AnonymousUser

Logout

साफ च्याम्पियनसिप : पाकिस्तानमाथि भारतको सहज जित

साफ महिला च्याम्पियनसिपअन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानलाई ५–२ गोलले पराजित गरेको छ।

संकटग्रस्त घोषित पालिकालाई ३ तहमा वर्गीकरण गरेर राहत दिइने

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले संकटग्रस्त स्थानीय तहलाई क्षतिका आधारमा रकम वितरण गर्ने निर्णय गरेको छ।

स्थानीय सरकारमा कार्यकर्ता भर्ती गर्न ‘करार सेवा’, चार वर्षमा सकियो ३० अर्ब

करार कर्मचारीका नाममा कार्यकर्ता भर्ती गर्ने प्रवृत्ति स्थानीय तहमा मौलाएको छ। कार्यकर्ता पोस्ने यो विकृति कति डरलाग्दो छ भने, उनीहरूलाई तलबभत्ता खुवाउन राज्यकोषबाट चार वर्षमै ३० अर्ब सिध्याइएको छ।

बारका अध्यक्ष घिमिरेविरुद्धको अदालतको अवहेलना मुद्दामा कारण देखाऊ आदेश

 सर्वोच्च अदालतले नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेविरुद्धको अदालतको अवहेलना मुद्दामा कारण देखाऊ आदेश दिएको छ।

उपनिर्वाचनमा महिलालाई प्राथमिकता दिएर मनोनयन पेश गर्न आयोगको निर्देशन

निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा महिलालाई प्राथमिकता दिएर मनोनयन पत्र पेश गर्न राजनीतिक दलहरूलाई निर्देशन दिएको छ। 

नेप्से परिसूचकमा सामान्य वृद्धि, ७ अर्बको कारोबार

नेप्से परिसूचक २.४७ अंकले उकालो लागेर २७४५.३६ मा पुगेको छ भने सात अर्बभन्दा माथिको शेयर कारोबार भएको छ।

बांग्लादेशकी पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध पक्राउ पुर्जी जारी

अदालतले हसिनाको अवामी लिग पार्टीका पूर्वमहासचिव ओबैदुल कादिर र अन्य ४४ जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ।

‘सर्च कमिटी’लाई पूर्णता दिएर संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठन गर्ने ३ दलबीच समझदारी

माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले तीन दलबीच तत्काल सर्च कमिटीलाई पूर्णता दिएर संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठन प्रक्रियालाई अगाडि बढाउने समझदारी भएको बताए।

शव परीक्षण गराउन ट्याक्टर ‘रिजर्भ’ गर्नुपर्ने बाध्यता

शव वाहन नहुँदा आत्महत्या तथा भवितव्यमा परेर ज्यान गुमाएकाका आफन्तले चर्को मूल्यमा ट्याक्टर ‘रिजर्भ’ गरेर शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउनुपर्ने बाध्यता छ। 

काभ्रेमा बाढीपहिरोमा परी बेपत्ता भएकाहरूको खोजी स्थगित

बाढीपहिरोमा परी काभ्रेमा ६ जना अझै बेपत्ता छन्। धेरै दिनसम्म खोजतलास गर्दा पनि फेला नपरेपछि खोजी स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ।

विषाक्त मदिरा सेवनबाट बिहारमा २० जनाको मृत्यु

भारतको उत्तरी राज्य बिहारमा विषाक्त मदिरा सेवन गर्दा २० जनाको मृत्यु भएको छ। 

तस्करी रोक्न जनावरको वैध व्यापार, प्रयोगशालामै गरिन्छ उत्पादन 

यी जीवहरूको कानूनी उपलब्धताले तस्करी कम हुनका साथै मूल्य पनि घटेको छ। तर पर्यावरणविद्हरू भने कानूनी वन्यजन्तु व्यापारसँग धेरै खुसी छैनन्।

नेवानिद्वारा ६ अर्ब ३२ करोड रुपैयाँ ऋण भुक्तानी

नेपाल वायुसेवा निगमले हालसम्म विमानको ६ अर्ब ३२ करोड ८५ लाख ९७ हजार ५३३ रुपैयाँ ऋण भुक्तानी गरेको जनाएको छ।

गौशाला धर्मशाला विवाद : पर्यटनमन्त्रीद्वारा बैठक आह्वान

मन्त्री पाण्डेले  गौशाला धर्मशालासम्बन्धी विवाद अन्त्य गर्ने प्रयासस्वरूप पशुपति क्षेत्र विकास कोषको बैठक आह्वान गरेका छन्।

अस्पतालको कुरुवाघरमा कर्मचारीको क्यान्टिन, चिसो भुईंमा कुरुवा

थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा कुरुवाघर बनेको सात वर्ष भइसकेको छ तर अस्पतालको लापरबाहीले बिरामीका कुरुवा खुला आकाशमुनि र चिसो भुईंमा बस्न बाध्य छन्।

वीरगन्जबाट मोटरसाइकल आयात ७६ प्रतिशतले बढ्यो

चालु आवको भदौ मसान्तसम्ममा दुई अर्ब सात करोड ८४ लाख २२ हजार रुपैयाँ मूल्य पर्ने १६ हजार ३८४ वटा मोटरसाइकल आयात भएका छन्।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ७४ करोड जम्मा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ रुपैयाँ दाखिला भएको छ।

होटलको तेस्रो तलाबाट खसेर चर्चित गायक लियाम पेनको निधन

पप ब्यान्ड वन डाइरेक्सनसँग आवद्ध चर्चित गायक लियाम पेनको अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा निधन भएको छ।

सहकारीमार्फत दूधको बजारीकरण भएपछि किसान उत्साहित

किसान बिचौलियाको मारमा पर्ने समस्या पनि हटेको छ। हाल किसानबाट संकलन गरेको तीनदेखि चार हजार लिटर दूध दैनिक बजारीकरण हुने गरेको छ।

स्प्रिङफिल्ड र एक्रोन : ओहायोका दुई शहर

प्यू रिसर्चको तथ्यांकअनुसार एक्रोनमा अहिले पाँच हजार 'नेपाली' बस्छन्। शरणार्थी पुनर्स्थापनाको सफल कार्यक्रमको अन्तर्राष्ट्रिय नमुना बनेको छ एक्रोन।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।