सांसदले पाँचथरको हेवाखोलामा निर्माणाधीन बेलीब्रिज भाँचिएको ठाउँमा अर्को बेलीब्रिज जडान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
रास्वपाको नाराबाजी, राप्रपाको बैठक बहिष्कार र सत्ता पक्षका सांसदको न्यून उपस्थितिका कारण प्रतिनिधिसभामा अधिकांश कुर्सी खाली देखिएका छन्।
खाडी मुलुकमा अत्यधिक गर्मी हुने र श्रमिकले पर्याप्त पानी सेवन नगर्ने, अस्वस्थ जीवनशैली अपनाउने, धुम्रपान तथा मध्यपान गर्ने तथा दीर्घरोगजस्ता कारण वैदेशिक रोजगारीमा जानेलाई हृदयघातको जोखिम हुन्छ।
सडक विभागका उपमहानिर्देशक ललिजन खनालको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन तथा छानबिन समिति गठन गरिएको छ। समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यभार दिइएको छ।
किसानले पुराना बगानको संरक्षणसँगै धमाधम नयाँ बिरुवा रोपिरहेका छन्। अन्य बालीको तुलनामा बाँदरले कम नोक्सान गर्ने भएकाले पनि किसानहरू सुन्तलाको व्यावसायिक खेतीतर्फ लागेका हुन्।
पब्लिकेसन नेपालयले यानका १७ कथा र २ उपन्यासिकासहित १९ आख्यानको नेपाली अनुवाद ‘मो यान’ प्रकाशित गरेको हो।
हेलिकप्टर देहरादुनबाट तीर्थयात्री बोकेर केदारनाथका लागि उडेको थियो। मृत्यु हुनेमा ६ जना तीर्थयात्री र एक पाइलट रहेका छन्।
कोशी, मधेश र बागमती प्रदेशका एक-दुई स्थानमा भने दिउँसो भारी वर्षा हुने महाशाखाले जनाएको छ।
निर्माणाधीन बेलिब्रिज हिलिहाङ गाउँपालिकातर्फ टेकाउने क्रममा भाँचिँदा निर्माणमा खटिएका ६ जना कामदार घाइते भएका थिए।
बसमा जति यात्रु बढ्दै जान्थे, रामबहादुरको सकस झन् बढ्थ्यो। उनका खुट्टा गलेर लखतरान भएका थिए। बसले ब्रेक लगाउँदा उनी अगाडि हुत्तिन पुग्दथे। जीर्ण शरीरले यो सबै सहन सकिराखेको थिएन।
अस्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले उपाधि जितेको हो। दक्षिण अफ्रिका न्युजिल्यान्ड र अस्ट्रेलियापछि वर्ल्ड टेस्ट च्याम्पियन बन्ने तेस्रो टोली बनेको छ।
संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा प्रस्तावित तीन न्यायाधीश र एक जना न्याय परिषद् सदस्यका विषयमा कुनै उजुरी वा गुनासो भए १० दिनभित्र समितिमा पठाउन सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको छ।
हेवा खोलामा निर्माणाधीन बेलिब्रिज शनिबार साँझ हिलिहाङ गाउँपालिकातर्फ टेकाउने क्रममा भाँचिएर खोलामा झरेको हो।
अदालतबाट ‘समाचार प्रकाशन नगर्न, नगराउन’ भनी आएको आदेशले प्रकाशनपूर्व प्रतिबन्ध लगाउन नपाइने संवैधानिक हकको समेत उल्लंघन गरेको उनीहरूको भनाइ छ।
काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको थियो।
पहिलो १६ दिनमै ३६ जनासँग कुरा गरेछु। एक दिन त उपत्यकाका तीन जिल्लाको फरक लोकेसनमा बिहान ७ बजेदेखि राति पौने ११ बजेसम्ममा ११ जना मान्छे भेटेँ। फेरि डायरीमा भोलिपल्टको योजना बनाउँथेँ।
यस वर्ष पोखरामा करिब ४०० टन (दुई करोड रुपैयाँ बराबर)को तरबुजा उत्पादन भएको छ।
उपन्यासमा देखाइएका सारिपुत्त, अनाथपिण्डक, अजातशत्रु र आनन्दजस्ता पात्रहरू धार्मिक अभ्यासमा संलग्न छन्। तर तिनको जीवनमा करुणा, समता वा आत्म शुद्धिको अभाव स्पष्ट देखिन्छ।
धादिङको थाक्रे गाउँपालिका–८ सोप्याङखोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
सडक विभागका महानिर्देशक डा. विजय जैसीले मुख्य संरचनाको निर्माण पूरा भएको भन्दै केही दिनभित्रमा सार्वजनिक यातायात सञ्चालन गरिने जानकारी दिए।