भेलबाढी बस्तीमा पसेपछि उल्टै भूमिहीन सुकुमबासी, नदी किनाराबासीमाथि व्यंग्य गर्न थालियो। तिनलाई भेलबाढीले नै बढारेर लैजाओस् भन्ने आशयका अत्यन्तै अमानवीय टीकाटिप्पणीसमेत भए।
रियल नौ खेलबाट २१ अंकसहित तालिकाको दोस्रो स्थानमा छ। एक खेल कम खेलेको बार्सिलोना समान अंक भए पनि शीर्षस्थानमा छ।
लुम्बिनी र गण्डकीसहित देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ।
इजरायलले लेबनानमा बमबारी तीव्र पारेपछि चीनले २१५ नागरिकलाई उद्धार गरेको छ। रुस, फ्रान्स, स्पेन, जर्मनी र बेलायतलगायतका देशले पनि लेबनानबाट आफ्ना नागरिक झिकाउने अभियान थालेका छन्।
पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्डमा ट्रकलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
म भारतमा हुने सेमिनारका लागि जाँदै थिएँ, साँझको उडान थियो। मेरै घरको बारीको फूल टिपेर गोजीमा राखेँ अनि सीधै घाट गएँ। चित्तरञ्जन दाइको पार्थिव शरीर चितामा सुताइएको थियो। उहाँलाई एक थुँगा फूल चढाएँ।
विपद्ले पानीका स्रोत प्रदूषित हुने हुँदा महामारीजन्य रोगको सम्भावना अधिक रहने भएकाले सबैले सतर्कता अपनाउन जरुरी रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीको भनाइ छ।
हुम्लामा जिप दुर्घटना हुँदा दशैँ मनाउन जाँदै गरेका दुई जनाको मृत्यु भएको छ।
कोदोको माग दैनिकजसो बढ्दै गए पनि उत्पादनतर्फ कृषकको आकर्षण बढ्न नसकेपछि अनुदान दिएर कोदोको व्यावसायिक उत्पादनमा आकर्षित गर्न थालिएको गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले जानकारी दिए।
कञ्चनजंगा आधार शिविरतर्फ गइरहेको पर्यटक टोलीका एक सदस्यको पहिरोसँगै खसेको ढुंगाले लागेर मृत्यु भएको छ।
स्थानान्तरण हुन इजरायलले गरेको अनुरोधका बाबजुद संयुक्त राष्ट्रसंघीय शान्ति सेनाले दक्षिणी लेबनान नछोड्ने घोषणा गरेको छ।
आयोजनाले सर्लाही र रौतहट जिल्लामा करिब ४६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउँदै आएको छ। बाढीले क्षति पुर्याउँदा सिँचाइमा असर पुगेको आयोजनाका डिभिजन प्रमुख अनुभव चौधरीले बताए।
बालबालिका दशैँका बेला हातमा लटाइ बोकेर निलम आकाशमा असीमित दूरीसम्म चंगा पुर्याउन र साथीभाइसँग मिलेर चंगा जुधाएर चेट बनाउन उत्साहित हुन्छन्।
काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी नुवाकोटमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
फक्ताङलुङ गाउँपालिका–६ को इटहरीचोकमा शनिबार बिहान पहिरो खस्दा बाटोमा हिँडिरहेका टिकाबहादुर राईको मृत्यु भएको हो।
ऐतिहासिक उपन्यास भनिए पनि यो बहादुर शाहको जीवनी हो। तत्कालीन नेपालको राजनीतिक र सामाजिक चित्रण हो। तथ्य र कथ्यको मिश्रण हो। इतिहास र कथा दुवै हो।
दोलखाको मेलुङ गाउँपालिकास्थित मालुखोला नजिक ज्यामिरेस्थित तामाकोशी नदी किनारमा सडक भासिएपछि सवारीसाधन आवागमन अवरुद्ध बनेको हो।
पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको स्कुटर जाँच गर्ने क्रममा चालक अभिषेक र स्कुटरमा सवार राहुलको साथबाट ८ किलो २४३ ग्राम ९७० मिलिग्राम सुन बरामद गरिएको प्रहरीले जनाएको छ।
बाढी आएपछि नख्खु खोला दुर्गन्धित भएको छ। ढल फुटेको छ। आफूहरूले मास्क लगाएर काम गरिरहेको ललितपुर नख्खु खोलाका बाढीपीडितले बताएका छन्।
बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खोर्सानीखोलामा सडक भासिएपछि यातायात अवरुद्ध भएको थियो।