मेची र गेटा आँखा अस्पताल, सशस्त्र प्रहरी अस्पताल, नेपाल अर्थोपेडिक अस्पतालका लागि समेत पोस्ट ग्र्याजुएट अध्ययनमा विद्यार्थी थप्न सघाउने गरी शिक्षक दरबन्दी थप भएको छ।
नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपालिकाको साख र विश्वसनीयता कायम राख्ने प्रतिबद्धता जनाएका छन्।
बजारमा मान्छेको चहलपहल देखिए पनि खासै व्यापार नभएको व्यापारीको भनाइ छ। सर्वसाधारण भने सामान्य खर्चमा दशैँ टार्ने योजनामा देखिन्छन्।
रुकुम पश्चिममा आठ किलो एक सय ग्राम लागुऔषध अफिमसहित दुई जना पक्राउ परेका छन्।
अनिल साहलाई प्राप्त गर्न अक्सनमा सबै आठ टोलीले प्रतिस्पर्धा गरेका थिए। जसमा अनिललाई ‘लक्की ड्र’मार्फत जनकपुरले पाएको हो।
आफ्नो बचत फिर्ता पाउनुपर्ने माग राख्दै पोखराका सहकारी पीडित बचतकर्ता दुई वर्षयता निरन्तर संघर्षमा छन्। पूरै रकम कहिले पाइन्छ निश्चित नभएकाले थोरै भए पनि सरकारले तत्काल दिलाउनुुपर्ने उनीहरूको अडान छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन सुदूरपश्चिम, कर्णाली, लुम्बिनीको पश्चिमी भू–भागबाट बाहिरिँदै गएको छ।
पुस्तकमा शिक्षक मोहन थापाका बारेमा ४५ जनाका स्मृति तथा थापाका अप्रकाशित डायरी संगृहीत छन्।
गृहमन्त्री रमेश लेखकले खोज, उद्धार र राहत वितरणलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्।
दशैँ
नवरात्रको चौथो दिन दशैँघर वा पूजा कोठामा कुष्माण्डा देवीको पूजाआराधना गरिँदै छ। यस अवसरमा शक्तिपीठमा भक्तजनको भीड लाग्ने गर्छ। काठमाडौँको मैतीदेवी मन्दिरमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। तस्वीर: नेपाल फोटो लाइब्रेरी\r\n\r\n\r\n
कैलालीको त्रिनगर नाकाबाट दिनहुँ नेपाली स्वदेश भित्रिने क्रम बढ्दै गएको सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म धनगढीले जनाएको छ।
‘यो मुलुकमा पद्धति र संगतिको कुरा गर्न व्यर्थ छ भन्ने लाग्न थालेको छ। संसदीय समितिमा उजुरी आएन भनेर चुपै लागेर निर्लज्ज नाम पारित गर्ने ट्रेन्ड देखिएको छ।’
खोटाङबाट तराईका जिल्लासँग सिधा सम्पर्क हुने दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारमा निर्माण गरिएको मोटरेबल पक्की पुल असोज १२ गते आएको बाढीले बगाएको थियो।
आइतबार नेप्से परिसूचक ५६ अंकले बढेर २६५३ को विन्दुमा पुगेको छ भने ६ अर्ब १३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
काठमाडौँमा पश्चिम तराई र आसपासका सल्यान, सुर्खेत, रुकुम, रोल्पा, गुल्मी, अर्घाखाँचीबाट खसीबोका ल्याइएको छ। हरेक वर्ष दशैँमा ४५ हजार खसीबोका ल्याइने गरेको छ।
बीपी राजमार्गका विभिन्न खण्डमा अलपत्र परेका सवारीलाई वैकल्पिक मार्गबाट गन्तव्यसम्म पुर्याउने प्रयास भइरहेको मंगलटारस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ।
सबैभन्दा बढी काभ्रेपलान्चोकमा ७२ जनाको मृत्यु भएको छ। त्यहाँ हालसम्म ५९ मृतकका आफन्तलाई आर्थिक सहयोग प्रदान गरिएको गृह मन्त्रालयले जनाएको छ।
जल तथा मौसम विज्ञान विभागले समयमा नै जानकारी प्रदान गरे पनि अन्य सरोकारवाला निकायले समयमा नै आवश्यक पूर्वतयारी गर्न नसकेको सहभागीले बताएका छन्।
सडकको चारैतिर धाँजा फाटेर जोखिम बढेपछि माईखोला–भन्ज्याङखण्डमा जारी मर्मतसम्भारको काम शनिबार साँझदेखि रोकिएको हो।
पुस्तक चित्तरञ्जन नेपालीको पहिलो पुण्यतिथिमा सार्वजनिक गरिएको हो। ९३ वर्षको उमेरमा गत वर्ष असोज २९ गते उनको मृत्यु भएको थियो।