AnonymousUser

Logout

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

लोकमार्गको बागलुङको बुर्तिबाङ–पूर्वी रुकुमखण्ड र बागलुङ–बुर्तिबाङखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेका छन्।

पूर्वपश्चिम राजमार्गमा भत्किएको कल्भर्ट नबन्दा आवतजावतमा सास्ती

व्यस्त राजमार्गमा पर्ने कल्भर्ट भत्किएको दुई महिना बित्दा पनि नयाँ निर्माण हुन नसक्दा स्थानीय सास्ती भोग्न बाध्य छन्। बाढीले भत्किएको कल्भर्ट भासिएर राजमार्गमै अलपत्र छ।

महिला स्वतन्त्रता र सशक्तीकरणको आवाज बन्दै तिज

तिज पर्व मनाउँदै गर्दा महिलाहरू सचेत भएर निरंकुशताविरुद्ध, समाजमा महिलामाथि हुने हिंसाविरुद्ध, सामाजिक रूपान्तरण र चेतनाका गीत गाउन थालेका छन्।

कोशी, बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका थोरै तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

राजनीतिक अस्थिरताबीच अनुत्पादक ‘साइबर झगडा’

साइबर झगडामा युवा सक्रिय हुनुको साटो गम्भीर अध्ययन र अन्य रचनात्मक काम गर्न सके कति जाति हुन्थ्यो? आफ्नो ऊर्जा र समय जनताको वास्तविक समस्या समाधान गर्न सार्थक पहलतर्फ लगाए कति गजब हुन्थ्यो? 

बागलुङमा बाढीले बगाउँदा २ जनाको मृत्यु, १ बेपत्ता

कुँडुलेदेखि मालिका जाँदै गरेको मोटरसाइकल र स्कुटर बगाउँदा बागलुङ–४ बान्द्रे अढाइथरका २३ वर्षीय अर्जुन सापकोटा र सोही ठाउँका २२ वर्षीय अभिषेक रेग्मीको मृत्यु भएको हो।

बाढीपहिरोले दिक्तेल बजारमा लाखौँको क्षति, मध्यपहाडी लोकमार्ग अवरुद्ध

बाढीपहिरोका कारण मध्यपहाडी लोकमार्गका सडक अवरुद्ध हुँदा यात्रु बीचमै अलपत्र परेका छन्। दिक्तेल–हलेसी सडकमा पर्ने खहरेखोला थुनिएर बस्तीमा बाढी पस्दा  किरातचोकका होटल तथा पसलमा क्षति पुगेको छ।

किसानको बक्यौता तिर्न डीडीसीलाई सरकारले दियो ६० करोड

मन्त्रिपरिषद् बैठकले किसानसँग लिएको दूधको बक्यौता रकम तिर्ने प्रयोजनका लागि डीडीसीलाई ६० करोड रुपैयाँ उपलब्ध गराउन अर्थ मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको छ।

दक्षिणपन्थी नेता बार्नियर बने फ्रान्सको प्रधानमन्त्री

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले देशको प्रधानमन्त्रीमा मिसेल बार्नियरलाई नियुक्त गरेका छन्।

पर्व

इन्द्रजात्राको तयारी: कोर क्षेत्रका सडक मर्मत शुरू\n

इन्द्रजात्राको तयारी शुरू भएसँगै काठमाडौँका कोर क्षेत्रका सडक मर्मत धमाधम भइरहेको छ। बाटोका खाल्डो पुर्ने र मिलाउने काम भइरहेको हो। हरेक वर्ष इन्द्रजात्राको पूर्वसन्ध्यामा काठमाडौँ महानगरले सडक गर्दै आएको छ। तस्वीर: नेपाल फोटो लाइब्रेरी

राजनीतिक अस्थिरताबीच अनुत्पादक 'साइबर झगडा'

साइबर झगडामा युवा सक्रिय हुनुको साटो गम्भीर अध्ययन र अन्य रचनात्मक काम गर्न सके कति जाति हुन्थ्यो? आफ्नो ऊर्जा र समय जनताको समस्या समाधान गर्न सिर्जनात्मक र सार्थक पहलतर्फ लगाए कति गजब हुन्थ्यो?

२३ वर्षमा बनेको बागलुङ बसपार्क सञ्चालनमा संशय, पोखरा बसपार्क ५० वर्षदेखि अधुरै

पोखरा बसपार्क अस्तव्यस्त भएपछि गाडीले राजमार्ग छेउछाउबाटै यात्रु चढाउने र ओराल्ने गर्छन्। टिकट काउन्टर पनि बाहिरी सडकमा छन्।

अभिभावकले अनुमति दिए विद्यार्थी रुस पठाउने तयारी

शिक्षामन्त्री विद्या भट्टराईले छात्रवृत्ति अध्ययनका लागि रुस जान लागेका विद्यार्थीलाई परराष्ट्र मन्त्रालयको स्वीकृति लिएर अभिभावकको अनुमतिमा मात्र जान दिने बताएकी छन्।

जम्मु–कश्मीर निर्वाचनः प्रतिस्पर्धा भाजपा र इन्डिया गठबन्धनबीच, मुद्दा ‘आर्टिकल ३७०’

भारतको कान्छो ‘यूनियन टेरिटोरी’मा सेप्टेम्बर १८ देखि अक्टोबर १ सम्म हुने निर्वाचनबाट ९० विधायक छानिने छन्। हिन्दू बहुल जम्मुमा भाजपा र मुस्लिम बहुल कश्मीरमा एनसी वा एआईपीको पल्ला भारी हुने अनुमान छ।

युक्रेनसँग वार्ता गर्न रुस तयार रहेको पुटिनको भनाइ

युक्रेनसँग अल्पकालीन मागका आधारमा नभई इस्तानबुलमा सहमति भएको दस्ताबेजका आधारमा वार्ता गर्न तयार रहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्।

नेप्से परिसूचक १२ अंकले घटेर २७२७ को विन्दुमा

बिहीबार नेप्से परिसूचक १२ अंकले घटेर २७२७ को विन्दुमा कायम भएको छ भने नौ अर्ब ६५ करोडको शेयर कारोबार भएको छ।

संक्रमणकालीन न्यायसम्बन्धी आयोगमा पीडितकेन्द्रित भएर पदाधिकारी नियुक्त गर्न माग

राहतका लागि सरकारबाट घोषणा भएर भुक्तान हुन बाँकी रकम तत्काल निकासा गर्नुपर्ने माग पनि द्वन्द्वपीडित संघले गरेको छ।

बहुवर्षीय बालीको खेतीमा जुट्दै भोजपुरका किसान

एक पटक विस्तार गरेपछि दीर्घकालसम्म आम्दानी लिन सकिने भएसँगै भोजपुरका किसान बहुवर्षीय खेती प्रणालीमा जुट्न थालेका छन्।

सुख्खा पहिरो झर्दा जयपृथ्वी राजमार्ग अवरुद्ध

सडक अवरुद्ध भएपछि जिल्ला सदरमुकाम चैनपुरबाट छुट्ने र भित्रिने लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन्।

उदयपुरको सोरुङ छबिसेमा आमाछोरा मृत भेटिए, हत्या भएको आशंका

कटारी नगरपालिका–१० वडा कार्यालय नजिकै किराना पसल गर्दै आएकी ४० वर्षीया निर्मला थापा र उनका छोरा ६ वर्षीय आरुसको शव बिहीबार बिहान पसलमा भेटिएको हो। 

यो ब्लक वेबसाइटबाट हटाइएको छ।