सातौँ संस्करणको दक्षिण एशियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप आजदेखि दशरथ रंगशालामा शुरू हुँदैछ।
गण्डकी, कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
बालबच्चाको पठनपाठन शुल्क तिर्न र पालनपोषण गर्नसमेत हम्मेहम्मे भएको उनीहरूको भनाइ छ। ऋण गरेर स्वदेशमै व्यापार व्यवसाय गर्नेबारे सोचे पनि आँट्न नसकेपछि बिदेसिन बाध्य भएको उनीहरू बताउँछन्।
नाइजेरियाको माजिया शहरमा ट्रकसँग ठोक्किनबाट बच्न खोज्दा पल्टिएर इन्धन ट्यांकर विस्फोट हुँदा १०४ जनाको मृत्यु भएको छ।
सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका– ५ स्थित तौथलीमा आपसमा दही छ्यापाछ्याप गरेर मनाइने दही छ्याप्ने जात्रा मनाइएको छ।
सडक डिभिजन भक्तपुरले बीपी राजमार्गअन्तर्गत धुलिखेल–भकुन्डेबेँसी–वर्षेखोला सडकखण्ड साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म बन्द रहने जनाएको छ।
मीनबहादुर गुरुङले ‘अन्तरमनबाट पारदर्शी र खुल्ला दिलले दान गरेको जग्गालाई स्वीकार गरेको, यसमा कुनै किसिमको सौदाबाजी र लेनादेना’ नभएको एमालेको भनाइ छ।
सरकारी नीति खुकुलो भई उद्योगी–व्यवसायीले खाली रहेको छतलाई उपयोग गरेर सौर्य प्रणालीबाट उत्पादित विद्युत् उपभोग गर्न पाएमा धेरैजसो उद्यमी बिजुलीमा आत्मनिर्भर हुने अवस्था रहेको ऊर्जा व्यवसायी बताउँछन्।
काभ्रेपलान्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिका–६ चनौटेको तामाङ बस्ती बगाएपछि स्थानीय बासिन्दा लुइँचे पाखामा त्रिपालको आश्रय लिएर बस्दै आएका छन्।
नेपाल पिक्चर लाइब्रेरीको ‘सार्वजनिक जीवनमा महिला: महिलावादी स्मृतिको एक पहल’ प्रदर्शनीको देशव्यापी यात्राको पहिलो चरण कात्तिक २ देखि वीरगन्ज र जनकपुरबाट शुरू हुने भएको छ।
बुधबार नेप्से परिसूचक ४३ अंकले बढेर २७४२ को विन्दुमा कायम भएको छ भने पाँच अर्ब ६६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
धौलागिरि आरोहणका लागि गएका पाँच रसियन आरोही सात हजार ६०० मिटरको उचाइबाट असोज २१ गते बिहानदेखि सम्पर्कविहीन भएका थिए भने २३ गते दिउँसो उनीहरूको शव भेटिएको थियो।
पक्राउ परेकाहरूमाथि प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
घटनास्थलमा बसको छतमुनि च्यापिएको अवस्थामा थप एउटा शव फेला परेको प्रहरीले जनाएको छ।
मस्कले ट्रम्पको सहयोगी अभियान समूह अमेरिका पीएसीलाई पछिल्ला तीन महिनामा सो रकम सहयोग गरेका हुन्।
उनले सवारी दुर्घटना गराई घाइते पारेका व्यक्तिको निधन भएको छ।
सात वर्षअघि पहिरोले बस च्यापिँदा बाँचेको मलाई अहिले पनि बर्खाको समयमा यात्रा गर्न डर लाग्छ। पहिरोमा बस च्यापिएका घटनाले दुईतीन दिनसम्म विचलित बनाउँछ।
नेपालमा जुम्ल्याह सन्तानलाई राम–लक्ष्मण तथा गंगा-जमुना जस्ता नाम दिने गरिएझैँ नाइजेरियामा पनि उनीहरूको विशेष नाम राख्ने चलन छ।
ताराखोला गाउँपालिकाका केशव पुनले आफ्नो ६ वर्षीय छोरालाई भीरमा फालेर हत्या गरेका छन्।
इजरायलले गाजामा पठाइने ९० प्रतिशत मानवीय सहायतालाई रोकेको अमेरिकाले इजरायललाई पठाएको पत्रमा उल्लेख छ।