इंग्ल्यान्डलाई पराजित गर्दै वेस्ट इन्डिज महिला टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी गइरहेको रात्रिबस गएराति डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना हुँदा चार जनाले ज्यान गुमाएका हुन्।
उनले भनिन्, ‘अहिले म रोगैरोगले थलिइसकेकी छु। उतिबेला छोराछोरी पाल्न बाध्य भएर यो पेसामा लागेँ। अहिले तिनै छोराछोरीले बेवास्ता गरेपछि आफ्नै पेट पाल्न यो काम गर्न बाध्य छु।’
सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
हाल देशभर पश्चिमी वायुको आंशिक तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ।
नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ।
प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल, लुक्लामा दुई दिनदेखि जहाज उडान ठप्प छ।
भदौ महिनासम्मको विदेशी मुद्रा सञ्चिति १३.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ।
संयुक्त राष्ट्रसंघले उत्तरी लेबनानको आइटो गाउँमा भएको इजरायली आक्रमणको ‘तत्काल, स्वतन्त्र र विस्तृत अनुसन्धान’को माग गरेको छ।
रेमिट्यान्स आप्रवाह १५.१ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
खोकनामा फर्पिङ, लेलेलगायत दक्षिण ललितपुर तथा चितवन, दाङलगायत ठाउँबाट तोरीको आयात हुन्छ तर देशभित्रको आयातले एकचौँथाइ माग मात्र धानिन्छ। विदेशबाट हुने आयातको भरमा कसरी उत्पादन भइरहेछ खोकनाको तेल?
मंगलबार नेप्से परिसूचक ३१ अंकले बढेर २६९९ को विन्दुमा पुगेको छ भने तीन अर्ब ६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
लुक्ला जान आएका एक हजारभन्दा बढी विदेशी पर्यटक दुई दिनदेखि मन्थलीमा रोकिएका छन्।
काठमाडौँ महानगरपालिकाको राजस्व विभागले सम्पत्ति कर लेखाजोखा गर्दा २०८० सालमा गरिएको जग्गाको मूल्यांकन दरलाई आधार मान्न वडाहरूलाई परिपत्र गरेको छ।
लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित रहेका नेपाली सेनाले जनाएको छ। लेबनानमा हाल ८७७ नेपाली शान्ति सैनिक छन्।
दशैँ अवधिमा बन्द रहेका मन्त्रालयका ढोका खुले पनि मन्त्रालयहरूका शाखा तथा महाशाखाका कार्यकक्षमा कर्मचारीको उपस्थिति न्यून छ।
तीन वटा केराका बिरुवा लगाएर शुरू भएको केराखेती अहिले ५०० रोपनीभन्दा बढी जग्गामा फैलिएको छ। गाउँको नाम नै परिवर्तन भएर ‘खबरा’बाट ‘केरागाउँ’ भनेर चिनिन थालेको छ।
'नेपाली मन्दिरमा देवीदेवता जीवित जस्ता लाग्छन्। तिनै मूर्ति अमेरिकामा काँचको बाकसभित्र सजाइएका हुन्छन्। हाम्रा मूर्तिहरूलाई त्यहाँ थुनेर राखेजस्तो लाग्छ, जसमा जीवन छैन।'
इजरायली सेनाले लेबनानस्थित शान्ति सैनिकको आधार क्षेत्रमा रहेको मुख्य गेट नै तोडेर आइतबार गरेको आक्रमणको नेपालले निन्दा गरेको छ। उक्त घटनामा १५ जना शान्ति सैनिक समस्यामा परेका छन्।
काठमाडौँसहित देशका अधिकांश स्थानमा तापक्रम घटेपछि चिसो महसुस हुन थालेको छ। काठमाडौँमा असोज १५ गतेयता करिब ५ डिग्री सेल्सियस तापक्रम घटेको छ।