भारतले प्रतिष्ठित पुलित्जर पुरस्कार विजेता कश्मिरी फोटो पत्रकार सना इर्शाद मातोलाई देशबाहिर जान रोकेको छ।
निर्वाचन आयोगले ३५ जना उम्मेदवारलाई कारबाही गर्ने तयारी गरेको छ। आचारसंहिता उल्लंघनको प्रकृति गम्भीर खालको देखिएकाले उनीहरूलाई कारबाही गर्ने तयारी गरेको आयोगले जनाएको छ।
बझाङमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। घाइतेको प्रहरी, सशस्त्र, सेनाको टोलीले उद्दार गरेर जिल्ला अस्पताल सिमखेतमा ल्याउँदै गरेको प्रहरीले जनाएको छ।
भारतीय कंग्रेसको अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचित भएका छन्। उनले प्रतिद्वन्द्वी शशि थरुरलाई ६ हजार ८२५ मतान्तरले हराए।
नेपाल र चीनको सीमा क्षेत्र केन्द्रविन्दु भएर बुधबार दिउँसो ३ बजेर ७ मिनेटमा ५.९ म्याग्निच्युटको भूकम्प गएको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति कात्तिक १० गते बिहीबार बिहान ११:३७ बजे भाइटीकाको साइत उत्तम रहेको जनाएको छ।
इजरायल र प्यालेस्टाइनको द्वन्द्वले मध्यपूर्वमा चीर अशान्ति छ। दुई देशबीचको युद्ध र विवाद मत्थर हुनुको साटो झन् चर्किँदो देखिन्छ।
भक्तपुरमा कात्तिक ७ गतेदेखि ९ गतेसम्म तिहार मनाउने निर्णय गरिएको छ। नगरप्रमुख सुनिल प्रजापति र तलेजुका पुजारी नाइकेहरूबीचको छलफलले यस्तो निर्णय गरेको हो।
तिहार झिलिमिली पार्ने चटारो
औँशीको कालो रातलाई पनि दियो बालेर झलमल बनाउँदै घरमा धनकी देवी लक्ष्मी भित्राउने चाड हो तिहार। नजिकिएको तिहारका लागि काठमाडौं उपत्यकाको प्राचीन शहर भक्तपुरका प्रजापति समुदाय माटाका पाला बनाउन व्यस्त छन्। भक्तपुरको पोटरी स्क्वायर, लिवाली, भोलाछेँ क्षेत्रमा माटाका पाला बनाउने–सुकाउनेहरुको व्यस्तता चुलिएको छ । पछिल्लो समय प्लास्टिकका दियो र विद्युतीय बत्तीले माटाका पालालाई विस्थापित बनाइरहँदा पालामै तेल र बत्ती बालेर तिहार उज्यालो बनाउनेहरु भने माटाका पाला खोज्दै भक्तपुर नै पुग्छन्।\nतस्वीरहरुः अमित मचामसी
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा डुआना लामाले ९ स्वर्ण र १ कास्यसहित १० पदक जितेर कीर्तिमान कायम गरेकी छन्। यो प्रतियोगितामा गौरिकाले भने ५ स्वर्ण र १ रजतसहित ६ पदकमा चित्त बुझाइन्।
जिल्ला अदातल काठमाडौँले सन्दीप लामिछानेलाई थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।
निर्वाचन आयोगले बुधबार सातबँदे निर्देशन जारी गर्दै आचारसंहिता उल्लंघन गरेको भेटिए कानूनबमोजिम जरिवाना तथा उम्मेदवारी खारेजसम्मको सजाय हुने भन्दै दल र उम्मेदवारलाई सचेत गराएको छ।
नेप्से परिसूचक लगातार तेस्रो दिन पनि नेप्से ओरालो लागेको छ। बुधबार तीन वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भए पनि नेप्से ओरालो लागेको हो।
ट्याक्टर सडकबाट करिब दुई सय मिटर तल खसेको थियो।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जारी खेलमा आर्मी क्लबले १६० पदकसहित फराकिलो अग्रता बनाएको छ।
तिहारमा प्रयोग हुने झिलिमिली बत्तिको मूल्य बढेको छ। अमेरिकी डलरको मूल्यमा वृद्धि तथा राष्ट्र बैंकको नीतिको कारण बत्तिको मूल्य बढेर आएको नेपाल विद्युतीय व्यवसायी महासंघले जनाएको छ।
निर्वाचन आयोगले फेसबुकमा हुने निर्वाचनकेन्द्रित गलत सूचना प्रवाहलाई मेटासँगको सहकार्यमा निगरानी गर्ने भएको छ। फेसबुकमा प्रचार-प्रसार गर्दाको खर्च विवरण पनि संकलन गर्ने भएको छ।
कर्णाली प्रदेशका विमानस्थलमा अलपत्र परेका नागरिकलाई उद्धार एवं यात्रा सहजताका लागि हवाई उडान थपिने भएको छ। बाढी-पहिरोका कारण सडक अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका थिए।
नेपाली कांग्रेसले सातै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने भएको छ। चुनाव प्रचारप्रसारलाई प्रभावकारी बनाउन कांग्रेसले प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्न लागेको हो।
सत्ता गठबन्धनमा आवद्ध तीन दलले संविधानमाथिको प्रतिगमनको खतरा रहेसम्म गठबन्धन कायम रहने बताएका छन्।