AnonymousUser

Logout

वर्षा बेलुकादेखि मत्थर हुँदै जाने

बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले तीन दिनदेखिको अविरल वर्षा शनिबार बेलुकादेखि मत्थर हुँदै जाने बताए।

पहिरोले माथिल्लो तामाकोशी जलविद्युत‍्मा क्षति, विद्युत् उत्पादन बन्द

पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवर्क्स)मा क्षति पुर्‍याएको छ।

अविरल वर्षाका कारण ३० जनाको मृत्यु, ११ बेपत्ता

सशस्त्र प्रहरीका अनुसार बाढीपहिरो तथा डुबानमा परी उपत्यकामा २१ जना तथा उपत्यका बाहिर नौ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन्।

नारायणगढ–मुग्लिन–नागढुंगा सडकमा सवारी चलाउन रोक

चितवन प्रशासनले वर्षाका कारण हुनसक्ने क्षतिलाई मध्यनजर गर्दै नारायणगढ–मुग्लिन–नागढुंगा सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।

सिस्नेरीस्थित एन्फा एकेडेमीका ६ विद्यार्थी पहिरोमा पुरिएको आशंका

कुलेखानी जलविद्युत् आयोजनाको जलाशयका ढोका खोलिएपछि सिस्नेरी खोलामा जलसतह बढेसँगै सुरक्षित स्थानतर्फ जाने क्रममा ६ विद्यार्थी बेपत्ता भएका हुन्।

काठमाडौँ उपत्यकामा बाढीपहिरोमा परी २१ जनाको मृत्यु

काठमाडौँमा नौ, ललितपुरमा नौ र भक्तपुरमा तीन जनाको मृत्यु भएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ। 

उपत्यकाका अस्पतालदेखि प्रहरी कार्यालयसम्म डुबानमा [तस्वीरहरू] 

बाढीपहिरो तथा डुबानमा परेका ७२८ जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ। बाढी पहिरोबाट काठमाडौँमा चार घर भत्किएका छन् भने २२६ घर डुबानमा परेका छन्।

भक्तपुरको पलासेमा पहिरोमा परेर ३ जनाको मृत्यु

कालिकोट स्थायी घर भई पलासेमा जग्गा भाडामा लिएर टहरो बनाएर बसेका तीन जना पहिरोमा पुरिएका हुन्। 

पहिरोका कारण तनहुँका विभिन्न स्थानमा सडक अवरुद्ध

व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, म्याग्दे गाउँपालिका, देवघाट गाउँपालिका, शुक्लागण्डकी नगरपालिकाका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन्। 

बाढीले हेवा खोलाको बेलिब्रिज बगायो, मेची राजमार्ग अवरुद्ध

बेलिब्रिज बगाएपछि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। पाँचथरको हिलिहाङ र याङवरक गाउँपालिका तथा ताप्लेजुङ जिल्लासँगको सडक सञ्जाल विच्छेद भएको छ। 

मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा

विभिन्न खोलामा जलसतह बढेको र कुलेखानी जलाशय खोलेका कारण बाढी आएको प्रहरीले जनाएको छ। बाढी तथा डुबनका कारण मानवीय क्षति भने नभएको सिस्नेरी प्रहरीले जनाएको छ।

काठमाडौँको नागार्जुनमा घर भत्किँदा १ जनाको मृत्यु, ३ पुरिए

मृत्यु हुनेमा नागार्जुन नगरपालिका-३ का ५५ वर्षीय पुरुष रहेको सशस्त्र प्रहरी बलले जनाएको छ। उनको परिचय भने खुलेको छैन।

विपद्‌बारे छलफल गर्न गृहमन्त्रीले डाके केन्द्रीय सुरक्षा समितिको बैठक

अविरल वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित भएपछि राहत तथा उद्धार व्यवस्थापन तथा थप कार्ययोजना तय गर्न बैठक बस्न लागेको हो।

बाढी पहिरोमा परी देशभर ६ जनाको मृत्यु, नख्खु खोलाले बगाउँदा ४ बेपत्ता

ललितपुर महानगरपालिका– १४ नखिपोट कान्तिपुर कोलोनीमा नख्खु खोलाले बगाउँदा ४ जना बेपत्ता भएका छन्।

काठमाडौँका नदी किनारका बस्ती डुबानमा,  बाढीले बगाएको ग्यास बुलेट च्यासल पुलमा अड्कियो

बागमतीको बाढीले काठमाडौँको बुद्धनगर र ललितपुरको यूएन पार्क जोड्ने पुलमा क्षति पुर्‍याएको छ। गाडी हिँड्ने पक्की पुल माथिबाट बाढी बगेको छ।

कुलेखानी जलाशयको ढोका खोलियो, उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चितुवालले बाँध माथिबाट पानी बग्न थालेपछि सुरक्षालाई मध्यनजर गरी शनिबार बिहान जलाशयको ढोका खोलिएको जानकारी दिए।  

१०१ वर्षामापन केन्द्रमा नाघ्यो सतर्कता तह, तटीय क्षेत्रमा उच्च जोखिम

देशभर सञ्चालित २६९ स्वचालित केन्द्रमध्ये १०१ केन्द्रमा सतर्कता तहभन्दा बढी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशभर भारी वर्षा: बाढी, पहिरो र डुबानको जोखिम

पाँचथरस्थित तमोर नदी माझीटार र धनकुटास्थित तमोरकै मुलघाट बाढीमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

नागढुंगाको नाग मन्दिरमा पहिरो, यातायात पूर्ण रूपमा अवरुद्ध

पहिरोले यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। उपत्यकाभित्र र बाहिर जाने कुनै पनि सवारी साधन सञ्चालन हुन सकेका छैनन्।

झापामा खोलाले बगाएर ३ जना बेपत्ता

बेपत्ता हुनेहरूको खोजीमा प्रहरी र स्थानी जुटे पनि फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।