AnonymousUser

Logout

यस्तो छ सोमबारको माैसम पूर्वानुमान

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

पाथीभरामा केबलकार निर्माण विवाद वार्ताबाट समाधान गर्न आयोगको आग्रह

मानव अधिकार आयोगले ताप्लेजुङको फुङलिङ नगरपालिका–११ पाथीभरा क्षेत्रमा केबलकार बनाउने विषयलाई लिएर भएको विवाद वार्ता र संवादका माध्यमबाट समाधान गर्न आग्रह गरेको छ।

गाजाबाट प्यालेस्टिनीलाई स्थानान्तरण गर्ने ट्रम्पको योजनाको आलोचना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजाबाट प्यालेस्टिनीहरूलाई इजिप्ट र जोर्डन स्थानान्तरण गर्ने योजनाको हमास र यसको सहयोगी इस्लामिक जिहादले आलोचना गरेको छ।

सुप्रिम सरकारी ठगी प्रकरण : रवि लामिछानेलाई १ करोड धरौटीमा छाड्न आदेश

सुप्रिम सरकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतले रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई एक करोड धरौटीमा छाड्न आदेश दिएको छ।

त्रिकोणात्मक टी२० शृंखलाका लागि इन्दुको कप्तानीमा टोली घोषणा

नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्डबीच घरेलु मैदानमा हुने महिला टी२० शृंखलाका लागि क्यानले इन्दु बर्माको कप्तानीमा राष्ट्रिय टोली घोषणा गरेको छ।

शिशु जन्मनासाथ श्रवणशक्तिको परीक्षण अनिवार्य

स्वीकृत निर्देशिकाअनुसार सुत्केरी गराउने सबै अस्पताल तथा स्वास्थ्य संस्थाले प्रारम्भिक रूपमा बालबालिकामा श्रवणसम्बन्धी समस्या भए/नभएको परीक्षण गर्नुपर्ने मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले बताए।

मौसमले बढाएको छ सवारी दुर्घटनाको ग्राफ

हिउँदमा हुस्सु र कुहिरो पनि सवारी दुर्घटनाको कारण बनिरहेको छ। वर्षायाममा बाढी, पहिरोका कारण ठूला दुर्घटना भएका छन्। गत असोजमा पहिरोले बससमेत बगायो। के मौसमका कारण हुने दुर्घटना घटाउन सकिन्छ?

सरकारी वेबसाइट तथा डाटा सुरक्षार्थ जारी ‘एड्भाइजरी’मा के छ?

एड्भाइजरीमा सरकारी कार्यालयको वेबसाइट, एप्लिकेसन, सर्भर, नेटवर्क, डेस्कटप, ल्यापटप, मोबाइल उपकरण र सामाजिक सञ्जालको प्रयोगसँग सम्बन्धित विभिन्न सुरक्षात्मक उपाय समावेश गरिएका छन्।

नेप्से परिसूचक १० अंकले घट्यो, ९ अर्बको शेयर कारोबार

आइतबार नेप्से परिसूचक १० अंकले घटेर २६४३ को विन्दुमा कायम भएको छ।

चुरोट सेवन गर्नेलाई ३ गुणा बढी हृदयाघातको जोखिम

चुरोट पिउने मानिसमा हृदयाघातको सम्भावना बढी हुने गरेको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि अधिकारी बताउँछन्। अहिले युवा अवस्थामै चुरोट सेवन गर्नेक्रम बढेसँगै हृदयाघातका घटना पनि बढिरहेका छन्।

संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने

संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन्।

स्वरोजगार बन्दै शारीरिक अपांगता भएकाहरू

झापाका १५ वटै स्थानीय तहमा करिब २३ हजार ९८८ जना अपांगता भएका व्यक्ति छन्। अपांगता भएकाले उत्पादन गरेका वस्तुले बजार पाउन निकै प्रतिस्पर्धा गर्नुपर्ने समस्या छ।

‘संविधान र कानून मनलाग्दी प्रयोग गरेपछि लोकतन्त्र क्षयीकरण हुन्छ’ 

२०६३ सालदेखि सत्ताको ‘म्युजिकल चेयर’मा तिनै नेता घुमिरहेका छन्। मन्त्री बन्नेहरू घुमिफिरी तिनै छन्। लोकतन्त्रमाथि चुनौती थप्ने पनि तिनै हुन्। 

बागलुङको बलेवा गाउँमा डेढ करोड लगानीमा कागतीखेती

बसाइँसराइका कारण झाडीले ढाकिएको खेतीयोग्य जमिन सदुपयोग गरी बलेवाका ५२ किसानले कागती लगाएका छन्।

म्याग्दीबाट ३३ करोड ४६ लाखको सुन्तला बिक्री

जिल्लाका अधिकांश ठाउँका सुन्तला बोटबाटै बिक्री भइसकेको छ। अहिले बेनी नगरपालिकाको मरेक, अन्नपूर्ण गाउँपालिकाको दोसल्लेलगायत ठाउँमा धमाधम सुन्तला टिप्ने काम भइरहेको छ। 

शीर्षमा लिभरपुलको ६ अंकको अग्रता, म्यानचेस्टर सिटीको पुनरागमन जित

चेल्सीलाई ३–१ ले हराउँदै म्यानचेस्टर सिटी चौथो स्थानमा उक्लिएको छ। खेलमा अग्रता भने तेस्रो मिनेटमा नोनी माडुकेको गोलमा चेल्सीले लिएको थियो।

बाढीको कहरपछि जुरमुराउँदै छन् बेथानचोकका किसान

बाढीपहिरो गएको चार महिना बितिसक्दा पनि यहाँका नागरिकले सरकारबाट पाउनुपर्ने सहयोग पाउन नसकेको गुनासो गरेका छन्।

माहुरीसँग अन्तर्वार्ता:  मान्छेको पैशाचिक बानीले चिन्तित छौँ

‘पृथ्वी सबैको साझा घर हो। घर भत्काउने र बिगार्ने कसैलाई अधिकार छैन। अरू प्राणीसँग त हामी परस्परमा द्वन्द्व र मैत्रीभावले सामञ्जस्य निर्वाह गर्छौं। तर मान्छेको अवाञ्छित गतिविधि डरलाग्दो गरी बढेको छ।’

ला लिगा: एमबाप्पेको ह्याट्रिकमा रियल मड्रिडको जित

रियलका लागि एमबाप्पेको यो पहिलो ह्याट्रिक हो। उनले यस सिजन सबै प्रतियोगितामा रियलका लागि २२ गोल गरिसकेका छन्।

तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

बागमती र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।