AnonymousUser

Logout

लस एन्जलसमा आप्रवासीको विरोधपछि ट्रम्पले पठाए नेसनल गार्ड

आप्रवासीसम्बन्धी नियम कार्यान्वयनका क्रममा भएको विरोधलाई रोक्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लस एन्जलसका सडकमा दुई हजार राष्ट्रिय गार्डका सैनिक तैनाथ गर्न आदेश दिएका छन्।

नेप्से परिसूचक ११ अंकले घट्यो, कारोबार रकम भने बढ्यो

आइतबार नेप्से परिसूचक ११.०६ अंकले घटेर २६२९.८९ को बिन्दुमा कायम भएको छ।

तुलसीपुरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ३४ जना घाइते

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार घाइतेमध्ये चार जनाको अवस्था गम्भीर, १५ को मध्यम र बाँकीको अवस्था सामान्य रहेको छ।

नेपाल टेलिकमको प्रबन्ध निर्देशक संगिता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगिता पहाडी, तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल, चिनियाँ कम्पनी एशियाइन्फो युनहान्ग सफ्टवेयरका उच्च अधिकारीसहित १८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

सप्तकोशीमा बेपत्ता सशस्त्र प्रहरीका गोताखोरको शव फेला

सप्तकोशी नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका गोताखोर डोटीका सुरज साउदको शव आइतबार भेटिएको छ।

कोलम्बियामा राष्ट्रपतिका उम्मेद्वारमाथि गोली प्रहार

वामपन्थी राष्ट्रपति गुस्ताभो पेट्रोको सरकारले राजधानीको पश्चिममा चुनावी अभियानका क्रममा उराइबमाथि भएको आक्रमणको निन्दा गरेको छ।

बेनी-जोमसोम-कोरला सडकखण्ड अन्तिम चरणमा

कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत रहेका २३ वटा पुलपुलेसामध्ये मुस्ताङको कैकु खोला, लार्जुङ खोला, सेतो खोला, घमी खोला र मार्फा खोलामा तीव्र गतिमा पुल निर्माण भइरहेका छन्।

तोलामा ३ हजार रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मूल्य १ लाख ९० हजार ७०० रुपैयाँ कायम भएको छ।

नसर्ने रोगको ‘महामारी’: अस्वस्थ जीवनशैलीले देखाउँदैछ अस्पतालको बाटो

पछिल्लो समय नेपालमा हुने कुल मृत्युमध्ये ७० प्रतिशतभन्दा बढी नसर्ने रोगबाट हुन्छ। मुख्य नसर्ने रोगमा क्यान्सर, मधुमेह, हृदय र श्वासप्रश्वाससम्बन्धी हुन्, जसको कारण अस्वस्थ जीवनशैली हो।

झापाको मेचीनगरमा ‘अफ्रिकन स्वाइन फ्लु’ र ‘लम्पी स्किन’ संक्रमण पुष्टि

संक्रमण फेला परेको गोठको ५०० मिटर आसपासका किसानले पालेका १५० भन्दा बढी गाईवस्तुमा पशु प्राविधिक टोलीले ‘रिङ भ्याक्सिन’ लगाउने गरेको छ।

झापामा मोटरसाइकल दुर्घटना हुँदा सशस्त्रका सईको मृत्यु

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा सशस्त्र प्रहरी नायब निरीक्षक पुरनलाल राजवंशी रहेका छन्।

नवनियुक्त गभर्नरजी, यी कुरामा ध्यान दिऊँ

नेपाल राष्ट्र बैंकले परिवर्तन तथा अद्यावधिक गर्ने मौद्रिक नीति एकाध व्यावसायिक घरानालाई फाइदा पुग्ने गरी चुहावट हुने र त्यसको असर सर्वसाधारणलाई पर्ने आरोप लाग्ने गरेको छ।

यस्तो रहनेछ आइतबारको मौसम

दिउँसो कोशी र मधेशका साथै बाँकी प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

बुर्तिबाङलाई नयाँ शहर बनाउने कार्य सुस्त गतिमा  

पर्याप्त बजेट नआउँदा र आएको सबै बजेटलाई पूर्ण रूपमा कार्यान्वयन गर्न नसक्दा काममा ढिलासुस्ती भएको छ।

दाङमा थपिँदै सिकलसेलका बिरामी

सिकलसेल भएका युवायुवतीको रगत परीक्षण गरेर मात्रै विवाह गर्नुपर्ने सुझाव समुदायमा दिँदै आइएको  जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख किशोर आचार्यले बताए।

मस्कले ‘सोच्ने शक्ति गुमाएको’ ट्रम्पको टिप्पणी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उद्यमी एलन मस्कले ‘आफ्नो सोच्ने शक्ति गुमाएको’ भन्दै टिप्पणी गरेका छन्। मस्कले राष्ट्रपति ट्रम्पको प्रस्तावित खर्च विधेयकको आलोचना गरेपछि विवाद चर्किएको थियो।

‘बजेटले अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्न कठिन’

सरकारले लिएको करनीतिले धनाढ्य वर्गलाई फाइदा पुग्ने तर मध्यम शहरिया वर्गलाई बढी कर तिर्नुपर्ने स्थिति रहने राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. रमेश पौडेलको भनाइ छ।

उद्धार अभ्यासका क्रममा बेपत्ता भएका सुरक्षाकर्मीको खोजी जारी

विपद् उद्धार अभ्यासका क्रममा सप्तकोशी नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

‘ब्याल्क बक्स’भित्रबाट पवित्राले पहिल्याएको उज्यालो

‘भूमि’ पात्रको भूमिका निर्वाह गर्दा पवित्रा खड्काले नागरिक र अनागरिकबीचको भिन्नतालाई गहिरो रूपमा महसुस गरिन्। यो भूमिकाले उनलाई आफ्नै कतिपय पूर्वाग्रहहरूलाई हटाउन समेत सहयोग गर्‍यो।

सुदूरपश्चिममा थप ४ जनामा कोरोना संक्रमण

सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।