AnonymousUser

Logout

भूराजनीतिमा लुकेको अर्थ–राजनीतिले नेपालमा नकारात्मक प्रभाव पारिरहेको छ

आजको दिनमा चीन र भारतको आपसी द्वन्द्वका कारण नेपालमा वामपन्थीको मात्र वा लोकतन्त्रवादीहरूको मात्र सरकार बन्ने अवस्था हराउँदै गएको हो कि जस्तो देखिन्छ।

निडर पत्रकारिताको प्रण

हामीले शुरू गरेको अभ्यास तथा संकल्प गरेको पत्रकारिताले आमसञ्चारका स्थापित मूल्य र मान्यता अंगीकार गर्दै देश र नागरिकले भोगिरहेका यावत समस्यासँग जुध्ने कोशिश गर्नेछ।

द्वन्द्वको बीउ बन्दै प्रहरी : किन भइरहेछ ‘घातक’ अलमल?

प्रदेश सरकारलाई प्रहरी दिन नै आनाकानी गरिरहेको काठमाडौँको रवैया सुरक्षामा मात्र चुनौती बनिरहेको छैन, संघीयताको अभ्यास नै कमजोर पार्न उद्यत छ। 

पुनहिलमा पर्यटकको भीड

असोज महिना लागेसँगै पुनहिलमा पर्यटकको चहलपहल बढेको छ। खासगरी दशैँ र तिहारको बिदा सदुपयोग गर्न मानिसहरू यहाँ पुग्ने गर्छन्।

बाँसबारीको १० रोपनी सरकारी जग्गा : चौधरी ग्रुपले यसरी गर्‍यो कब्जा

सीजी ग्रुपले चाँदबाग स्कुल चलाइरहेको १० रोपनी जग्गा बाँसबारी छाला तथा जुत्ता कारखानाबाट ‘सीजी चाँदबाग रेसिडेन्सी प्रालि’ले कसरी कब्जा गर्‍यो?

तिहारमा राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्न पाइने

नेपाल प्रहरीले तिहारमा राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्न अनुरोध गरेको छ।

पैसाले चुनाव जित्ने प्रवृत्ति अन्त्य गर्न आचारसंहिता

सादगी र मितव्ययी उम्मेदवारले समेत निर्वाचन प्रतिस्पर्धामा भाग लिन सकून भनेर निर्वाचन आचारसंहिताको सीमा निर्धारण गरिएको हो।

लाल सलाम पनि हामी हौँ, जय नेपाल पनि हामी हौँ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनविरुद्धमा ठूलो शक्ति लागेको भन्दै सजग रहन नेता-कार्यकर्तालाई आग्रह गरेका छन्।

रूपन्देही २ मा सत्ता गठबन्धनको उम्मेदवारी खारेज, एमालेका पौडेललाई सहज हुने अनुमान

सत्ता गठबन्धनका तर्फबाट रूपन्देही- २ मा उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरूङको उम्मेदवारी खारेज भएको छ।

सुदूरपश्चिम कांग्रेस सभापति बलायरसहित ३ नेतालाई आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आयोग र आयोगका पदाधिकारीप्रति लाञ्छनापूर्ण अभिव्यक्ति दिएको भन्दै दलका नेता र उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ।

एउटै छानामुनि दुई विद्यालय : विभेदको निरन्तरता

विद्यार्थी टिकाइराख्न सामुदायिक विद्यालयले अंग्रेजी र नेपाली माध्यमका फरक कक्षा सञ्चालन गर्दा सामाजिक विभेद उत्पन्न भएको छ।

डेंगी : हल्का रूपमा नलिऊँ

जोर्नी र हड्डीमा असाध्यै पीडा हुने हुँदा यो संक्रमणलाई ‘हड्डी तोड ज्वरो’ पनि भन्ने गरिन्छ। प्रायः डेंगीका गम्भीर बिरामीले योभन्दा दर्दनाक अर्को संक्रमण नभएको अनुभव सुनाउँछन्।

पञ्चायतका ‘शेरे धनुषा’ सम्झाउने रघुवीर र जुलीको उम्मेदवारी

‘शेरे धनुषा’ पञ्चायतकालका यस्ता नेता थिए, जसले २०४३ सालको राष्ट्रिय पञ्चायत निर्वाचनमा आफू मात्र नभइ श्रीमतीलाई समेत उम्मेदवार बनाएर जिताएका थिए।

विश्वप्रकाश शर्मालाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

निर्वाचन आयोगले कांग्रेस नेता विश्वप्रकाश शर्मालाई स्पष्टीकरण सोधेको छ। आगलागीपीडितलाई पैसा वितरण गरेको पाइएको भन्दै उजुरी परेकाले स्पष्टीकरण सोधेको आयोगले जनाएको छ।

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खान पाँच वर्ष चुनाव लड्न नपाउने

पाकिस्तानी निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री इमरान खानलाई निर्वाचनमा भाग लिन आयोग्य ठहर गरेको छ।

भोलिसम्म जरिवाना नबुझाउने उम्मेदवारको नाम समानुपातिक सूचीबाट हट्ने

बिदाका दिन पनि उम्मेदवारले जारिवानाबापतको रकम बुझाउन सकिने निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार कार्यालय समयमा प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा जरिवानाबापतको रकम बुझाउन सकिने छ।

गठबन्धनमा आवद्ध दलले एकअर्कालाई भोट नहाल्नु आत्मघातः प्रचण्ड

नेकपा माओवादीका अध्यक्ष दाहालले गठबन्धनमा आवद्ध दलहरूले एकअर्कालाई भोट नहाल्नु आत्मघात हुने बताएका छन्। उनले गठबन्धनको अर्को मित्रलाई जिताउन आँट नगरे आफूले पनि जित्न नसक्ने चेतावनी दिए।

सरकारको चालु खाता घाटा ३७ अर्ब १८ करोड, तराईमा बढ्यो महँगी

पहिलो दुई महिनामा सरकारको चालु खाता घाटा ३७ अर्ब १८ करोड रुपैयाँ पुगेको छ। यही अवधिमा विदेशी विनिमय सञ्चितिमा पनि कमी आएको छ।

ग्राउण्ड ह्याण्डलिङमा नेपाल एयरलाइन्सको विकल्प खोज्दै प्राधिकरण

नागरिक उड्डयन प्राधिकरणले ग्राउण्ड ह्याण्डलिङमा नेपाल वायुसेवा निगमको विकल्प खोज्ने भएको छ। निगमका कर्मचारीले आन्दोलन र हड्ताल गर्दा अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने जोखिम बढेको प्राधिकरणको भनाइ छ।

काठमाडौँ- ५ मा तीन पदका लागि ५६ जनाको प्रतिस्पर्धा, २७ स्वतन्त्र उम्मेदवार

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा काठमाडौँ- ५ मा ३ पदका लागि ५६ जनाको प्रतिस्पर्धा हुने भएको छ। यहाँ २७ स्वतन्त्र उम्मेदवार छन्। ४३ हजार ३५२ गरी यो क्षेत्रमा ७० हजार ९१९ मतदाता छन्।