AnonymousUser

Logout

संसद् अधिवेशन बोलाउन सरकारलाई संयुक्त दबाब दिने प्रतिपक्षी दलको निर्णय

सरकारले नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन मागको तयारी गर्नेसमेत निर्णय भएको बैठकपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिए।

बाँकेमा चिसो बढेपछि जनजीवन प्रभावित

चिसोले बजार तथा सहरी क्षेत्रमा चहलपहल घटेको छ। सडकमा सवारीसाधन कम चलेका छन्। ज्यालादारी काम गर्ने बढी मारमा परेका छन्।

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन पक्राउ

राष्ट्रपति युनले गत डिसेम्बर ३ मा सैन्य शासन लागू गर्ने घोषणा गरेका थिए। तर यसको विरोध भएपछि केही घण्टापछि फिर्ता लिएका थिए।

भूकम्प सुरक्षा दिवस: पूर्वतयारीका लागि संकल्प जरुरी

भूकम्पीय जोखिम न्यूनीकरण गर्न सुरक्षित भवन निर्माण गर्नुपर्ने र यसका लागि नेपाल सरकारले जारी गरेको राष्ट्रिय भवन संहिता पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने विज्ञले बताएका छन्।

सैद्धान्तिक महासंकटमा महासचिव शंकर

जबजले नेपाली सापेक्षतामा अनेक पार्टीको अस्तित्वलाई स्वाभाविक ठानेको छ। जबजका अभियन्ताका रूपमा परिचित शंकर पोखरेल भने पश्चिमा देशको उदाहरण दिँदै दुई दलीय व्यवस्थाको वकालत गरिरहेका छन्। 

सुनसरीमा कार दुर्घटना, उच्च अदालत पाटनका न्यायाधीश रेग्मीसहित २ जना घाइते

बराहक्षेत्र नगरपालिका–३ मा भएको दुर्घटनामा न्यायाधीश नारायणप्रसाद रेग्मी र कारमा सवार मोरङ विराटनगर–४ का ७६ वर्षीय कृष्ण खनाल घाइते भएका छन्।

सुदूरपश्चिम प्रदेशमा हल्का वर्षाको सम्भावना

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आंशिकदेखि साधारणतया बदली रहनेछ। सुदूरपश्चिमका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

स्वास्थ्य बीमाका लागि अब हरेक तहमा सेवाप्रदायक संस्था रहने

स्वास्थ्य बीमा ऐन, २०७४ मा भएको संशोधनअनुसार अब स्वास्थ्य बीमा बोर्डले हरेक तहमा कम्तीमा एउटा सेवाप्रदायक संस्था रहने गरी सम्झौता गर्नुपर्ने व्यवस्था गरिएको छ।

विपिनको रिहाइबारे इजरायल र कतारका मन्त्रीसँग परराष्ट्रमन्त्री राणाको फोनवार्ता

हमास लडाकु समूहको नियन्त्रणमा रहेका भनिएका नेपाली युवा विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मंगलबार इजरायल र कतारका मन्त्रीसँग फोनवार्ता गरेकी छन्।

सहकारीको कर्जा परिचालनमा कडाइ गर्दै राष्ट्र बैंक

संस्थाले साधारण र नियमित प्रकारका बचत खाता सञ्चालन गर्न सक्ने र सहकारीका सदस्यले १० लाख रुपैयाँभन्दा बढी बचत रकम जम्मा गर्दा अनिवार्य रूपमा स्रोत खुलाउनुपर्ने मस्यौदामा उल्लेख छ।

इजरायल–हमास वार्ता : प्रारम्भिक आदान–प्रदानमा गाजाबाट ३३ बन्धक मुक्त हुने

कतारमा भइरहेको गाजा युद्धविराम सम्झौताको पहिलो चरणमा ३३ इजरायली बन्धक रिहा हुने वार्तासँग सम्बन्धित स्रोतलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन्।

गैँडाको आक्रमणबाट माडीमा एक जनाको मृत्यु

गैँडाको आक्रमणबाट माडीमा एक जनाको मृत्यु भएको छ।

चौधरी ग्रुपबाट फिर्ता ल्याइएको बाँसबारीको जग्गा: सरकार के गर्छ, चाँदबागले कहिले छाड्छ?  

बाँसबारीको १० रोपनी सरकारी जग्गा सरकारको स्वामित्वमा आए पनि कुन प्रयोजनमा लगाउने भन्नेबारे सरकारले योजना बनाएको छैन। त्यहाँ अहिले चौधरी ग्रुपको चाँदबाग स्कुल सञ्चालनमा छ। 

टुँडिखेलमा माघे सङ्क्रान्तिको रमझम (तस्वीरहरू)

मगर समुदायले माघे सङ्क्रान्तिलाई आफ्नो मुख्य चाडका रूपमा धूमधामसाथ मनाउँछन्। यस पर्वका अवसरमा काठमाडौँको टुँडिखेलमा विविध कार्यक्रमको आयोजना गरिएको छ।

संसद्मा विचाराधीन विधेयक फिर्ता लिएर अध्यादेशमार्फत ‘बजेट क्यालेन्डर’ संशोधन

संसद्मा विचाराधीन ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’लाई फिर्ता लिएर सरकारले दोस्रो पटक अध्यादेशमार्फत ‘बजेट क्यालेन्डर’ संशोधन गरेको छ।

टीएस ठकुरी नेपालका लागि एम्सको दूत नियुक्त

नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी नेपालका लागि एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स)को दूत नियुक्त भएका छन्।

बजेट अर्धवार्षिक समीक्षा: आम्दानी ३९ र खर्च ३५ प्रतिशत

महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस मसान्तसम्ममा सरकारले वार्षिक लक्ष्यको ३९ प्रतिशत आम्दानी र ३५ प्रतिशत खर्च गरेको छ।

कक्फेक्वा तङ्नाम मनाउँदै लिम्बू समुदाय

माघे संक्रान्तिलाई लिम्बू समुदायले ‘कक्फेक्वा तङ्नाम’का रूपमा महत्वका साथ मनाउने गर्छन्। यस दिनदेखि लिम्बू समुदायको नयाँ वर्ष शुरू हुने गर्छ।

प्रतितोला ८००  रुपैयाँले घट्यो सुनको मूल्य 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार रुपैयाँ कायम भएको छ। 

उत्तर कोरियाले पूर्वी सागरमा क्षेप्यास्त्र प्रहार गरेको दक्षिणको दाबी

उत्तरी भित्री क्षेत्रबाट प्रहार गरिएको छोटो दूरीको ब्यालिस्टिक क्षेप्यास्त्र कोरियाली प्रायद्वीप र जापानको सीमा क्षेत्रस्थित समुद्रमा अवतरण गर्नुअघि लगभग २५० किलोमिटर उडेको दक्षिण कोरियाले जनाएको छ।