यो साता उकालोमा नेपाल प्रिमियर लिग : अपारदर्शिताको बलिङ, भ्रष्टाचारको ब्याटिङ, क्यान्सरलगायत जटिल रोगका औषधि दर्तामा सरकारको छेकबार, यातायात सिन्डिकेटमा दलहरूको साथ लगायतका खबर चर्चामा रहे।
इजरायली आक्रमणको इरानले बदला लिनसक्ने भन्दै इजरायलले देशमा आपत्काल घोषणा गरेको छ। आखिर इजरायलले एकाएक किन गर्यो आक्रमण?
बानियाँको पुस्तक ‘महारानी’ले २०७६ सालको मदन पुरस्कार प्राप्त गरेको थियो।
अदालतले तीनकुने घटनामा संलग्न अन्य ३२ जनालाई १० हजारदेखि १ लाख रुपैयाँसम्म धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको छ।
राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
हिंसा र दुर्व्यवहार, सामाजिक बहिष्कार तथा राज्यबाटै बेवास्ताजस्ता कारणले यौनिक अल्पसंख्यकको दैनिकी संघर्षपूर्ण हुने गरेको छ। शारीरिकसँगै मानसिक पिडा र लाञ्छनाले यो समुदाय मूल प्रवाहमा आउन सकेको छैन।
निकटतम प्रतिद्वन्द्वी प्रकाश पौडेललाई सात मतले पछि पार्दै कडरिया अध्यक्षमा निर्वाचित भएका हुन्। कडरियाले ७३२ मत ल्याएर विजयी हुँदा पौडेलले ७२५ मत पाए।
सामान्यतया: जहाज ‘टेकअप’ र ‘ल्यान्डिङ’का बेला बढी पावर चाहिन्छ। अलिकति पनि सन्तुलन तलमाथि हुदाँ जहाज ‘स्टल’ हुन्छ। दुर्घटनाको प्रकृति हेर्दा जहाजले उड्नेबित्तिकै नियन्त्रण गुमाएको देखिन्छ।
अहमदाबादमा भएको विमान दुर्घटनामा परी घाइते भएका एक जना व्यक्तिलाई जीवितै उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
महाशाखाका अनुसार बिहीबार मनसुन कोशी प्रदेशका बाँकी भू–भागसहित मधेश प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा फैलिएको छ।
अहमदाबादमा लन्डनका लागि उडेको भारतीय यात्रुवाहक विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा २०४ जनाको मृत्यु भएको छ।
अख्तियारको टोलीले बिहीबार मधेश प्रदेशसभा सदस्य सरोजकुमार सिंहलाई नियन्त्रणमा लिएको छ।
सरकारले नयाँ बनेका प्रभावकारी औषधि दर्ता नगर्दा बिरामी कालोबजारीमार्फत भित्र्याइएका औषधि प्रयोग गर्न बाध्य छन्। त्यस्ता कतिपय औषधि नक्कली र गुणस्तरहीन हुन्छन्।
लन्डन ग्याटविकका लागि उडेको एयर इन्डियाको फ्लाइट १७१, बोइङ ७८७–८ ड्रिमलाइनर उडानको केही समयपछि दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन्।
महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार मनसुनी हावा चलिरहेको, बंगालको खाडीबाट जलवास्पयुक्त हावा नेपाल आएकाले वर्षा गराउने प्रणाली विकसित भई हाल मुलुकको विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ।
बिहीबार नेप्से परिसूचक ९.०८ अंकले घटेर २६५५.३८ को बिन्दुमा सीमित भएको छ।
अत्यधिक गर्मीका कारण गोरखाको पालुङटार नगरपालिका र तनहुँको आँबुखैरेनी गाउँपालिकाका विद्यालयमा बिहीबारदेखि पठनपाठन बन्द गरिएको छ।
बजेटको बुँदा नम्बर ८७ मा अदालतको अवहेलना भएको भन्दै परेको रिट निवेदनमा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।
यसअघि पनि सन् १९८८ अक्टोबर १९ मा अहमदाबादमै इन्डियन एअरलाइन्सको बोइङ ७३७-२०० मोडलको विमान दुर्घटना हुँदा १३३ यात्रुले ज्यान गुमाएका थिए।
बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा चुनौती देखाउँदै आफ्ना कर्मचारीलाई मध्यपूर्वी देशबाट फिर्ता बोलाउने बताएका थिए।