गाजा युद्धविराम सम्झौताअन्तर्गत शनिबार थप तीन इजरायली बन्धक रिहा भएका छन् भने बदलामा इजरायलले १८३ प्यालेस्टिनी कैदीलाई छाडेको छ।
शहरी क्षेत्रमा कम्तीमा ५ प्रतिशत खुला ठाउँ हुनुपर्ने सरकारकै नीति छ, तर काठमाडौँ उपत्यकामा १ प्रतिशत पनि खुला स्थान छैन। भएका सार्वजनिक जग्गामा पनि सरकारकै ‘कब्जा’ छ।
मस्यौदामा सुरक्षित एआई इकोसिस्टम निर्माण, डिजिटल पूर्वाधार विकास, डाटा व्यवस्थापन, अनुसन्धान र नवप्रवर्तनलाई प्रोत्साहन, जनशक्ति विकास, क्षेत्रगत विकास र सार्वजनिक सेवा सुधारलगायत विषय समेटिएका छन्।
अमेरिकी कोस्ट गार्डले अलास्काको पश्चिमी तटबाट हराएको १० जना सवार विमान दुर्घटनाग्रस्त अवस्थामा फेला पारेको बताएको छ।
गाउँपालिकालाई आलु उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्यसाथ खेती शुरू गरिएको दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख लोकेन्द्र राईले जानकारी दिए।
आगलागीको कारण पनि यकिन भएको छैन। प्रहरीले अनुसन्धान गरिरहेको छ। आगलागीबाट मन्त्रालयका कागजातमा भने क्षति नभएको छैन।
तुलनात्मक रूपमा कोशी प्रदेशको बजेट खर्च सबैभन्दा राम्रो देखिएको छ। पुस मसान्तसम्म कोशी प्रदेशले २४.८५ प्रतिशत बजेट खर्च गरेको छ। मधेश प्रदेशको बजेट खर्च सबैभन्दा कमजोर देखिएको छ।
घटना शंकास्पद रहेकाले मन्त्रालयका दुई जना कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।
पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको ग्रेटवाल घुम्न जानेको संख्या वृद्धि हुँदै गएको छ। शैलुङ जाने पर्यटक ग्रेटवाल पनि पुग्न थालेका छन्।
सिंहदरबार प्रहरीका अनुसार खानेपानी तथा सरसफाइ मन्त्रालयको चौथो तलामा शनिबार बिहान पौने ८ बजे आगलागी भएको हो। उक्त तलामा खानेपानी तथा सरसफाइमन्त्रीको कार्यकक्ष समेत रहेको थियो।
नेपालीको शानको रूपमा लिइने खुकुरीको महत्त्व जोगाइराख्न र नयाँ पुस्तालाई जानकारी दिन ३० किलो तौल भएको खुकुरी तयार पारेको सन्तोषले बताए।
१८ वर्षअघि माओवादी छापामारको तन्द्राबाट निस्किँदै गर्दा मेरा निम्ति धेरै कुरा बुझिनसक्नु थियो। खाली मान्छे मरे–मारेको कुरा मात्रै मलाई थाहा भयो।
जंगली हात्तीले बर्सेनीजसो बर्दिबास र गौशालाका बस्तीमा उपद्रो मच्चाउँदै आए पनि यसको समाधान भने हुन सकेको छैन।
कोशी र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरो लागेको छ।
श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले शुक्रबार तीन वटा प्रमुख पहलहरू औपचारिक रूपमा शुरू गरेका छन्।
हिमपात नभएपछि यस वर्ष हिउँदमा पनि हिमाली जिल्ला मनाङ घुम्न विदेशी पर्यटक आएका छन्।
बालयौन दुरुपयोगको आरोपमा दोषि ठहर भएका मदन राईलाई जिल्ला अदालत खोटाङले शुक्रबार सजाय सुनाएको हो।
नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलका अनुसार भारतीय सीमा क्षेत्र र नजिकका बजारहरूमा सेतो अण्डा भित्रिएपछि बजार प्रभावित भएको हो।
सरकारबाटै राष्ट्रिय फूल लालीगुराँसको जंगल फँडानी भएको छ। अहिले नै किरात-लिम्बू समुदायको मुन्धुमसँग जोडिएको सेकमुरी फुङ् (फूल) समेत नष्ट गरिएको छ।
संयुक्त राष्ट्रसंघको महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धिसम्बन्धी ‘सिड’ कमिटीको बैठकमा नेपाली एकल महिलाको न्यायसम्बन्धी विषयले प्रवेश पाएको छ।