AnonymousUser

Logout

इजरायली हवाई आक्रमणबाट बेरुतमा २२ जनाको मृत्यु

लेबनानको जनस्वास्थ्य मन्त्रालयका अनुसार इजरायली हवाई आक्रमणबाट मध्य बेरुतमा २२ जनाको मृत्यु भएको छ भने ११७ जना घाइते भएका छन्। 

निर्माण व्यवसायीले दशैँअघि पाएनन् भुक्तानी

निर्माण व्यवसायीको बक्यौता भुक्तानी सम्बन्धमा अर्थ मन्त्रालयसँगको छलफलमा तीन महिनाअगाडि रकमान्तर गर्न नपाइने भएकाले कात्तिक लाग्नुपर्ने बताएकाले ढिलाइ भएको मन्त्री दाहालको भनाइ छ।

दशैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिए १३ लाख यात्रु

दशैँ मान्नका लागि एक सातामा १३ लाख मानिस काठमाडौँ उपत्यकाबाट बाहिरिएका यातायात व्यवसायीले बताएका छन्। 

सुक्खा पहिरोले बीपी राजमार्गको वैकल्पिक बाटो पनि अवरुद्ध

काभ्रेपलान्चोक प्रहरीका अनुसार  पहिरोमा सिन्धुली र खोटाङबाट काठमाडौँतर्फ आउँदै गरेका बस र टाटा सुमो पुरिएका छन्, मानवीय क्षति भएको छैन।  

विद्यालयमा नतिजा सुधारका लागि काठमाडौँ महानगरले ‘फेस्टिभल क्याम्प’ गर्दै

क्याम्पमा सहभागी हुन अहिलेसम्म दुई हजार २७७ विद्यार्थीले चासो देखाएका छन्। १६ विद्यालयलाई क्याम्प सञ्चालन गर्ने केन्द्र तोकिएको छ। 

नवमीमा हुने साँखुको कुमारी पूजा यसकारण फरक छ

हुकुमअनुसार ईन्द्रचोक कान्तिपुरकी भान्जीछोरी (भान्जी) लाई कुमारी बनाई दैवीशक्ति जीउमा सारेर साल्खा टोलको कुमारी मण्डपमा कुमारी भैरव गणेश र जेठी कुमारीको पूजा गरियो। 

मर्दी हिमाल पदमार्गमा सुदीप गौतमको शालिक

मर्दी पदमार्ग पत्ता लगाई विश्वमा प्रचार गर्ने सुदीप गौतमको सम्मानमा बालदडाँडामा पार्कसहित शालिक निर्माण गरिएको छ।

विश्वकप छनोट: शीर्ष स्थानको अर्जेन्टिना बराबरीमा रोकियो, चिलीलाई हराउँदै ब्राजिल चौँथो स्थानमा

बराबरीका बाबजुद अर्जेन्टिना दक्षिण अमेरिकी समूहको शीर्ष स्थानमा कायम छ। दोस्रो स्थानको कोलम्बिया भने बोलिभियासँग पराजित भएको छ।

देवीलाई चढ्ने तर ‘ठूला’लाई नचढ्ने मासु!

साथी उनै छन् गाउँमा। दशैँं मान्ने तरिका खासै फेरिएको छैन, तर दशैँमा दौँतरीहरू भेट्न रहर लाग्दैन। मन्दिरको पशुबलि गरेको हेर्न मन लाग्दैन।

यो वर्ष बडादशैँको महाअष्टमी र महानवमी एकैदिन

महाअष्टमीमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गरिन्छ। महानवमीमा दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिन राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ।

गोरखामा धारिलो हतियार प्रहार गरी युवती हत्या

घरभित्र सुतिरहेको अवस्थामा युवतीमाथि धारिलो हतियारबाट आक्रमण भएको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको प्रहरीले जनाएको छ।

निर्मला कुर्मीको न्यायका लागि आन्दोलनरत रुबि खानसहितका व्यक्ति पक्राउ

निर्मला कुर्मीका लागि न्याय माग्दै आन्दोलनरत रुबि खानसहितका व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दक्षिण कोरियाली लेखक हान काङलाई नोबेल साहित्य पुरस्कार

हान काङ साहित्यतर्फको नोबेल पुरस्कार जित्ने पहिलो दक्षिण कोरियाली बनेकी छन्।

दशैँघरमा भित्र्याइयो फूलपाती (तस्वीरहरू)

बडादशैँको सातौँ दिन बिहीबार हनुमानढोका दरबारको दशैँघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याइएको छ।

सीमापारिबाट नेपालतर्फ सुन तस्करीसँगै भारतीय मुद्राको कालोबजारी 

अहिले नेपालको तुलनामा भारतमा सुन सस्तो छ। त्यसकारण भारतमा सुन किनेर नेपालतर्फ तस्करी गर्ने गिरोहलाई चाहिने भारतीय रुपैयाँको माग उच्च हुँदा सीमाक्षेत्रमा नेपाली मुद्राको भाउ खस्किएको हो।

बीपी राजमार्ग शुक्रबारदेखि सञ्चालनमा आउने

प्रधानमन्त्री केपी शर्मा ओलीले फेसबुकमार्फत दिएको जानकारीअनुसार पहिरोको अवरोध हटाएर शुक्रबार बिहान १० बजेसम्ममा बीपी राजमार्ग सञ्चालनमा आउने छ।

बुद्ध एयरका यात्रुले इमरजेन्सी ढोका खोलेपछि...

आपत्कालीन अवस्थाबाहेक इमरजेन्सी ढोका खोल्न नमिल्ने र यसले उडान सुरक्षामै खलल पुर्‍याउन सक्ने प्रवक्ता कर्णको भनाइ छ।

आगलागीबाट सुनसरीको गलैँचा उद्योगमा करोडौँको क्षति

आगो अहिलेसम्म पनि पूर्णरूपमा नियन्त्रण हुन नसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए।

दशैँ मान्न काठमाडौँ उपत्यकाबाट बाहिरिए ८ लाख यात्रु

यस वर्षको दशैँमा १५ देखि १८ लाख यात्रु उपत्यकाबाट बाहिरिने अनुमान गरिएको थियो। तर बाढीपहिरोका कारण सडक सञ्चालनमा अवरोध भएपछि अनुमानभन्दा कम बाहिरिएको यातायात व्यवसायीको भनाइ छ।

दशैँ मनाउन नेपालगन्ज नाका हुँदै घर फर्किए २ लाख नेपाली

पश्चिम नेपालको सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम, रोल्पा, प्युठानलगायतका जिल्लाबाट रोजगारीका लागि भारतमा पुग्ने गरेका छन्। 

यो ब्लक वेबसाइटबाट हटाइएको छ।