रिहा हुनुपर्ने माग गर्दै कैदीबन्दीले ढुंगामुढा गरेपछि प्रहरीले हवाइ फायर गरेको छ। त्यहाँ अहिले सेना पुगिसकेको छ।
नेपाली सेनाले नागरिकलाई एकजुट भई स्थितिको खबर आदानप्रदान गरी आफू र आफ्नो टोल छिमेकमा सुरक्षित भएर रहन आग्रह गरेको छ।
नेपाली सेनाले मंगलबार राति १० बजेदेखि सुरक्षा आफूले जिम्मा लिएको जनाएको छ।
कोशी, मधेश, बागमती र गण्डकीका पहाडी भूभागका केही तथा बाँकी पहाड र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
आफ्नो यस कदममा सहयोग गर्न सेनाले सम्पूर्ण देशवासीलाई अपिल गर्दै सुरक्षा स्थितिको पुनर्मूल्यांकन गरी थप सूचना जारी गरिने समेत जनाएको छ।
नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, स्वाधीनता तथा देश र जनताको रक्षाका लागि नेपाली सेना सक्रिय रहेको भन्दै उनले आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्ताका निम्ति आह्वान गरेका हुन्।
सेनाले केहीबेर अघि मात्रै पनि सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कामय राख्दै संयमित हुन सम्पूर्ण युवाशक्ति र देशवासीमा अनुरोध गरेको थियो।
नागरिकले उठाएका मागहरू जेनजीका प्रतिनिधिसमेत बसी वार्ता र संवादमार्फत समाधान गर्न सकिने भएकाले संयमित हुन र वार्तामा आउन सबै पक्षलाई अपिल गरेका हुन्।
सम्पादकीय
राष्ट्रपतिको आह्वानअनुसार तत्काल सर्वपक्षीय संवाद थालनी गरेर सर्वपक्षीय सरकार गठन गरौँ र योभन्दा थप जनधनको क्षति हुनबाट रोकौँ। यसबाहेक अर्को विकल्प र बाटो छैन।
देशको स्वतन्त्रता, सार्वभौमसत्ता, राष्ट्रिय एकताको रक्षा र नेपाली जनताको जिउधनको सुरक्षार्थका लागि नेपाली सेना प्रतिबद्ध रही आएको जनाउँदै परिस्थितिलाई थप जटिल हुन नदिन आग्रह गरेको छ।
जेनजीले अदम्य साहस देखाएको र त्यसैको कारण असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्व पछाडि हटिसकेकाले अब संयमित हुन उनले आग्रह गरेका हुन्।
बानेश्वर चोकको आकाशे पुल पार गरेर साथीहरूसँग फर्किरहेको बेला अभिषेकको खुट्टामा दुई वटा गोली लाग्यो। गोली लाग्नासाथ बेहोस भएका उनी होसमा आउँदा बानेश्वरको एभरेस्ट अस्पतालमा थिए।
सुरक्षा निकाय र कर्मचारी तन्त्रका प्रमुखले अहिले संयुक्त अपिल जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृतसमेत भएको अवस्थामा सबैलाई संयमित हुन आग्रह गरेका हुन्।
उनले भर्खरै फेसबुक स्टाटस लेख्दै जेन–जी समूहलगायत सबै प्रदर्शनकारीलाई सार्वजनिक सम्पत्तिमा तोडफोड नगर्न पनि आग्रह गरेका छन्।
राजनीतिमा लागेर सार्वजनिक तथा पार्टीको पदमा बसेका बाबुआमाको राजीनामा माग्दै छोराछोरीले नै सामाजिक सञ्जालमा पोस्ट गर्न थालेका छन्। एमाले र कांग्रेसबाट राजीनामा घोषणा गर्ने पनि उल्लेख्य छन्।
बिहानै हिँडेका दाइ साँझसम्म पनि घर नफर्केपछि फोन गर्दा प्रहरीले उठाउँदै भन्यो,– 'घाइते भएका २५–२६ जनालाई एकैपटक अस्पताल ल्याएको छ। तपाईं बिरामीलाई हेर्न आउनुहोला।'
प्रधानमन्त्री ओलीले मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै राजीनामा दिएको उनका प्रेस संयोजक प्रकाश सिलवालले बताए।
मंगलबार र बुधबारको जात्रा विधिवत् पूजामामात्र सीमित हुने इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्यले जानकारी दिए।
देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै मन्त्री पौडेलले राजीनामा दिएका छन्।
काठमाडाैँको नक्सालस्थित हिल्टन होटलमा प्रदर्शनकारीले आगजनी गरेका छन्।