AnonymousUser

Logout

पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध

कर्णाली राजमार्गअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगनेखोला र एसमोडमा पहिरो आएर सडक पूर्ण रूपमा अवरुद्ध भएको हो। 

चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनको तयारी,  ४२ जिल्लाका ६१ स्थानमा पसल राखिने

अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर यस्ता पसल सञ्चालनमा ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

ट्रम्प–ह्यारिस बहस: नीति प्रस्तुतिभन्दा पनि व्यक्तिगत आक्षेप

बाइडेन-ह्यारिसमाथिको व्यक्तिगत आक्रमण जारी राख्ने र अमेरिकालाई अहिलेको दलदलबाट उकास्ने आर्थिक नीति मतदातालाई नबुझाउने हो भने ट्रम्पलाई ह्यारिसले पराजित गर्नेछिन्।

माछापुच्छ्रेमा चक्लाबन्दी खेती: सिँचाइमा सहज, उब्जनी बढ्यो 

माछापुच्छ्रे गाउँपालिका–३ घाचोकको सिरानखेत र तल्लाखेतमा गरी ३१६ रोपनी जमिन चक्लाबन्दी गरी सामूहिक खेती थालिएको छ। कृषकको जमिन एकीकरण गरेर समथर बनाउन कृषि मन्त्रालयले अनुदान दिने गरेको छ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरीसहित भारी वर्षाको सम्भावना

वर्षाका कारण भूक्षय तथा बाढी पहिरोका साथै शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

असोज १३ देखि २२ गतेसम्म सुकिला नोट साट्न पाइने

राष्ट्र बैंकले यसपटकको दशैँलाई लक्षित गरी आगामी असोज १३ गतेदेखि २२ गतेसम्म सफा तथा सुकिला बैंक नोट सटही सुविधा दिने भएको छ।

इराकसँग सम्बन्ध विस्तार गर्न इरानी राष्ट्रपतिद्वारा १४ सम्झौतामा हस्ताक्षर

इरानका नव निर्वाचित राष्ट्रपति मसुद पेजेस्कियानले बुधबार छिमेकी मुलुकको भ्रमणका क्रममा इराकसँग एक दर्जनभन्दा बढी सम्झौतामा हस्ताक्षर भएको घोषणा गरेका छन्।

नाकामा सावधानी नअपनाउँदा एमपक्सको जोखिम

'हामीसँग उपकरण छैन। एमपक्ससम्बन्धी कुनै तालिम पनि पाएका छैनौँ, नेटमा हेरेर थाहा पाएको लक्षण मिल्ने मानिस आएमा निगरानी राख्छौँ।'

टी–२० विश्वकप एशिया छनोटका लागि खेलाडी छनोट

आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एशिया छनोटका लागि २९ खेलाडी छनोट भएका छन्।

पर्यटन बोर्डको सीईओ नियुक्तिका विषयमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

नेपाल पर्यटन बोर्डको सीईओमा दीपकराज जोशीको नियुक्तिविरुद्ध परेको रिट निवेदनमा लिखित जवाफ माग गर्दै सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको हो।

स्वघोषित सच्चरित्रवान धनराज

सच्चरित्रवान बन्न डेरामा बस्ने/सार्वजनिक यातायात चढ्ने कुरालाई ‘ग्लोरीफाई’ गर्ने लत कतिपयमा छ। डेरा र मैला पोसाकले सच्चरित्रवान हुने प्रमाणको भार पुर्‍याउँदैन। पहिले त आर्जन वैध हुनु महत्त्वपूर्ण छ।

बिहीबार साँझदेखि मनसुन सक्रिय हुने, सतर्कता अपनाउन आग्रह

माैसम पूर्वानुमान महाशाखाले बुधबार जारी गरेको  विशेष मौसमी बुलेटिनमा देशका केही स्थानमा भारी वर्षासमेत हुने जनाउँदै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

‘हिंसा’ शब्दको पक्षविपक्षमा बहस हुँदा प्रतिनिधिसभा बैठक स्थगित

सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदहरूबीच ‘हिंसा’ शब्दको पक्षविपक्षमा भएका बहसले बुधबारको बैठक स्थगित भएको छ।

भ्रष्टाचार मुद्दा प्रभावित गर्ने भरत थापाको दाउः निकटस्थमार्फत् आफैविरुद्ध हाल्न लगाए लेनदेन मुद्दा

अख्तियारले ५ करोडभन्दा धेरै गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेपछि निलम्बित बागमती नगरपालिकाका मेयर थापाले यो मुद्दा प्रभावित गर्न कसरी फर्जी मुद्दा दायर गराइरहेका छन्?

शेयर बजारको ओरालो यात्रा जारी, २२ अंकले घटेर २,६१० को विन्दुमा कायम

बुधबार १३ मध्ये १० उपसमूहको परिसूचक घट्दा कारोबार रकम पनि घटेर ६ अर्ब ८५ करोड पुगेको छ।

एन्फा महिला लिग : पुलिस क्लबद्वारा कोशी प्रदेश पराजित

जितसँगै पुलिस क्लब लिगको शीर्ष स्थानमा उक्लिएको छ।

ह्यारिस र ट्रम्पबीचको बहस : कसको पल्ला भारी?

बहसको अन्त्यमा ह्यारिसले आफ्नो ध्यान भविष्यमा केन्द्रित रहेको र ट्रम्प विगतमा फसेको बताइरहँदा ट्रम्पले भने, 'ह्यारिसले चुनाव जिते तेस्रो विश्वयुद्ध सम्भव छ।'

कलाकार भिसामा मानव तस्करी, हास्य कलाकार ‘इकु’ पक्राउ

'भिसा प्रयोजनको लागि आवश्यक पर्ने बैंक स्टेटमेन्ट लगायतका कागजातहरू समेत नक्कली बनाउने गरेको पाइएको छ।'

उपसभामुखले राजीनामा दिनुपर्ने कांग्रेसको निष्कर्ष

सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले उपसभामुख रानामगरलाई आफै मार्गप्रशस्त गर्न आग्रह गरेको छ।

कर्णाली राजमार्ग यात्रामा सधैँ सास्ती

राजमार्ग स्तरोन्नति नहुँदा बाँके नेपालगन्जको रुपौडियादेखि मुगु सदरमुकाम गमगढीसम्मको ३५० दूरी सडकखण्ड पार गर्न यात्रुले बाह्रैमास सास्ती खेपिरहेका छन्।। 

यो ब्लक वेबसाइटबाट हटाइएको छ।