AnonymousUser

Logout

नेप्से परिसूचकमा लगातार दोहोरो अंकको वृद्धि

मंगलबार नेप्से परिसूचक ११.९१ अंकले बढेर २७३९.८२ को बिन्दुमा कायम भएको छ।

नेपाली विद्यार्थी अवस्था बुझ्न कलिंगा विश्वविद्यालयमा पुग्यो नेपाल प्रहरीको टोली

नेपाली विद्यार्थीको अवस्था बुझ्न र उनीहरूको सुरक्षाको वातावरण मिलाउन कलिंगा विश्वविद्यालयमा नेपाल प्रहरीको टोली पुग‍ेको परराष्ट्रमन्त्रीको भनाइ छ।

रिंकुकुमारीको मृत्युबारे अनुसन्धान गर्न प्रदेश कार्यालयले गठन गर्‍यो समिति

 सिरहाको नवराजपुरकी किशोरी रिंकुकुमारी सदाको मृत्यु प्रकरणबारे अनुसन्धानका लागि मधेश प्रदेश प्रहरी कार्यालयले समिति गठन गरेको छ। 

भारतमा अध्ययनरत विद्यार्थीको सुरक्षाका लागि कूटनीतिक पहलको माग

भारतमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा प्रत्याभूतिका लागि कूटनीतिक र राजनीतिक पहल तत्काल थाल्न सांसदले सरकारको ध्यानाकर्षण गराएका छन्।

नारायणगढ–मुग्लिन सडकमा सञ्चालनमा आए १९ नयाँ पुल

नारायणगढ–मुग्लिन सडकमा १९ नयाँ पुल सञ्चालनमा आएका छन्।

स्कुल बस दुर्घटना बढेपछि विशेष जाँच अभियान थालियो

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालमा जारी भएको स्कुल बस निर्देशिका २०७४ लाई पूर्ण पालना गराउन आग्रह गरेको छ।

राष्ट्रियसभा: प्रकृति लम्सालको मृत्यु प्रकरणबारे सत्यतथ्य छानबिनको माग

सभाको आकस्मिक समयमा बोल्दै सांसदहरूले लम्सालको मृत्यु प्रकरणबारे गम्भीर छानबिन गर्नुपर्ने माग गरेका थिए।

प्रकृति मृत्यु प्रकरणः होस्टेलबाहिर उभिएका नेपाली विद्यार्थीले रातभरि गाली सुनिरहे

भुवनेश्वरस्थित केआईआईटीमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युपछि विश्वविद्यालयले निस्कासन गरेका नेपाली विद्यार्थीलाई २४ घण्टा नबित्दै फिर्ता बोलाएको छ। तर विद्यार्थी अझै त्रसित छन्।

ज्येष्ठ नागरिकलाई दन्त उपहार

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले ७० वर्ष माथिका आंशिक वा पूर्ण रूपमा दाँत नभएका ज्येष्ठ नागरिकलाई दन्त उपहार प्रदान गर्ने भएको छ।

जाजरकोटमा शुरू भयो भूकम्पपछिको पुनर्निर्माण

पश्चिम नेपालमा भूकम्पबाट क्षति भएका निजी घरहरूको विस्तृत विवरण संकलनमा विपद् अध्ययन केन्द्र, इन्जिनियरिङ अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालय र प्राधिकरणबीच सम्झौता गरी काम भइरहेको छ।

तोलामा ७०० रुपैयाँले बढ्यो सुनको मूल्य 

छापावाल सुन प्रतितोला १ लाख ६९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सवारी दुर्घटना: ६ महिनामा १ हजार २३३ जनाको मृत्यु

लापरबाहीपूर्वक सवारीसाधन चलाएको तथा ट्राफिक नियमको पूर्ण परिपालनामा ध्यान नदिएका कारण दुर्घटनामा ज्यान जानेको संख्या गत आवको सोही अवधिको तुलनामा वृद्धि भएको छ।

पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने

सुदूरपश्चिम र कर्णालीमा आंशिकदेखि साधारणतया बदली रहेको छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ।

ट्रम्पको उटपट्याङ कूटनीति, पेलानमा ‘वसुधैव कुटुम्बकम्’

धेरै विशेषज्ञहरू ट्रम्पको जीतलाई अमेरिकाको अन्तको रूपमा हेरिरहेका छन्। तिनको जीतलाई प्रजातान्त्रिक मूल्यहरूको हारसित तुलना गरिरहेका छन्।

क्यानडामा ८० जना सवार जहाज पल्टियो, १७ घाइते

क्यानडाको टोरन्टो पियरसन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा डेल्टा एयरलाइन्सको जहाज पल्टिएको छ।

ज्यालामा विभेद भोगेपछि ठेकेदार बनेकी पार्वती

घर तथा विभिन्न संरचना निर्माणमा पुरुषसरह मजदुरी गर्दा पनि महिला भएकाले ज्याला कम पाउन थालेपछि पार्वतीले आफै निर्माणको ठेक्का लिने योजनासहित मिस्त्रीको काम सिकिन्।

प्रतिनिधिसभाबाट भ्रष्टाचार निवारण विधेयक सर्वसम्मतिले पारित

‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ।

संसद्मा झूट बोलेको अभियोगमा सिंगापुरका विपक्षी नेतालाई जरिबाना

सिंगापुर वर्कर्स पार्टीका महासचिव प्रितम सिंह एक सांसदमाथि छानबिन गरिरहेको संसदीय समितिसमक्ष झूट बोलेको अभियोगमा दोषी ठहर भएका हुन्।

अन्तर्राष्ट्रिय महिला फुटबल : नेपालको विजयी शुरूआत

अन्तर्राष्ट्रिय महिला फुटबलमा नेपालले किर्गिस्तानलाई १– ० गोल अन्तरले पराजित गरेको छ।

ओडिसा घटनाबारे कूटनीतिक पहल भइरहेको छ: परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिंगा विश्वविद्यालयमा भएको घटनाका विषयमा आवश्यक कूटनीतिक पहल भइरहेको बताएकी छन्।