सेन्टर फर अमेरिकन मेडिकल स्पेसलिस्ट (क्याम्स)ले शनिबार काठमाडौँको शंखमूलस्थित उजामा क्याफेमा निःशुल्क स्वास्थ्य जाँच गर्ने भएको छ।
काठमाडौँ- सेन्टर फर अमेरिकन मेडिकल स्पेसलिस्ट (क्याम्स)ले शनिबार काठमाडौँको शंखमूलस्थित उजामा क्याफेमा निःशुल्क स्वास्थ्य जाँच गर्ने भएको छ। ‘फ्रि हेल्थ चेकअपः भाइब चेक’ नाम दिइएको उक्त कार्यक्रम बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म आयोजना हुनेछ।
भाइब चेक शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण, विशेषज्ञ डाक्टरमार्फत परामर्शका साथै खुल्ला अन्तक्रिया कार्यक्रम हुने आयोजक क्याम्सले जनाएको छ। निःशुल्क स्वास्थ्य परीक्षणमा डा विप्लव अधिकारी, डा सम्मान गुभाजू, डा अनुपम ठाकुरलगायतले निःशुल्क स्वास्थ्य परीक्षण सेवा दिनेछन्। स्वास्थ्य परीक्षणमा इच्छुक सबै नागरिक उपस्थित भएर सेवा लिन सक्ने क्याम्सले जनाएको छ। यसका लागि कुनै अग्रिम बुकिङ नचाहिने प्रमुख परिचालन अधिकारी (सीओओ) सुब्रत सिटौलाले जानकारी दिए।
‘हामी डाक्टरकहाँ किन जाँदैनौँ? कसैलाई अस्पतालको माहोल मन पर्दैन। कसैलाई महँगो लाग्छ। कसैलाई खुल्न अप्ठ्यारो लाग्छ। मुख्यतः अस्पताल जाँदा पनि लाइन लाग्नुपर्ने, सेवा लिँदा कसैलाई चिन्नुपर्ने अवस्थाका कारण अस्पतालमै पुगेर सेवा लिन चाहेर पनि धेरैले त्यो समय मिलाउन सकेका हुँदैनन्। त्यसैको सहजीकरणका लागि हामीहरूले यो सेवा दिन लागेका हौँ,’ उनले भने।
उनका अनुसार ब्लड प्रेसर, बीएमआई, बीसीएलगायतको निःशुल्क जाँच हुनेछ। यसबाहेक यदि कसैलाई विशेषज्ञ परामर्श चाहिएमा पनि लिन सक्नेछन्। जसमा बाथ तथा हाडजोर्नी विशेषज्ञ डा सन्तोष भुसाल, मनोचिकित्सक समीक्षा कोइराला, संक्रामक रोग विशेषज्ञ डा प्रभात अधिकारी, छालारोग विशेषज्ञ डा अनिजा राणा र पोषण तथा आहार विशेषज्ञ प्रीतिबाबा जोशीले परामर्श गर्नेछन्।
यसबाहेक स्वास्थ्यसँग सम्बन्धित विभिन्न रोगहरूसम्बन्धी भ्रम निवारणका लागि अन्तक्रिया कार्यक्रम पनि हुनेछ। नेपाली स्वास्थ्य प्रणालीमा प्रमाण आधारित नैतिक चिकित्सा अभ्यास स्थापित गर्ने उद्देश्यसहित खडा भएको क्याम्स अमेरिकन बोर्ड प्रमाणित चिकित्सकहरूद्वारा सञ्चालित सुपरस्पेसलिटी क्लिनिक हो, जुन नयाँबानेश्वरको जनसहयोगी मार्गमा रहेको छ।
यस निःशुल्क स्वास्थ्य जाँचका लागि उजामा क्याफेका ग्राहकहरूबीच सर्भे गरिएको थियो, जसमा सहभागीमध्ये ८७ प्रतिशतले यस्तो शिविर गर्नुपर्ने धारणा राखेका थिए। उक्त सर्भेमा सहभागीले माग गरेअनुसार विशेषज्ञहरू उपलब्ध गराइदिएकोमा क्याम्सलाई धन्यवाद दिँदै उजामाका सञ्चालक लिलाराम खड्का भन्छन्, ‘लाइब्रेरीमा आधारित क्याफे भएता पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालनमा सहभागी पनि हुनु खुसीको कुरा हो। यसैका लागि हामीहरूले स्वास्थ्य जाँचलाई प्रधानता दिँदै उक्त दिन क्याफेले उपलब्ध गराउने कफी र बेकरी आइटमबाहेकका सेवा बन्द गरेका छौँ।’
एआई ल्याब नेपाल, च्याप्टर अन द स्ट्रिट्स, हेल्दी होम, एक टुक्रासहितको सहकार्यमा क्याम्स नेपालले उक्त निःशुल्क स्वास्थ्य जाँच सञ्चालन गरेको हो। क्याम्सका अनुसार उक्त कार्यक्रममा कुनै औषधि वा मेडिकल उत्पादनको प्रचार गरिने छैन र सहभागीहरूको डेटा सुरक्षित र गोपनीयता कायम राखिनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
