जिल्ला कारागार कालीकोटमा २२ जनाको क्षमता भए पनि अहिले ५२ जना कैदीबन्दी रहेका छन्।
कालीगण्डकी नदी स्नान गरेर टिकटक बनाउने क्रममा बगेर एक महिला बेपत्ता भएकी छिन्।
माथिल्लो मूलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गरेको हो।
बितेको वर्ष हाम्रा लागि राजनीतिक उथलपुथलले पूरै घेरियो। प्राकृतिक विपद्हरूले पनि बेला बेला चिमोटिरहे। अब विगतको समीक्षा गर्दै २०८२ लाई अवसरका रूपमा लिनुपर्छ।
हुम्लाको चङ्खेली गाउँपालिकामा गएराति स्काभेटर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ।
प्रहरीले ८९४ केजी शालिग्राम शिला बरामद गरेको हो। मुस्ताङमा पर्यटक आवागमन बढेसँगै शालिग्राम संरक्षणको विषय निकै चुनौती बनेको छ।
मुम्बईले दिल्ली क्यापिटल्सलाई १२ रनले हरायो भने राजस्थान रोयल्स बैंगलुरूसँग नौ विकेटले पराजित भएको हो।
६२ वर्षअघि कवि भूपी शेरचन वीरगन्ज आउँदा आफ्नो ‘नयाँ वर्ष’ कविता रचना सुनाएको थिएँ। त्यो कतै छापिएन र हरायो। यतिका वर्षपछि त्यही नयाँ वर्षको पुनरावृत्ति भएको छ, कवितामा।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आइतबार मध्यरात १२ बजेदेखि कर्फ्यू हटाएर विभिन्न चार नाकामा निषेधाज्ञा जारी गरिएको बताए।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू र बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
आज विक्रम संवत् २०८२ साल बैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ।
जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वपक्षीय बैठकले वीरगन्ज घटनामा संलग्न दोषीहरूमाथि विस्तृत छानबिन तथा अनुसन्धान गरी कानूनी कारबाही गर्नेलगायत पाँचबुँदे सहमति गरेको छ।
युक्रेनको सुमी शहरमा आइतबार रुसी ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणबाट ३२ सर्वसाधारणको मृत्यु भएको छ।
आईसीसी यू१९ विश्वकप एशिया छनोटमा नेपालले डीएलएस मेथडबाट यूएईलाई ५ रनले पराजित गरेको छ।
स्थानीय प्रशासनले वीरगन्जमा आइतबार राति १२ बजेसम्मका लागि कर्फ्यु अवधि थप गरेको छ।
रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश बदर माग गर्दै दायर निवेदनमा सर्वोच्च अदालतले ‘कैफियत प्रतिवेदन’ झिकाउने आदेश दिएको छ।
राजनीतिक आड–संरक्षणमा व्यवसायीले वनक्षेत्र मासेर केबलकार निर्माण गरेपछि कालिञ्चोकको कुरीमा वनक्षेत्र नै ढाकिनेगरी कैयौँ होटल खुलेका छन्। व्यापारीको पहुँच बुझेका स्थानीय सरकार र वन कार्यालय चुपचाप छन्।
संघीय राजधानी काठमाडौँ मात्रै नभई देशका अधिकांश पर्यटकीय गन्तव्यमा पर्यटकको भिड लागेको छ। पदयात्रा र पर्वतारोहणको उपयुक्त मौसम भएकाले विदेशी पर्यटक साहसिक पर्यटनका लागि हिमाली क्षेत्रमा पुगिरहेका छन्।
आइतबार नेप्से परिसूचक ८.६२ अंकले घटेर २६६२.०८ को बिन्दुमा कायम भएको छ।
कुवेतसँग ३ रनले पराजित हुँदै नेपाल चारदेशीय टी२०आई शृंखलाको उपविजेतामा सीमित भएको छ।