मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको प्रहरी विधेयक संसद्बाट यही रूपमा पारित भए नेपाल प्रहरीको आदेश शृंखला निजामती कर्मचारीको नियन्त्रणमा पुग्ने छ। २०१२ सालको ऐनभन्दा पछाडि फर्कने यस्तो प्रयास किन?
खानीखोला र बेथानचोक गाउँपालिकाका पाँच सामुदायिक वनको करिब एक सय हेक्टर वन डढेलोबाट धेरै क्षति भएको डिभिजन वन कार्यालय धुलिखेलले जनाएको छ।
आखिर हिजोसम्म संरक्षण क्षेत्रमा रहेको भूभागलाई किन संरक्षण गर्नबाट हटाइयो, केबलकार बनाउन? विकास भनेको यसैगरी गरिने एकलकाँटे कुरा हो वा सर्वस्वीकार्य पद्धति?
मधेश प्रदेश लेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कुल बजेटको ५.८३ प्रतिशत अर्थात् दुई अर्ब ४४ करोड ६० लाख रुपैयाँ मात्र खर्च भएको छ।
भारतको महाराष्ट्रमा गुइलेन–ब्यारे सिन्ड्रोम (जीबीएस) संक्रमित एक व्यक्तिको मृत्यु भएको छ।
यूएसएआईडी र नेपाल सरकारबीच भएको अनुदान सहयोगअन्तर्गतका केही परियोजनाको काम नगर्न अर्थ मन्त्रालयले निर्देशन दिएको छ।
एपीजीले सम्पत्ति शुद्धीकरण निवारणका लागि कानूनी सुधार र संस्थागत क्षमता विकासमा उच्च तहको प्रतिबद्धता, पर्याप्त स्रोतसाधन परिचालन, अन्तर्निकाय समन्वयलगायतमा ध्यान दिनुपर्ने सुझाव नेपाललाई दिएको थियो।
वैकल्पिक मार्ग नहुँदा खलंगासम्मको आवतजावत ठप्प भएको छ। सो लोकमार्ग अवरुद्ध हुँदा सदरमुकाम खलंगा अध्ययन गर्न आउने बालबालिकालाई समस्या भएको छ।
सोमबार नेप्से परिसूचक १० अंकले घटेर २६३३ को बिन्दुमा कायम भएको छ।
पूर्वगृहमन्त्री रवि लामिछाने सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले तोकेको धरौटी रकम बदर माग गर्दै उच्च अदालत पुगेका छन्।
दुई जना किशोरी जंगलमा मृत अवस्थामा फेला परेको घटनाको छानबिनका लागि अछामका जनप्रतिनिधिले गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएका छन्।
दूतावासको सिफारिसमा राजस्व कार्यालयमा दर्ता ती कम्पनीमध्ये एउटा चिनियाँ र नौ वटा भारतीय नागरिकले सञ्चालन गरेका कम्पनी हुन्।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी लाखाैँ ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
बर्सेनि मस्तिष्कघातका झन्डै ८०० बिरामीको मृत्यु हुने गरेको छ। यो तथ्यांक अस्पतालमा भर्ना हुन आएकाहरूको हो। अस्पताल आइनपुग्ने वा मस्तिष्कघातबारे थाहा नपाएर उपचारमै नआउनेको संख्या पनि ठूलो छ।
गाजा युद्धविराम सम्झौता कार्यान्वयन भएदेखि हमासले सात बन्धक र इजरायलले बदलामा २०० प्यालेस्टिनी बन्दीलाई रिहा गरिसकेको छ।
जुम्लाको सिंजा गाउँपालिका–१ जाँच गाउँको लेकाली क्षेत्र रुपाकोटमा आगलागीबाट एक जनाको मृत्यु भएको छ।
सोमबार बिहान ५ः४५ बजे मापन गर्दा काठमाडौँको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस देखिएको महाशाखाले जनाएको छ।
स्पेनिस ला लिगा अन्तर्गत आइतबार सम्पन्न खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ७–१ को विशाल गोलअन्तरले पराजित गरेको छ।
एक जना व्यक्तिले पैसा समात्नोस् भने। 'हामी जागिर खान्छौँ, कोही आवश्यक पर्नेलाई दिनोस्' भन्दा पनि तिनले मानेनन्। यस्ता विषयले हामीलाई कति चोट पर्छ भन्नेबारे तिनलाई के मतलब? उनलाई 'धर्म' कमाउनु थियो।
इजरायलले हिजबुल्लाहसँगको ६० दिने युद्धविराम सम्झौता अझै पूर्ण रूपमा कार्यान्वयन नभएको बताएको छ।