पतञ्जलि योगपीठको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँ धराैटीमा छाड्न विशेष अदालतले आदेश दिएको छ।
काठमाडाैँ– पतञ्जलि योगपीठको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँ धराैटीमा छाड्न विशेष अदालतले आदेश दिएको छ।
विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेपाललाई धरौटीमा छाड्न आदेश गरेको हो। बुधबार अपराह्न नेपालले अदालतमा बयान दिएपछि थुनछेक बहस चलेको थियो। साँझ ६ बजेतिर सकिएको बहसपछि न्यायाधीशले केहीबेरअघि मात्रै आदेश सुनाएका हुन्। अदालतले तोकेको धरौटी रकम बुझापछि नेपाल आजै घर फर्किन पाउनेछन्।
विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार नेपालका तर्फबाट पाँच र सरकारी पक्षबाट पाँच जना वकिलले बहस गरेका थिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते पतञ्जली जग्गा हिनामिना प्रकरणमा नेपालसहित ९३ जनाविरूद्ध मुद्दा दायर गरेको थियो। आरोपपत्रमा नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ।
विशेष अदालतको म्याद तामेलिपछि नेपाल आज अदालतमा उपस्थित भएका थिए।
यो पनि: पतञ्जलि जग्गा हिनामिना प्रकरण : अख्तियारले पूर्वप्रधानमन्त्री नेपालसहित को–कोलाई बनायो प्रतिवादी
ललितानिवासमा बयान मात्र लिएको अख्तियारले पतञ्जलि जग्गा प्रकरणमा माधव नेपालविरुद्ध किन चलायो भ्रष्टाचार मुद्दा?
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
