भारतको गुजरातमा पर्खाल भत्किँदा ६ कामदारको मृत्यु भएको र तीन जना फसेको आशंका गरिएको प्रहरीले जनाएको छ।
करेन्ट लागेर शनिबार मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ चिसापानीमा दुई बालिकाको मृत्यु भएको छ।
महेन्द्र राजाको साढुभाइ जय दाइ किक्रेटको आजीवन अध्यक्षजस्तै हुनुहुन्थ्यो। उहाँ राजाको साढुभाइ भएकै कारण अध्यक्षको पद अरूले पाएका थिएनन्। उपाध्यक्षको पदमा करिब १०–१२ वर्ष उहाँसँग मैले काम गरेको थिएँ।
स्थानीय नन्दे र राजकुमारी गुरुङका जेठा छोरा उत्तम गत साउन २३ गते साँझ घरबाट निस्किएपछि अहिलेसम्म फर्किएका छैन। छोरा बेपत्ता भएपछि गुरुङ दम्पतीको घर सुनसान छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन १० दिन ढिलो गरी शनिबार नेपालका सम्पूर्ण भूभागबाट बाहिरिएको छ।
बोइङले आगामी केही महिनाभित्र १० प्रतिशत कर्मचारी हटाउने जनाएको छ। रोजगारी कटौतीबाट कम्पनीका सबै तहका करिब १७ हजार कामदारलाई असर पार्नेछ।
एक महिनादेखि गोठको बसाइँले आजित भइसकेको घुर्नीदेवी बताउँछिन्। उनलाई पुनः घर फर्केर नातिनातिनीसँग समय बिताउन, घरधन्दामा सघाइदिन मन छ। तर बुहारीको व्यवहार सम्झेर घर फर्किन नचाहेको उनको भनाइ छ।
पर्यटन व्यवसायमा आबद्ध अधिकांश युवाहरू यतिखेर खुम्बु पुगेका छन्। भदौ अन्तिमबाट खुम्बुमा पर्यटन सिजन शुरू भएसँगै युवा चाडपर्व नभनी व्यवसायमै व्यस्त छन्।
दशैँको बेला लाहुरे छुट्टीमा घर आउँदा रेडियो मात्र होइन, उनीहरूले नाडीमा बाँधेको घडी पनि आउँथ्यो। छुट्टी सकेका लाहुरेलाई फर्किने बेलाको बाटोखर्च तिनै रेडियो र घडीले जुटाइदिन्थे।
व्यास नगरपालिका–२ दमौलीका विराट पन्थले दक्षिण अफ्रिकामा पाइलटको १० महिने कोर्ष पूरा गरिसकेका थिए। आठ महिनापछि उनी पाइलट बन्दै थिए। तर उनले अब कहिल्यै जहाज नउडाउने भएका छन्।
विगत ४८ घण्टामा शान्तिसेनामाथि आक्रमणका दुई वटा घटनामा श्रीलंकाका दुई र इन्डोनेसियाका दुई गरी चार सैनिक घाइते भएका छन्।
भयानक अशान्त पाठक हुँ म। कुनै किताब राम्रो रहेनछ भने लेखकसँग रिस उठ्छ। किताब साह्रै राम्रो रहेछ भने मरिसकेको लेखकलाई पनि अँगालो मार्न खोजिन्छ।
घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी टीका लगाउने चलन छ। सर्वसाधारणलाई टीका लगाउन साइत पर्खिनुनपर्ने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
बाढी तथा पहिरोबाट विस्थापित भएका जिल्लाका ३३ परिवार आफन्त, छिमेकी, विद्यालय भवनमा तथा सार्वजनिक स्थलमा बसेर दशैँ मनाइरहेका छन्।
रोशी खोलाको बाढीले चौकीडाँडादेखि नेपालथोकसम्म २१ किलोमिटर सडकको १४ स्थानमा करिब आठ किलोमिटर क्षतिग्रस्त बनाएको थियो। धेरैजसो स्थानमा खोला बगर सम्म्याइएको छ भने केही ठाउँमा अस्थायी सडक बनाइएको छ।
जिल्लामा करिब १० हजार परिवार प्रत्यक्ष प्रभावित बनेको विपद् व्यवस्थापन समितिको अनुमान छ। बाढी, पहिरो र डुबानबाट बढी प्रभावितको यकिन तथ्यांक सार्वजनिक अझै हुन सकेको छैन।
काभा पुरुष यु२० च्याम्पियनसिपअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले तुर्कमिनेस्तानलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
अध्ययन वा कामका लागि बिदेसिएकाहरू दशैँमा घर फिर्ने चलन छँदैछ। तर यस्ता अभिभावक पनि छन् जो विदेशमा भएका आफन्तलाई दशैँको टीका लगाइदिन चाडको मुखमा आफैँ बिदेसिन्छन्।
जापानको हिरोसिमा र नागासाकीमा भएको आणविक बम विस्फोटबाट बाँचेकाहरूको समूहले यस वर्षको नोबेल शान्ति पुरस्कार प्राप्त गरेको छ।
दशैँ मनाउन मानिसहरू गाउँघर गएपछि काठमाडौँ उपत्यकाभित्रका सडक प्रायः सुनसान देखिएका छन्।