सिरहा जिल्ला अदालतअगाडि भएको कुकर बम विस्फोट घटनाको अनुसन्धानका क्रममा प्रहरीले एक जना लेखापढी व्यवसायीलाई पक्राउ गरेको छ।
सन् २०२५ मा नेपालको अर्थतन्त्रको आकार करिब साढे ४५ अर्ब अमेरिकी डलर हुने आकलन छ। यो आकार पाँचदेखि सात वर्षमा दोब्बरभन्दा ठूलो बनाउने रास्वपाको ‘वाचा’ छ। वाचा पूरा गर्न अबको सरकारका चुनौती कस्ता छन्?
बाजुरामा शुक्रबार बिहानैदेखि भइरहेको लगातार वर्षा र उच्च हिमाली क्षेत्रको हिमपातले जनजीवन प्रभावित हुनुका साथै सडक र विद्युत् सेवा अवरुद्ध भएको छ।
इजरायली प्रधानमन्त्रीको युद्ध अन्त्यको आश्वासन र ऊर्जा क्षेत्रमा थप आक्रमण नगर्ने संकेतपछि विश्व बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ।
किसानहरूका अनुसार उत्पादन लिने समयमा केराका बोट ढलेपछि अहिले बगान सफा गर्न मजदुर लगाउनुपर्ने अवस्था आएको छ।
इन्धनको विश्वव्यापी आपूर्ति श्रृंखलामा अवरोध र मूल्यवृद्धि मात्र नभई पश्चिम एशियामा भइरहेको युद्धले अर्थतन्त्रको बहुआयामिक क्षेत्र प्रभावित हुँदैछन्। युद्धका कारण अर्थतन्त्र र नागरिकको दैनन्दिनमा आउने कठिनाइ के हुन्?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ प्रतितोला ७ हजार ८ सय रुपैयाँले घटेर २ लाख ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ।
सर्लाहीको मलंगवा नगरपालिका– २ स्थित नासी पोखरीमा डुबेर कौडेना गाउँपालिका-२ का २८ वर्षीय प्रेम कुमार यादवको मृत्यु भएको हो।
संघीय संसद् सचिवालयले सूचना जारी गरी नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते बिहीबार हुने जनाएको हो।
दलित महिलाहरू नेपालमा दोहोरो जोखिममा छन्। उनीहरू जातीय विभेद र लैंगिक हिंसा दुवैको सिकार हुन्छन्। धेरै घटनामा पीडितको उजुरी सहजै दर्ता हुँदैन, उल्टै पीडितलाई नै दोष दिने प्रवृत्ति देखिन्छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली एक-दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
अध्यागमन विभागले पर्यटक भिसामा आएका विदेशी खेलाडीलाई श्रम स्वीकृति नलिई फुटबल लिग खेलाएको भन्दै एन्फालाई त्यस्ता गतिविधि रोक्न र कानूनी प्रक्रिया पुर्याउन निर्देशन दिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा चीनतर्फ लैजान लागिएको २८ हजार ९०० अमेरिकी डलरसहित प्रहरीले तीन जना नेपाली नागरिकलाई पक्राउ गरेको छ।
सुनसरीको रामधुनी–५ मा नम्बर नखुलेको पिकअप गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रतिमतदाता औसत २८४ रुपैयाँ खर्च भएको निर्वाचन आयोगले जनाएको छ।
सरकारी निकायका विवरण बाझिएपछि रास्वपा सभापति रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सर्वोच्च अदालतले महान्यायाधिवक्ताको कार्यालयबाट टिप्पणी आदेशको प्रतिलिपि र सोसँग सम्बद्ध अन्य प्रमाण झिकाउन आदेश दिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन पेस गरेको छ।
घरेलु क्रिकेटको एक मात्र बहुदिवसीय प्रतियोगिता जय ट्रफी खेल्ने खलाडी लामो समय क्रिजमा अडिन बिस्तारै अभ्यस्त हुँदैछन्। यो सिकाइले टेस्ट मान्यताको लक्ष्यमा हिँडेको नेपाललाई गन्तव्यमा पुर्याउन सक्ला?
शुक्रबार कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षा र हिमपातको आकलन गरिएको छ। साथै, तराई र पूर्वी पहाडी जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन गृह मन्त्रालयले आग्रह गरेको छ।
बिहीबार नेप्से परिसूचक ६४.६९ अंकले बढ्दा २१ अर्ब २२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।