नुवाकोटमा बाढीमा बेपत्ता महिलाको खोजीका लागि सशस्त्र प्रहरी बल दुई वटा कुकुरसहित सात जनाको टोली परिचालन गरेको छ।
यो साता उकालोमा एनपीएलमा ब्रायन लारादेखि कमेन्टेटरसम्मलाई कर छलेर विदेशमा भुक्तानी,दशकदेखि नसुल्झिएको औषधिको मूल्य निर्धारण,३०० बिघा सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने खेलसहितका खबर चर्चामा रहे।
ट्रम्पले अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर भएको घोषणा गरेका छन् भने भारतसँग पनि चाँडै सम्झौता हुने अपेक्षा गरिएको बताएका छन्।
रुरुक्षेत्र गाउँपालिका–३ स्थित थोर्गास्थित गुड प्रशोधन केन्द्रले हालसम्म करिब २४ लाख ६० हजार रुपैयाँ बराबरको नौ हजार ७०० किलोभन्दा बढी गुड बेचिसकेको छ।
ककनी गाउँपालिका-१ कागतीगाँउस्थित कोल्पु खोलामा शुक्रबार बिहान आएको बाढीले बगाएर ३२ वर्षीया कमला बलामी बेपत्ता भएकी छन्।
नेपालमा यस वर्ष डेंगी संक्रमितको संख्या अघिल्लो वर्षको तुलनामा कम देखिए पनि स्वास्थ्य मन्त्रालयले जोखिम उस्तै रहेको भन्दै नागरिकलाई सचेत रहन आग्रह गरेको छ।
सुविधायुक्त भवन, दरबन्दीअनुसार स्थायी शिक्षक, विज्ञान, कम्प्युटर प्रयोगशाला र पुस्तकालय भएका सदरमुकाम बेनीबजार आसपासका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बर्सेनि घट्दो छ।
एउटै परिवार र नातागोतामा विवाह गर्नु हुँदैन भन्ने कारण पनि यसैले गर्दा हो। आमाबुवाको जिन जति धेरै मिल्यो, नयाँ सन्तानमा दबेर बसेका अप्रभावकारी जिन देखापर्ने सम्भावना बढ्न सक्छ।
डेंगी संक्रमण चुनौतीका रूपमा देखापरेको प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ। सन् २०२५ जनवरीयता सुदूरपश्चिम प्रदेशका १६७ जनामा डेंगी संक्रमण देखिएको छ।
गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, कोशी र बागमतीका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
अमेरिकी अर्थतन्त्र सन् २०२५ को पहिलो त्रैमासमा ०.५ प्रतिशतले संकुचित भएको छ।
वर्षायाम लागेसँगै हवाई यात्रु कमी र मौसम प्रतिकूलताका कारण निजी वायुसेवा कम्पनीले दुई महिनाका लागि पोखरा-जोमसोम हवाई उडान स्थगित गर्ने निर्णय गरेका छन्।
अदालतको अवहेलना मुद्दामा विशेष अदालतले दृष्टिन्युजका अध्यक्ष शम्भुलाल श्रेष्ठ र सम्पादक एमपी सुब्बासँग जनही २५ हजार रुपैयाँ धरौटी माग गरेको छ।
तीन वटा कोठामा ३० जनालाई कोचेर राखिएको थियो। उद्धारपछि एक युवाले आमाको मृत्यु हुँदा पनि घर आउन नदिई चरम यातना दिएर राखेको बताएका छन्।
फोहोरको रूपमा फालिने प्लास्टिक रिसाइकल गर्दा आम्दानीको स्रोत मात्र बन्दैन, पर्यावरण जोगिनुका साथै रोजगारीको अवसरसमेत सिर्जना हुन्छ। तर त्यही प्लास्टिक व्यवस्थापन अहिले चुनौतीपूर्ण बनिरहेको छ।
संसदीय सुनुवाइ समितिमा सर्वोच्च अदालतका लागि प्रस्तावित तीन न्यायाधीशविरुद्ध पाँच व्यक्ति-केन्द्रितसहित कुल सात उजुरी परेका छन्।
बिहीबार नेप्से परिसूचक ४.४५ अंकले घटेर २५९५.७४ को बिन्दुमा कायम भएको छ भने सात अर्ब ७८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
ढुंगा झरिएसँगै अहिले नारायणगढ-मुग्लिन सडकखण्ड दुईतर्फी सवारीसाधन आवतजावत गरिरहेका इन्जिनियर कृष्ण आचार्यले बताए।
दक्षिण कोरियाली गुप्तचर निकायको आकलनअनुसार थप तैनाथी ‘जुलाई वा अगष्टको शुरूमा हुन सक्छ’।
प्रत्येक दुई महिनामा एउटा गोलाबाट आठ किलोसम्मको अरिंगालको लार्भा निकाल्न सकिने बेनी नगरपालिका–६ जामुनाखर्कका अशोक शाहीले जानकारी दिए।