AnonymousUser

Logout

साफ च्याम्पियनसिप : श्रीलंकाको विजयी शुरूआत

साफ महिला च्याम्पियनसिपमा माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गर्दै श्रीलंकाले विजयी शुरूआत गरेको छ।

हाँडीगाउँमा ‘कहीँ नभएको जात्रा’को रौनक (तस्वीरहरू)

बोलीचालीमा ‘कहीँ नभएको जात्रा’ भनिए पनि यसलाई हाँडीगाउँका बासिन्दा चोक्टे नारायणको जात्रा भन्छन्। उल्टो खट र मैनको फूल प्रयोग हुनाले अन्य जात्राभन्दा यो जात्रा फरक भएको हो।

सौराहा

सौराहामा डुली हिड्ने गैँडा

चितवन राष्ट्रिय निकुञ्जभित्र जंगल सफारी, हाइकिङ र हात्ती सफारी गर्दा पनि नदेखिने लोपोन्मुख एकसिंगे गैँडा कहिलेकाहीँ भने सौराहा बजारमै हिँडडुल गरेको देख्न सकिन्छ। नजिकै गैँडा देख्न पाउँदा पर्यटक पनि खुशी हुने गरेका छन्। बजार क्षेत्रमा आउने गैँडाले अहिलेसम्म मानिसलाई भने आक्रमण गरेको छैन। तस्वीर: नेपाल फोटो लाइब्रेरी

जनावरबाट बाली जोगाउन राखिएको नांगो तारबाट करेन्ट लाग्दा १ जनाको मृत्यु, २ घाइते

जंगली जनावरबाट बाली जोगाउन खेतमा लगाएको बिजुलीको नांगो तारबाट उनीहरूलाई करेन्ट लागेको थियो।

सडक अभावमा विषादीरहित स्याउ खेर गइरहेकोप्रति सरकारको ध्यानाकर्षण

उत्पादन महाअभियान नेपालका संयोजक रमेश पण्डितले किसानको स्याउ बारीमै कुहिनबाट जोगाउन र किसानलाई पलायन हुनबाट रोक्न राज्यका सबै निकायले ध्यान दिनुपर्ने बताए।

संक्रमणकालीन न्याय आयोगमा पदाधिकारी छनोट प्रक्रिया विश्वसनीय बनाउन माग

पदाधिकारी छनोट प्रक्रियामा विगतका गम्भीर गल्ती दोहोरिन नदिई यसको विश्वसनीयता र वैधता सुनिश्चित गर्नुपर्ने आवश्यकता टड्कारो देखिएको जबाफदेहिता निगरानी समितिले जनाएको छ।

इजरायली आक्रमणमा हमासका नेता सिन्वारको मृत्यु, यस्तो थियो उनको पृष्ठभूमि

सिन्वारले त्यसबेला आफ्नो सुरक्षाका लागि कुनै बन्धकलाई ढालको रूपमा प्रयोग नगरेको देखिनुलाई उनको सुरक्षामा खटिएका हमास कार्यकर्ता सबै मारिएका हुनसक्ने इजरायली सेनाले जनाएको छ।

बिजुलीको झिलिमिलीले ओझेलमा माटोका पाला

कुम्हालहरूले दीपावली र छठका बेला बर्सेनि लाखौँका माटाका भाँडाकुँडा र दियो बिक्री गर्ने गरेका थिए। अहिले बिक्रीमा कमी आएको जलेश्वर नगरपालिका–१ का मंगल पण्डितले बताए। 

जनसरोकारका विषयमा सरकारलाई ज्ञापनपत्र बुझाउने विपक्षी दलको निर्णय

बैठकले बाढीपहिरोमा परेकाहरूको खोज, उद्धार, उपचार र पुनर्स्थापनाका बारेमा सरकारले गम्भीरताका साथ काम नगरेको निष्कर्ष निकालेको छ।

पहिरो छल्न आकाशमार्गः १६ दिनमा पाँच हजार उडान, पौने तीन लाख यात्रुलाई सेवा

काठमाडौँबाट बाहिरिने प्रायः राजमार्गमा पहिरोले क्षति पुगेपछि दशैँ र सेरोफेरोका १६ दिन यात्रुको चाप व्यवस्थापन गर्न आन्तरिकतर्फ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिलेसम्मकै बढी उडान र अवतरण भए।

तोलामा २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

शुक्रबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख ६४ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक ३ दिन बन्द

इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा ह्युम पाइप राख्नुपरेकाले शुक्रबारदेखि तीन दिनसम्म दुवै सडक बन्द गरिएको स्थानीय प्रशासनले जनाएको छ।

अमेरिकामाथि नेपालको १७ रनको जित

ग्रान्ड प्रेरी क्रिकेट रंगशाला टस हारेर ब्याटिङमा उत्रिएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १६४ रन बनाएको थियो।

बसाइँसराइले रित्तिएको गडीगाउँ: न दौँतरी छन् न छिमेकी

गडीगाउँमा रहेका रिजाल, आचार्य, खत्री, राउत र बाझखर्क टोल सुनसान छन्। २०७८ सालको जनगणनाअनुसार यहाँ ३८ घरमा ३६६ जनाको बसोबास थियो । हाल १७ घरमात्र छन्। जनसंख्या १२० मा झरेको छ। 

बुद्धसिंह राजमार्गको नाल्दीघाटखण्ड २० दिनदेखि अवरुद्ध

नाल्दीको पहिरोका कारण यातायात सञ्चालन नहुँदा बन्दीपुर गाउँपालिका–६, आबुँखैरेनी गाउँपालिका–५, देवघाट गाउँपालिका–३ र ४ का स्थानीयलाई आवतजावतमा समस्या भएको छ।

वर्षा, नदी र जमिन: कहाँ चुक्यौँ हामी?

नदी किनारमा तटबन्ध लगाउन सरकारले निकाय खोल्यो, बजेट ल्यायो। तर नदी खुम्च्याउनु हुन्छ कि हुँदैन, नदीको दुईतिर पर्खाल बनाउनु हुन्छ कि हुँदैन? सवाल यो हो।

घोडेपानीमा आन्तरिक पर्यटकलाई १० प्रतिशत छुट

घोडेपानीमा रहेका २६ वटा सानाठूला होटलमा दैनिक एक हजार २०० पाहुना बास बस्ने क्षमता छ। प्याकेजमा प्रतिव्यक्ति एक हजार ५०० देखि पाँच हजार रुपैयाँसम्मका सुविधायुक्त कोठामा बास बस्न सकिन्छ। 

कोशी, बागमती र गण्डकीमा हल्का वर्षाको सम्भावना

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

सरकारले भारतबाट २ लाख मेट्रिकटन गहुँ आयात गर्ने

नेपाली बजारमा गहुँको माग बढेपछि सरकारले भारतबाट दुई लाख मेट्रिकटन गहुँ आयात गर्ने भएको छ।

पुबुदु नेपाली क्रिकेट टोलीको ‘मेन्टर’ नियुक्त

पूर्वप्रशिक्षक पुबुदु दासानायकेले अमेरिका, नेपाल र स्कटल्यान्डबीचको खेल अवधिभर नेपाली टोलीको ‘मेन्टर’को भूमिका निर्वाह गर्ने छन्।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।