AnonymousUser

Logout

संघलाई जीडीपीको ५ र प्रदेश तथा स्थानीय तहलाई राजस्वको १२ प्रतिशत नबढ्ने गरी ऋण उठाउन सिफारिस

वित्त आयोगले पुँजी सिर्जना गर्ने र प्रतिफल दिने आयोजनामा लगानी गर्नका लागि मात्र ऋण लिन सरकारलाई सिफारिस गरेको छ। चालु खर्च धान्न ऋण उठाउन नहुने आयोगले जनाएको छ।

भक्तपुरमा सिन्दुर खेलेर मनाइयो सुथसिया जात्रा

थिमिमा मात्र मनाइने यो जात्रामा एकअर्कामा सिन्दुर दलेर धिमेलगायत स्थानीय बाजाका तालमा नाच्दै हातहातमा चिराग बालेर खट बोकी बालकुमारीमा ३२ खट ल्याएर भव्य रूपमा मनाउने परम्परा छ।

मंगलबार घट्यो सुनचाँदीको मूल्य

छापावाल सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले घटेर १ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

आलुको काम, आलुमै पीएचडी

झापा फर्किएर कृषि क्षेत्रमा काम गर्ने र आलुमा पीएचडी गर्ने बताउँदा नमज्जा मानेका प्रशोधनका बुबा अहिले छोराको मिहिनेत देखेर सन्तुष्ट छन्। छोराको पीएचडीको विषयलाई राम्रो मानेका छन्।

श्रम अदालत नहुँदा समस्यामा बारा–पर्सा औद्योगिक करिडोरका श्रमिक

मुलुकभरकै श्रमिक तथा रोजगारदाता श्रमसम्बन्धी मुद्दा लिएर श्रम अदालत काठमाडौँ जाँदा अदालतमा पनि मुद्दाको चाप बढी हुँदा न्याय प्राप्तिका लागि धेरै समय खर्चिनुपर्ने बाध्यता पनि थपिएको छ।

चलचित्र छायांकनको ‘हब’ बन्दै मुस्ताङ

मनोरम हिमाली शृंखला, जैविक तथा सांस्कृतिक विविधताका साथै यहाँको लोभलाग्दो कृषि र पशुपालन गर्ने संस्कृतिलाई चलचित्रको पर्दामा कैद गर्न पछिल्ला केही वर्षयता चलचित्रकर्मीको लर्को नै लाग्ने गरेको छ।

पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना

कोशी र मधेश प्रदेशसहित पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातसमेत हुनेछ। 

‘राजनेता’का लागि नेपाल कि नेपालका लागि राजनीति?

गण्डक सम्झौता, सगरमाथा विवाद र मुस्ताङकाण्डमा प्रतिनिधिसभाभन्दा महासभामा बढी छलफल भएको थियो। महासभाकै विरोधका कारण मनोरञ्जन कर र न्यायिक सुधार विधेयक सरकारले फिर्ता लिएको थियो।

संखुवासभामा चट्याङ लागेर ४ जना घाइते

घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। उपचाररत चारैजना खतरामुक्त रहेका अस्पतालले जनाएको छ।

अस्थायी र करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा

सरकारी कोष, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक  स्वामित्व भएका संस्थान, निगम, बोर्ड, प्राधिकरण, प्रतिष्ठानमा कार्यरतले यस योजनामा सहभागी हुन पाउने छन्।

सुनसरीमा गोली लागेर २ जना घाइते, १ को अवस्था गम्भीर

तस्करीसँग सम्बन्धित गिरोहबीचको विवादकै कारण गोली चलेको र गोली प्रहारमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ।

रुससँग सम्झौता गर्नुअघि युक्रेन भ्रमण गर्न ट्रम्पलाई जेलेन्स्कीको आग्रह

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले ट्रम्पलाई युक्रेनमा युद्ध अन्त्यका लागि रुससँग कुनै सम्झौता गर्नुअघि आफ्नो देश भ्रमण गर्न आग्रह गरेका छन्।

बाँके राष्ट्रिय निकुञ्जले थाल्यो जंगल सफारी

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार जंगल सफारीका क्रममा बाघ, चौका चित्तल, रतुवा, जरायो, बँदेललगायतका वन्यजन्तुको दृश्यावलोकन गर्न सकिन्छ।

जाजरकोट भूकम्प: ३४ हजार निजी आवासको क्षति आकलन

राष्ट्रिय  विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन  प्राधिकरणले ३४ हजार ३५ निजी आवासको विस्तृत क्षति आकलन गरी विवरण प्रणालीमा प्रविष्ट भइसकेको जनाएको छ। 

जनक शिक्षाले प्रादेशिक कार्यालयबाट बेच्यो ८ करोड बराबरको किताब

जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले यस वर्षको शैक्षिक सत्र शुरू हुनुअगावै आठ करोड रुपैयाँ बराबरको करिब पाँच लाख ८७ हजार थान पुस्तक बिक्री गरेको छ।

तमानखोला गाउँपालिकाका कर्मचारी सवार गाडी दुर्घटनामा ११ जना घाइते, २ को अवस्था गम्भीर

बागलुङको तमानखोला गाउँपालिकाका कर्मचारी सवार पिकअप जिप दुर्घटना हुँदा ११ जना घाइते भएको प्रहरीले जनाएको छ।

सगरमाथा आरोहणका लागि खुम्बु ‘आइसफल’को बाटो तयार

वसन्तकालीन याममा सगरमाथा आरोहणका लागि दुई सयभन्दा बढीले आरोहण अनुमति लिएका छन्। 

मूर्तिको पर्खाइः बुंगमतीवासी बाजा ठिक्क पारेर भोजको तयारीमा छन्

चार दशकअघि बुंगमतीको चैत्यबाट हराएका दुई वटा मूर्ति नेपाल फिर्ता आइसकेका छन्। ती मूर्ति चैत्यमै राख्ने चर्चा भएको ६ महिना भइसकेको छ, तर अझै उद्गम स्थल पुग्न सकेका छैनन्।

गोरखामा मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु

काठमाडौँबाट गोरखा आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका दुईमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मातातीर्थ सबस्टेसनमा आगलागीपछि वैकल्पिक व्यवस्थाबाट उपत्यकामा बिजुली

भूमिगत लाइन परीक्षणका क्रममा मातातीर्थ सबस्टेसनमा आगलागी भएपछि काठमाडौँ उपत्यकामा वैकल्पिक माध्यमबाट बिजुली उपलब्ध गराइएको छ।