मैदानको सुरक्षामा बाधा पुर्याएको आरोपमा ती बालकलाई जरिवाना गरिएको स्टेडियम व्यवस्थापकले जनाएका छन्।
भैरहवा औद्योगिक करिडोरमा विद्युत् आपूर्ति व्यवस्थापनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उपलब्ध गराएको बजेटबाट सुनवल सबस्टेसन निर्माण भइरहेको हो।
पोखरामा आयोजित कार्यकर्ता भेलामा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका कारण देश पुनः अस्थिरताको शिकार बनेको बताएका हुन्।
सीता दाहाललाई गत शनिबार ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो। उनलाई आईसीयूमा राखेर उपचार भइरहेको प्रचण्डको सचिवालयले जनाएको छ।
लोकतान्त्रिक अभ्यासलाई पार्टीहरूले गठबन्धनका नाममा मिलिजुली खाने बाटो बनाउँदा लोकतन्त्रको मर्म नै कमजोर बन्दैछ।
चालक दलका सदस्यसहित ४३ जना सवार विमान खराब मौसमका कारण आकस्मिक अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको हो।
हिमनदी र बरफ पग्लिने क्रम बढेपछि पछिल्लो ३० वर्षयता सामुद्रिक सतहको तह दोब्बर भएको भनिएको छ भने पृथ्वीको तापक्रम वृद्धिदर १ं.५ डिग्री सेल्सियसमा सीमित गर्ने लक्ष्य प्राप्तिमा कठिन हुने पनि भनिएको छ।
लोसपाले चुनावी घोषणापत्रमा संसदीय व्यवस्था र मिश्रित निर्वाचन प्रणालीको निरन्तरतामा नै जोड दिएको छ।
नागरिकता समस्याको हल र मधेश आन्दोलनमा संलग्नमाथि चलाइएको मुद्दा फिर्ताको विषय पनि लाेसपाकाे घोषणपत्रमा छ।
निर्वाचन आयोगले आचारसंहिता पालनामा सबै इमानदार देखिनुपर्नेमा जोड दिएको छ। आयोगले आचारसंहिता सबैको सहमतिमा निर्माण गरिएको भन्दै पालना गर्नैपर्ने बताएको हो।
खुला, प्रतिस्पर्धात्मक र प्रतिनिधिमूलक लोकतन्त्र नै मानव जातिका लागि विकासको मार्ग हो। यही मान्यताद्वारा नै समाज र व्यक्तिको दिगो एवं समग्र विकास हुन्छ।
देवदहका ३६ वर्षीय बोलिन्द्र र उनकी श्रीमती ३२ वर्षीया हेमकला जोल्मी मगर आफ्नै घरभित्र मृत भेटिएका छन्।
कर्णालीमा प्राकृतिक प्रकोपबाट मृत्यु हुनेमा सबैभन्दा बढी जुम्ला र मुगुमा रहेको तथ्यांक कर्णाली प्रदेश सरकारको छ।
सुर्खेतमा १ सय ३९ मतदान स्थल रहेको निर्वाचन आयोगले जनाएको छ।
बलात्कार अभियोगमा पुर्पक्षका लागि जेल चलान भएका सन्दीप लामिछानेको क्रिकेट करिअर जुनसुकै बेला ध्वस्त हुनसक्ने आकलन उनका अग्रजहरूले पहिल्यै गरेका थिए।
जुम्लामा प्रतिनिधिसभाका लागि सत्ता गठबन्धनबाट माओवादीकी गोमा गौतम कुँवर, एमालेबाट रतननाथ योगी र राप्रपाबाट ज्ञानेन्द्र शाही उम्मेदवार बनेका छन्। उनीहरू बीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।
राति भने देशभर आंशिक बदली रहे पनि सामान्यतया मौसम सफा रहने विभागले जनाएको छ।
ढाका उद्योगमा काम गर्ने महिलाले मासिक सातदेखि २५ हजारसम्म कमाइ गर्ने गरेका छन्। यसका अतिरिक्त स्थानीयवासीले घर–घरमा घरेलु कपडा बुन्ने गरेका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धादिङको विकासका लागि एमालेले निर्वाचन जित्नै पर्ने बताएका छन्।
पूर्वी शहर वजीराबादमा बिहीबार राजनीतिक दलको प्रदर्शनको नेतृत्व गरिरहेका ७० वर्षीय खानमाथि गोली चलेको थियो। उनको खुट्टामा गोली लागेको थियो।