AnonymousUser

Logout

थप ५७ हिमाल आरोहणका लागि खुला

थप ५७ हिमाल आरोहणका लागि खुला गरिएसँगै नेपालमा आरोहण खुल्ला गरिएका हिमालको संख्या ४६१ पुगेको छ।

काठमाडौँ उपत्यकासहित यी प्रदेशबाट बाहिरियो मनसुन

अहिले मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालका बाँकी क्षेत्रबाट पनि केही दिनमै मनसुन बाहिरिने महाशाखाले जनाएको छ।

संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दाः कसका कारण भइरहेछ सुनुवाइमा आलटाल?

सर्वोच्चले कतिपय राजनीतिक मुद्दा सुनुवाइमा आलटाल गर्ने र सन्दर्भ सकिएपछि रिट खारेज गरिदिने अभ्यास छ। चार जना प्रधानन्यायाधीशको अवकाश भइसक्दा पनि किन टुंगिएन संवैधानिक पदाधिकारी नियुक्तिको मुद्दा?

धौलागिरि आरोहणमा गएका ५ रुसी पर्वतारोहीको मृत्यु

धौलागिरि हिमाल आरोहणमा गएका पाँच जना रुसी पर्वतारोहीको मृत्यु भएको छ।

एआईसम्बन्धी आविष्कारका लागि जोन र जेफ्रीलाई भौतिकशास्त्रको नोबेल पुरस्कार

अमेरिकी जोन होपफिल्ड र बेलायती–क्यानडाली जेफ्री हिन्टनले कृत्रिम बौद्धिकता (एआई)को विकासमा पुर्‍याएको योगदानका लागि यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार प्राप्त गरेका छन्।

चित्तल मारेर लैजाँदै गरेका १ जना पक्राउ

रत्ननगर नगरपालिका–११ शीतल टोलमा दुई वटा चित्तल मारेर बोरामा लैजान लागेका एक जना पक्राउ परेका छन्।

बाढीपहिरोले क्षतिग्रस्त सडक–पुल मर्मतसम्भार अभियानमा सेना

विपद्बाट क्षतिग्रस्त राजमार्ग, रणनीतिक महत्त्वको पक्की पुल र ग्रामीण सडक मर्मत गर्न ६ हजार सकल दर्जा खटिइरहेको नेपाली सेनाले जनाएको छ।

पूर्वसचिव खनालको नेतृत्वमा आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन

सरकारले पूर्वअर्थसचिव रामेश्वर खनालको संयोजकत्वमा विज्ञहरूको पाँच सदस्यीय उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको छ।

नेप्से परिसूचक २७ अंकले घट्यो, साढे चार अर्बको कारोबार

मंगलबार नेप्से परिसूचक २७.३९ अंकले घटेर २६६३.३२ को विन्दुमा सीमित भएको छ।

मानव अधिकार आयोग दशैँमा पनि खुल्ने

राष्ट्रिय मानव अधिकार आयोगले केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालय दशैँ अवधिमा खुला रहने जनाएको छ।

पदयात्राका क्रममा पोल्यान्डका नागरिकको मृत्यु

हिमाली पदयात्राका क्रममा रसुवा र नुवाकोटको सिमानास्थित सूर्यकुण्ड आसपासमा पोल्यान्डका नागरिक २३ वर्षीय सोविन्का अग्निएस्ज्काको मृत्यु भएको छ।

साफ महिला च्याम्पियनसिप कात्तिक १ देखि

प्रतियोगितामा नेपाल, मालदिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंग्लादेशले सहभागिता जनाउँदै छन्।

ललितपुरको खोकनामा मनाइँदै सिकाली जात्रा

मुख्य रूपले पूजापाठ र सामूहिक भोज खाएर मनाइने सिकाली जात्रा घटस्थापनादेखि नवमीसम्म श्रीस्वस्थानी व्रतकथामा आधारित देवी नृत्य गरेर मनाइन्छ।

जनकपुरको साढे ७ दशक पुरानो विद्यालय: पूर्वविद्यार्थीको पहलमा साख फर्काउने प्रयास

पूर्वराष्ट्रपति डा.रामवरण यादव, पूर्वगभर्नर सत्येन्द्रप्यारा श्रेष्ठलगायतले पढेको सरस्वती माविमा अहिले पूर्वाधार बनेका छन् तर व्यवस्थापन भद्रगोल नै छ। ७ वर्षपछि बल्ल व्यवस्थापन समिति गठन हुने तयारी छ।

कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

बेलौरी नगरपालिका– ६ ढक्काचाँदरस्थित घरतर्फ जाँदै गरेका उमेश चौधरीको जंगली हात्तीको आक्रमणमा मृत्यु भएको कुण्डा सबडिभिजन वन कार्यालयले जनाएको छ।

सप्तकोशीमा जेटबोट सञ्चालन, पहाडी भेगका यात्रुलाई सहज

जेटबोट सञ्चालन भएपछि भोजपुरको दक्षिणी क्षेत्र, धनकुटाका सिम्ले, अखुवाटार, त्रिवेणी, सांमालगायत ठाउँमा आउजाउ तथा खाद्यान्न ढुवानी सहज भएको छ।

काठमाडौँमा बढ्यो अधिकांश तरकारीको मूल्य 

घिउ सिमी ९०, टाटे सिमी ९०, तिते करेला ९०, परवर ९०, चिचिन्डो ६०, घिरौँला १००, भिण्डी ७० प्रतिकिलोमा कारोबार भइरहेको समितिले जनाएको छ।

दशदिने दशैँका १० सवाल

चाडपर्वको समयमा हुने ठगी धन्दा र फटाइँगिरीमा सरकारी निकाय हस्तक्षेपकारी भूमिका नखेली मूकदर्शक बन्छ, दशैँको खसी र रक्सीमा शायद ऊ पनि भुल्छ।

छतमा यात्रु बोक्ने सवारीलाई २० हजारसम्म जरिबाना

यात्रु बोक्ने अनुमति नभएको सवारीसाधनले छतमा खचाखच यात्रु बोक्नेक्रम बढ्दै गएपछि स्थानीय प्रशासनले कडाइ गरेको छ।

कोशी, मधेश, बागमती र गण्डकीमा हल्का वर्षाको सम्भावना

पहाडी भूभागमा आंशिक बदली रहेको छ। कोशी र बागमतीका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।