AnonymousUser

Logout

नियमविपरीत ठडिएको मेडिसिटी अस्पतालको संरचनाः अनुमति ३०० बेडको, सञ्चालन ७५०

आफ्नो वेबसाइटमा ७५० शय्या क्षमता भएको उल्लेख गर्ने अस्पतालले ३०० शय्याको मात्र स्वीकृति पाएको छ। हेलिप्याड र मुख्य भवनको आसपास बनाइएका अरू संरचनाहरू बिनाइजाजत बनाइएको भेटिएको छ।

काँचो केरामा खान अयोग्य हुनेगरी भेटियो विषादीको मात्रा

काँचो केराको विषादी अवशेष जाँच गर्दा अर्गानो फस्फेट कीटनाशक विषादीको मात्रासमेत उच्च पाइएको छ। अर्गानो फस्फेटको मात्रा २७ देखि ३५ प्रतिशतसम्म फेला परेको छ।

जुम्लाको स्याउ, कैलालीमा व्यापार

जुम्लामा उत्पादित स्याउ प्रतिकिलो ७० रुपैयाँमा खरिद गर्छन्। तराई पुर्‍याएपछि प्रतिकिलो १०० देखि १२० रुपैयाँमा बिक्री हुने गरेको छ।

‘पहिले मादलको माग धान्न सकिँदैनथ्यो, अहिले बिक्री नै हुँदैन’ 

बाजामध्ये सबैभन्दा बढी बिक्री हुने मादलसमेत अचेल बिक्री हुन छाडेको छ। स्थानीय रविलाल बादीले डिजेलगायत आधुनिक बाजाका कारण मादल व्यवसायमा संकट आएको बताए।

विश्वकप छनोटमा अर्जेन्टिना र ब्राजिल पराजित

हारका बाबजुद अर्जेन्टिना १८ अंकसहित तालिकाको शीर्षस्थानमा छ। कोलम्बिया १६ अंकसहित दोस्रो स्थानमा छ। 

हुप्सेकोट पहिरो: विस्थापित परिवार ३ वर्षदेखि अस्थायी शिविरमा

२०७८ असार २४ को पहिरोले विस्थापित भएका परिवारको स्थायी बसोबास टुंगो लागेको छैन। विद्यालय र सामुदायिक भवन हुँदै अहिले सानो चौरभित्र १८ परिवार बसिरहेका छन्।

नियामक निकाय थपिरहने कि कानूनको तटस्थ पालना गर्ने?

राज्यसंयन्त्र शिथिलप्राय: भइरहेका बेला नेपाल नागरिक उड्डयन प्राधिकरणलाई लक्षित गरेर अर्को नियामक संस्थाको परिकल्पना गर्दै सो गठनसम्बन्धी प्रक्रिया अगाडि बढाइएको छ।

समावेशी ग्रामीण विकासका लागि कोरियाले १ अर्बभन्दा बढी सहयोग गर्ने

समावेशी ग्रामीण विकास परियोजनाका निम्ति उक्त रकम प्रदान गर्नेसम्बन्धी समझदारी पत्रमा कोइकाका देशीय निर्देशक मोह्युन कोङ र मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुलीले हस्ताक्षर गरे।

गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। बागमती र लुम्बिनीका थोरै तथा कोशी, गण्डकी र कर्णालीका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

पर्व

वसन्तपुरमा इन्द्रजात्राको तयारी 

इन्द्रजात्राका लागि वसन्तपुर क्षेत्रमा तयारी चलिरहेको छ। असोज १ गते परेको इन्द्रजात्राको तयारी स्वरूप वसन्तपुर क्षेत्रमा रथ बनाउने र सरसफाइको काम तीव्रताका साथ चलिरहेको छ। वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गरी परम्परागत शैलीमा इन्द्रजात्रा आठ दिनसम्म मनाउने गरिन्छ। तस्वीर: नेपाल फोटो लाइब्रेरी

पहिचान पुरस्कारका लागि उत्कृष्ट ८ पुस्तकको सूची सार्वजनिक

पहिचान पुरस्कारका लागि उत्कृष्ट ८ पुस्तकको सूची सार्वजनिक भएको छ।

विमानस्थलबाट सुनसहित २ जना पक्राउ

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ।

पर्यटन बोर्डका सीईयोविरुद्ध रिट

पर्यटन बोर्डका सीईयोमा दीपकराज जोशीको नियुक्ति कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ।

सदनमा उठ्यो उपसभामुखमाथि कारबाहीदेखि खोला किनाराका संरचनासम्मको विषय

खेलाडीलाई राज्यले संरक्षण गर्नुपर्ने र उनीहरूको जीविकोपार्जनका लागि सरकारले सहयोग गर्नुपर्ने विषय पनि प्रतिनिधिसभा बैठकमा सांसदले उठाएका छन्।

साल्ट ट्रेडिङ र खाद्यलाई भन्सार छुटमा चिनी आयात गर्न स्वीकृति

सरकारले अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि कार्यान्वयनसम्बन्धी राष्ट्रिय प्रतिवेदन स्वीकृत गरी संयुक्त राष्ट्रसंघीय समितिमा पेश गर्ने निर्णय पनि गरेको छ। 

‘जलवायुका विषयमा संवेदनशील हुन आवश्यक’

सरोकारवालाले जलवायु परिवर्तनले पारिरहेको असर न्यूनीकरणका विषयमा संवेदनशील भएर सबैले भूमिका खेल्नेपर्ने धारणा राखेका छन्।

लेखाजोखामा सार्वजनिक लेखा समिति

लेखा समितिको सभापति प्रमुख प्रतिपक्षले पाउनुपर्ने भन्दै मुख्य तीन दल कांग्रेस, एमाले र माओवादीले लिने अडान संसदीय भूमिकापिच्छे बदलिँदै आएकाले तीनै पार्टीले यसमा नैतिक धरातल गुमाएका छन्।

बैंकिङ कसुर विधेयक अर्थ समितिको प्रतिवेदनसहित प्रतिनिधिसभामा पेश

अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ प्रतिनिधिसभामा पेश गरेका छन्।

आयल निगमको कार्यालयभित्रै करारका कर्मचारीले किन गरे सहकर्मीको हत्या?

मिल्ने साथीको पहिचान बनाएका एकै कार्यालयमा कार्यरत करारका दुई कर्मचारीबीच कार्यस्थलमै विवाद, कुटपिट र हत्या भयो। पीडित परिवार घटनाको कारण थाहा पाउन ११ दिनदेखि प्रहरीको अनुसन्धान नतिजा पर्खिइरहेको छ।

जातीय झडपपछि मणिपुरमा कर्फ्यु

मणिपुरको स्थानीय सरकारले राजधानी इम्फाल र वरपरको उपत्यकामा अर्को आदेश नआउन्जेल पूर्ण कर्फ्युको घोषणा गरेको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।