AnonymousUser

Logout

साढे ३३ किलो सुन काण्डः भित्र, बाहिर जे भयो 

सात वर्ष अघिको साढे ३३ किलो सुन काण्डमा भएको ठूलो तामझामसहितको धरपकड र अनुसन्धान ‘हात्ती आयो फुस्सा’ यत्तिकै बनेको होइन। काण्डभित्रका नखुलेका पाटो र बाटो बिराएको अनुसन्धानको फेहरिस्तः

जापानमा स्कुले विद्यार्थीमा आत्महत्याको दर बढ्दो

यद्यपि, सबै उमेर समूहका मानिसको आत्महत्या दर भने सन् २००३ को तुलनामा ७.२ प्रतिशतले कमी भएको देखिएको छ।

एपीएफले जित्यो एन्फा महिला लिगको उपाधि

यो खेलसँगै नेपाली राष्ट्रिय टोलीकी पूर्वकप्तान अनु लामाले घरेलु फुटबलबाट पनि सन्न्यास लिएकी छन्।

एचपीभी खोप अभियानका लागि मनिषा कोइराला बनिन् सद्भावना दूत

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १०–१४ वर्ष उमेर समूहका १६ लाख किशोरीहरूलाई पाठेघरको क्यान्सरविरुद्ध यो खोप उपलब्ध गराउन लागेको हो।

अमेरिकाले १३ सय ६५ नेपालीसहित १४ लाखभन्दा बढी आप्रवासीलाई फर्काउँदै

अमेरिकाले गैरकानूनी रूपमा त्यहाँ रहँदै आएका १३ सय ६५ नेपालीसहित १४ लाखभन्दा बढी आप्रवासीलाई तत्काल निष्कासन गर्नुपर्ने सूचीमा राखेको छ।

‘कोरम’ नपुगेपछि पूर्वाधार विकास समितिको बैठक स्थगित

पच्चिस सदस्यीय समितिमा निर्धारित समयभन्दा डेढ घण्टा बढी समयमा पनि बैठक सञ्चालनका लागि आवश्यक न्यूनतम संख्या नपुगेपछि बैठक स्थगित भएको हो।

दक्षिण कोरियाली विमानमा आगलागी, १७६ यात्रुको सकुशल उद्धार

उद्धारका क्रममा तीन जना सामान्य घाइते भएको राष्ट्रिय अग्नि नियन्त्रण निकायले जनाएको छ। आगलागीको कारण थाहा हुन सकेको छैन। 

बलिराम पण्डित: जसले महायज्ञका लागि बनाउँदै छन् १ हजार ११ थान मूर्ति

विश्रामपुर गाउँपालिका–५ मा आयोजना हुन लागेको श्री श्री १००८ महाशिवरात्री महामहोत्सव महायज्ञमा पण्डित नेतृत्वको टोलीले एक हजार ११ वटा मूर्ति बनाउने जिम्मेवारी पाएको छ। 

राष्ट्रिय योजना आयोगले माग्यो अनुदान कार्यक्रमको प्रस्ताव

प्रदेश र स्थानीय तहलाई परिपत्र गर्दै आयोगले यी शीर्षकमा अनुदान लिन आगामी फागुन १५ गतेभित्र योजना तथा कार्यक्रमको विस्तृत विवरणसहितको प्रस्ताव पेस गरिसक्न भनेको छ।

निरीह बनेको सार्वभौम संसद्

नागरिकको जीवन बदल्न सुशासन नभई भएको छैन। थुप्रै कानून निर्माण र तिनको कार्यान्वयन नगरी भएको छैन। त्यसका लागि हामीलाई यस्तो निरीह होइन, सार्वभौम अनुभूति हुने संसद्को प्रस्तुति चाहिएको छ।

भारतको प्रयागराजमा जारी कुम्भमेलामा भागदौड हुँदा कम्तीमा १२ जनाको मृत्यु 

धेरै व्यक्तिहरूको भिडमा कुल्चिएर ज्यान गएको बताइएको छ। भारतीय अधिकारीहरूले हाताहातको संख्या पुष्टि गरेका छैनन्। 

सिरहामा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु   

चोहर्वाबाट लहानतर्फ जाँदै गरेको ट्याक्टर पूर्वपश्चिम राजमार्गअन्तर्गत धनगढीमाई नगरपालिका–१० स्थित धनगढी चोकमा दुर्घटना भएको हो। 

ताल तथा सीमसार क्षेत्रमा पाइने चराको अस्तित्व खतरामा

अनियन्त्रित चोरी शिकारी, अवैध व्यापार, जलवायु परिवर्तनको असर, रासायनिक मलको प्रयोग, जलप्रदूषण, पानीको अति प्रयोग, ताल सुकाएर माछा मार्नेलगायत कार्यले चरा संरक्षणमा चुनौती थपिएको छ।

रियालिटी शो: नाम सिर्जनाको, व्यापार आँसुको

आममानिसको भाव पक्षलाई उद्वेलित पार्ने ‘स्टोरी टेलिङ’को भिडियो सामग्रीमार्फत मनोरञ्जनको नाममा अर्थोपार्जनको खेलो एक पक्षले निरन्तर गरिरहेका छन्। ती कथा आंशिक सत्य र अधिकांश झूटमा आधारित हुने गर्छन्।

शहीद दिवस मनाइँदै, देशभर विभिन्न कार्यक्रम

माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ। शहीदलाई यस दिन सम्झना गरे पनि पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो हुने गरेको छ।

कोशी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना 

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुने महाशाखाको अनुमान छ। 

पाथीभरामा केबलकार निर्माण विवाद: घाइतेको उपचार सरकारले गर्ने, असन्तुष्ट पक्षलाई वार्तामा आउन आह्वान

गृह मन्त्रालयले पाथीभरामा केबलकार निर्माण विवादलाई शान्तिपूर्ण ढंगले निष्कर्षमा पुर्‍याउन अनुरोध गरिएको छ भने कोशी प्रदेश सरकारले असन्तुष्ट पक्षलाई वार्तामा आउन आह्वान गरेको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी विधेयक संसद्‍मा दर्ता

गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक संघीय संसद् सचिवालयमा दर्ता गरिएको छ। 

फुटपाथ र सडक व्यवसायीलाई घरभाडा तिर्नै समस्या

बेलाबेला नगर प्रहरीले सामान जफत गर्ने, कमजोर व्यावसायिक वातावरण र आधारभूत सेवाको अभावले गर्दा सडक तथा फुटपाथ व्यवसायीहरूलाई थप मर्का पर्ने गरेको एक अध्ययनले देखाएको छ।

आउँदाआउँदै किन विवादित बन्यो सामाजिक सञ्जाल विधेयक? 

सामाजिक सञ्जाल नियमन गर्ने भन्दै संसद्मा दर्ता गराएको विधेयकमार्फत् सरकारले नागरिकको बोली बन्द गर्न खोजेको भनेर चर्को विरोध भइरहेको छ। के छन् विधेयकमा प्रस्तावित व्यवस्था?