बानेश्वरको सडकमा प्रहरीले चलाएको गोली धर्मेन्द्रको फोक्सो र कलेजोमै लाग्यो। बीच सडकमा ढलेर गुहार मागिरहेका कालिकोटका उनलाई सर्लाहीका भीम यादवले उठाएर अस्पताल पुर्याए।
कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले आइतबार अन्तर्राष्ट्रिय समुदायसँग इजरायललाई उसको ‘अपराध’ का लागि सजाय दिन पनि आग्रह गरेका छन्।
प्रिमियर लिगमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई ३–० ले हराएको छ।
अविरल वर्षाका कारण आएको पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा भारतविरुद्ध पहिले ब्याटिङ गर्दै पाकिस्तानले २० ओभरमा जितका लागि १२८ रनको लक्ष्य राखेको थियो।
सञ्चार माध्यमको अभावमा अफवाह फैलिएर मान्छे गलत सूचनाका शिकार हुन्थे पहिले। सामाजिक सञ्जालबाट भ्युज बटुलेर धन्दा गर्नेहरूका कारण जनमानस व्यापक रूपमा गलत सूचनाका शिकार भइरहेका छन्।
गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दुई दशकदेखि च्यांग्रा व्यापार गरिरहेका भीमप्रसाद घर्तीले यस वर्षको आन्दोलनका कारण च्यांग्रा बिक्री नहुने हो कि भन्ने चिन्ता व्यक्त गरे।
सीआईबीले आन्दोलनका क्रममा चोरी भएका तथा लुटिएका सामानहरू खरिद, बिक्री वा सञ्चय गरेको पाइएमा कानूनअनुसार कारबाही हुने चेतावनी दिएको छ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरेका छन्।
विभिन्न जेलबाट भागेका चार जना विदेशीसहित १४ जना कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालय, धनुषाले पक्राउ गरेको छ।
सभाकक्षमा जडान गरिएका महत्त्वपूर्ण सामग्रीहरू जलेर खरानी भएकाले कुनै पनि वस्तु पहिचान गर्न नसकिने अवस्थामा छन्। भवनभित्र रहेका दुवै सभाहल र वरपरका अन्य कोठाहरूको छत खसेको छ।
शहरी विकास मन्त्रालयका सचिव सचिव गोपालप्रसाद सिग्देलका अनुसार मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभाग भने आगलागीका कारण ६० प्रतिशत जलेका छन्।
आठ महिनादेखि काठमाडौँ बसिरहेका दार्जिलिङका नासिब मुखिया र उनका नेपाली साथीहरू शुक्रबार र शनिबार साँझ जडीबुटी क्षेत्रमा सिठी फुकिरहेका थिए, अटेर गर्ने चालकलाई हात पनि जोडिरहेका थिए।
पर्यटनको पिक सिजनमा भएको जेनजी आन्दोलनमा भएको तोडफोड र आगजनीले घुम्न आएका पर्यटक धमाधम फर्किन थालेका छन्। नेपाल आउने योजना बनाइरहेकाले पनि बुकिङ रद्द गरिरहेका छन्।
सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण र अन्य अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण कामकारबाही अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरेको छ।
जेनजी प्रदर्शनका क्रममा आगजनी तथा तोडफोडबाट क्षतिग्रस्त भएको कैलाली भन्सार कार्यालयले आइतबारदेखि नियमित सेवा प्रवाह सञ्चालन गरेको छ।
मन्त्रालय परिसरमा रहेको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाई अहिले वीर अस्पतालको एउटा भवनबाट सञ्चालन भइरहेको छ।
‘जेनजी’ प्रदर्शनपछि देशभरका विभिन्न कारागारबाट भागेकामध्ये तीन हजार ७२३ कैदीबन्दी पक्राउ परेका छन्। अझै १० हजार ३२० कैदीबन्दी फरार रहेकाले सर्वसाधारणलाई सतर्क रहन प्रहरीले आग्रह गरेको छ।
सरकारले चाडपर्वको समयमा यात्रा सुरक्षित र सहज बनाउन एवं प्राप्त गुनासोको तत्काल सम्बोधन गरी यातायात व्यवस्थापनमा सहजीकरण गर्न उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ।