रीको रूपमा फिर्ता ल्याउन आफूले कडा मिहिनेत गर्ने बताइन्।

श्रीलंकाको राष्ट्रपति चयनका लागि भएको मतदान सम्पन्न

कुनै पनि उम्मेदवारलाई चुनाव जित्नका लागि ५० प्रतिशतभन्दा बढी मत आवश्यक पर्छ। उम्मेदवारले बहुमत प्राप्त नगरेमा दोस्रो चरणको मतगणना हुने छ।

भोटमा सुन छ, दिनरात कामकै धुन छ... 

युशुमा नेपाली थाङ्का, बौद्ध धर्मका पूजा सामग्री, कार्पेट, भाँडा–वर्तन, धूप, लामाका कपडा, बख्खु, मूर्ति आदिको कारोबार मात्रै वार्षिक १० करोड रुपैयाँसम्मको हुने गरेको छ।

जीवन बनाउन आफैलाई भुल्नु पनि कला होः गुरचरण दास

‘एउटा आइतबार बिहान म झिसमिसेमै उठेँ, एकछिन घोत्लिएँ र नाटक लेख्न थालेँ। त्यसपछिका हरेक हप्ताको विदामा मैले लेख्दै गएँ। त्यसरी लेख्दालेख्दै म लेखक बनेँ।’

जलवायु परिवर्तन

जलवायु न्यायको माग गर्दै ‘पिपुल्स क्लाइमेट मार्च’\r\n

जलवायु न्यायको माग गर्दै युवाहरूले ललितपुरको जावलाखेलमा ‘पिल्स क्लाइमेट मार्च २०२४’ गरेका छन्। र्‍यालीमा सहभागीले विकसित मुलुकहरू खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदूषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्र परेको भन्दै क्षतिपूर्ति तिर्नुपर्ने माग गरेका छन्। विकसित देशले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणका रूपमा दिन खोजेको भन्दै विरोध गरेका छन्। तस्वीर: नेपाल फोटो लाइब्रेरी

पोखरामा १ महिनामा ६ गुणाले बढे डेंगी संक्रमित

कास्कीको पोखरा महानगरपालिकामा गत भदौ पहिलो सातायता डेंगी संक्रमण ६ गुणाले बढेको छ।

बेरुतमा इजरायली आक्रमणमबाट हिजबुल्लाहका शीर्ष कमान्डरसहित ३१ जनाको मृत्यु

बेरुतमा भएको इजरायली हवाई आक्रमणबाट मारिनेको संख्या ३१ पुगेको लेबनानका स्वास्थ्यमन्त्रीले बताएका छन्।

कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’

बजारमा माग भएकाले पछिल्लो एक वर्षदेखि कुचो बनाएर बिक्री गर्ने, चामलसँग साट्ने गरेको सम्झना चौधरीले बताइन्।

अरनिको राजमार्ग विस्तारमा जग्गा अधिग्रहण र सम्पदा व्यवस्थापन गर्न सकस

विस्तारित बनेपा–धुलिखेल सडकखण्डमा केही मोड सुधारका लागि थप जग्गा अधिग्रहणका लागि आयोजनाले प्रक्रिया थालेपछि मूल्यका विषयमा विवाद सिर्जना भएको छ।

श्रीलंकामा आर्थिक मन्दीपछि पहिलोपटक राष्ट्रपतिका लागि मतदान जारी

श्रीलंकामा एक करोड ७० लाखभन्दा बढी मतदाता रहेका छन्। मतदान केन्द्र तथा गणना केन्द्रको सुरक्षाका लागि ६३ हजारभन्दा बढी प्रहरी तैनाथ गरिएको छ।

तिलिचो ताल पुग्न नयाँ पदमार्ग

जोमसोमदेखि घरपझोङ गाउँपालिका–५ ठिनी भएर तिलिचो तालमा पर्यटक जान थालेका हुन्। यसअघि मनाङको चामेदेखि खाङसार हुँदै तिलिचो ताल जोड्ने पदमार्ग प्रयोगमा थियो। 

घटस्थापनाभन्दा अगाडि सडक मर्मत गरिसक्न निर्देशन

सरकारी प्रतिनिधिसहित यातायात व्यवसायीको बैठकले सडक विभागअन्तर्गत सबै सडक घटस्थापनाभन्दा अगाडि मर्मतसम्भार गरी सञ्चालन गर्न विभागलाई निर्देशन दिएको छ।

बागलुङमा चट्याङ लागेर १ जनाको मृत्यु

शुक्रबार राति आफ्नै घरभित्र बसिरहेको अवस्थामा चट्याङ पर्दा बागलुङ निसीखोला गाउँपालिका-३ किटनीकी २४ वर्षीया रजना बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।