AnonymousUser

Logout

रिंकु सदा मृत्यु प्रकरण : प्रहरीले अहिलेसम्म क–कसलाई पक्रियो?

प्रहरीका अनुसार रिंकु सदाको सामूहिक बलात्कार तथा शंकास्पद मृत्यु घटनामा हालसम्म आठ जना पक्राउ परेका छन् भने चार जना फरार छन्।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बदली र वर्षा, शनिबारदेखि मौसम खुल्दै जाने

दुई दिनदेखि प्रतिकूल बनेको मौसम शनिबारदेखि क्रमिक रूपमा खुल्दै हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

‘बी’ डिभिजन लिग : १४ क्लबको सहभागिता, ९१ खेल सञ्चालन हुने

प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ प्राप्त गर्ने छ भने उपविजेताले १० लाख रुपैयाँ पाउने छ।

बाँसबारीको नयाँ जग्गा प्रकरणः महानगरले रोक्यो संरचना निर्माण, कहाँ पुग्यो अख्तियारको अनुसन्धान?

गंगालाल अस्पताललाई दिइए पनि नेताले ‘कब्जा गरेको’ स्वास्थ्य मन्त्रालयको बाँसबारीस्थित सात रोपनी १३ आना जग्गाको विषय उकालोले उजागर गरेको थियो। यसबारे अख्तियारले अनुसन्धान गरिरहेको छ।

संक्रमणकालीन न्याय प्रक्रिया अघि बढाउन सरकारलाई मानव अधिकार आयोगको पत्र

मानव अधिकार आयोगले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन प्रक्रिया अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको छ।

पेरिसको रेल स्टेसनमा भेटियो दोस्रो विश्वयुद्धताकाको बम

दोस्रो विश्वयुद्धताकाको बम फेला परेपछि पेरिस गारे डु नोर्ड रेलवे स्टेसनबाट हुने आवतजावत बन्द गरिएको छ।

नुनमा आयोडिनको मात्रा नियन्त्रण गर्न सांसदले गराए सरकारको ध्यानाकर्षण

सांसदले नुनमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा बढी आयोडिनको मात्रा देखिएकाले तत्काल नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

४ देशीय क्रिकेट शृंखला : नेपालको पहिलो खेल नामिबियासँग

नेपालले नामिबियाको महिला टोलीसँग पहिलो पटक खेल्न लागेको हो।

किन फुटिरहेका छन् मेलम्ची खानेपानीका पाइप?

काठमाडौँमा मेलम्चीको पानी वितरण गर्न बिछ्याइएका पाइप कमसल हुनु, मापदण्ड पालना नगर्नु र अनियमित पानी वितरणले गर्दा बेलाबेला फुट्ने समस्या आउन थालेको विज्ञहरू बताउँछन्।

इक्वेडरमा गोली हानाहान, २२ जनाको मृत्यु

इक्वेडरमा लागुऔषध तस्करी, अपहरण र फिरौतीमा संलग्न २० भन्दा बढी आपराधिक गिरोह छन्। विशेषज्ञका अनुसार गिरोहहरू निरन्तर परिवर्तन भइरहेका छन् र अपराधबाट हुने मुनाफाले बलियो हुँदै गएका छन्।

इटहरीमा फागुन २५ देखि ‘इस्टर्न टुरिजम मार्ट’: कोभिडले थलिएको पर्यटन चलायमान हुने अपेक्षा

टुरिजम मार्टमा भारतको पश्चिम बंगाल, विहार र सिक्किम तथा भुटानका गरी १०० भन्दा बढी पर्यटन व्यवसायी, पत्रकार र पर्यटनकर्मी सहभागी हुनेछन्।  

दक्षिण कोरियाली राष्ट्रपति युनलाई रिहा गर्न अदालतको अनुमति

युन संवैधानिक अदालतमा महाभियोगको मुद्दाको पनि सामना गरिरहेका छन्। यसले उनलाई पदबाट हटाउने वा नहटाउने भन्ने निर्णय गर्नेछ।

बसको ठक्करबाट बारामा मोटरसाइकल चालकको मृत्यु

मृत्यु हुनेमा रौतहट फतुवा विजयपुर नगरपालिका–५ बैरगनियाका ३५ वर्षीय अनिलप्रसाद यादव रहेको डीएसपी विजयराज पण्डितले जानकारी दिए। 

बसन्तपुरमा चीर ठड्याइएसँगै शुरू भयो होली [तस्वीरहरू]

शुक्रबार बिहान रंगीचंगी ध्वजापताकासहितको तीनखण्डे चीर ठड्याइएको हो। यससँगै काठमाडौँ उपत्यकासहित मुलुकभर औपचारिक रूपमा होली पर्व शुरू भएको मानिन्छ।

काठमाडौँको चन्द्रागिरिस्थित प्लास्टिक कारखानामा आगलागी 

आगलागीबाट प्लास्टिक कारखाना जलेर नष्ट भएको र बाँकी क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

कृति शाह चन्दको कला प्रदर्शनी: १ हजारभन्दा बढीले गरे अवलोकन

अँध्यारोबाट उज्यालोको खोजी, माया, सांस्कृतिक धरोहर, शान्ति, स्वच्छन्दता र न्यायलगायत विषयका कलाकृति प्रदर्शनीमा समावेश भएका थिए।

साँखुको अनाथालयमा टिपर पस्यो, सुतिरहेका ३ जनाको मृत्यु

द्वन्द्व पीडित तथा अपांग समाज संस्थाले सञ्चालन गरेको अनाथालयमा ६१ जनाले आश्रय लिइरहेका छन्। टिपर छिरेको कोठामा १० जना सुतिरहेका थिए। 

वृहत्तर न्यायका लागि सामाजिक चेतना पुनर्निर्माण

अन्धविश्वास, रुढीवाद र पुरातन विश्वास फ्याँक्नुपर्छ। सामाजिक सञ्जालबाट उदाएका भाइरल र प्रदूषित विचारप्रति पनि हामी उत्तिकै सजग रहनुपर्छ।

पर्यटक आकर्षित गर्दै तेह्रथुमको चाङलुङ गुफा

स्थानीय सरोकारवालाको पहलमा चाङलुङ गुफाको पर्यटन प्रवर्द्धन र प्रचारप्रसारको काम थालिएपछि उक्त स्थान पर्यटकको नजरमा पर्न थालेको छ।

पनौती नगरले बन्द गर्‍यो तीन अवैध क्रसर उद्योग

विपद्अघि जिल्लाका १३ स्थानीय तहमध्ये पनौतीमा १४, रोशीमा पाँच, नमोबुद्ध र भुम्लुमा चार, बेथानचोकमा तीन, मण्डनमा दुई, बनेपा, तेमाल र चौरीमा एक–एक खानी तथा क्रसर सञ्चालनमा थिए।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।