राप्ती नगरपालिकाले आन्तरिक स्रोत अभाव र अख्तियारले चासो राखेको कारण देखाउँदै चिकित्सकसहित ७२ जना दैनिक ज्यालादारी कर्मचारीलाई हटाएको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिनका लागि मार्गप्रशस्त गर्न गृहमन्त्री रमेश लेखकलाई सुझाव दिएको छ।
सडक मर्मत वा पूर्वाधार निर्माणका लागि खनिएका खाडलमा परी विगत पाँच वर्षमा २२ जनाको ज्यान गएको छ। सरकारले कडाइ नगर्दा अझै पनि विभिन्न प्रयोजनमा खनिएका खाडल नपुरी छाडिन्छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा १०० रुपैयाँले घटेको हो।
हाल सरकारी फार्मेसीमा उपलब्ध नहुने तथा मूल्य विवरणसमेत सार्वजनिक नहुँदा बिरामीहरूले महँगो मूल्यमा त्यस्ता वस्तु खरिद गर्नु परिरहेको छ।
इजरायली सेनाले डीएनए परीक्षण मार्फत सिनवारको शव पहिचान गरेको बताएको छ। यद्यपि, हमासले अहिलेसम्म सिनवारको मृत्युको सार्वजनिक रूपमा पुष्टि गरेको छैन।
पाल्पाको रम्भा गाउँपालिकामा झाडी सरसफाइ गरी सुन्तलाको बिरुवा लगाउन खाल्डो खन्ने क्रममा यार्सागुम्बा जस्तै देखिने वस्तु फेला परेपछि त्यसको पुष्टि गर्न प्रयोगशाला पठाइएको थियो।
नेपाली समाजमा स्वनामधन्य धेरै अग्रज छन्, जसले आफ्नै जीवनकालमा काँधको झोला बिसाएर पजेरोमा सुटकेस ‘लोड’ गराएका पनि त छन्!
कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
म्युनिखमा आइतबार राति भएको फाइनल खेलमा पेनाल्टी सुटआउटमा स्पेनलाई ५-३ ले पराजित गर्दै पोर्चुगलले उपाधि जितेको हो।
स्कटल्यान्डविरुद्ध नै ३२४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले बनाएको ३२१ रन ओडीआईमा बनाएको अहिलेसम्मकै सर्वाधिक हो।
अमेरिकाले डिपोर्ट गरेका ३७ जना नेपाली काठमाडौँ आइपुगेका छन्।
इजरायलले मानवीय सहायता सामग्री लिएर गाजा जाँदै गरेको जहाजलाई रोक्न सेनालाई आदेश दिएको छ। जहाजमा स्विडेनकी प्रख्यात जलवायु अभियन्ता ग्रेटा थनबर्गसहितका व्यक्ति सवार छन्।
आईसीसी विश्वकप लिग–२ अन्तर्गत आइतबारको खेलमा स्कटल्यान्डले नेपालसामु ३२४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
वीरगन्ज महानगर–१४ पिपरामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
प्रतिपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभाको बैठक सोमबार २ बजेसम्म स्थगित भएको छ।
मिलेमतोमा बिलमा उल्लेख परिणामभन्दा बढी डिजेल दिएको आरोपमा नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यालयका प्रमुख चित्तरञ्जन दाससहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
कानूनी रूपमा सात वर्षअघि नै सार्वजनिक यातायातमा अन्त्य गरिएको सिन्डिकेट व्यवसायीहरूको बलजफ्तीले अझै कायम छ। दलको संरक्षण पाएका तिनै व्यवसायीलाई सरकारले पनि साथ दिएको छ, कसरी?
अस्पतालले ‘जेन्डर अफर्मिङ क्लिनिक’ स्थापना गरी लिंग परिवर्तन शल्यक्रिया सेवालाई विस्तार गर्ने जनाएको छ।
सरकारले यस वर्षका लागि चैतेधानको समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार ८०० रुपैयाँ तोकेको छ, तर किसानले एक हजार ५०० रुपैयाँ पाउन पनि मुस्किल परेको छ।