AnonymousUser

Logout

चार दिनपछि सेयर बजारमा सुधार

लगातार चार दिनको गिरावटपछि सेयर बजारमा आइतबार सामान्य सुधार देखिएको छ।

किन बनाइन्छ 'मान्नै नपर्ने' निर्वाचन आचारसंहिता?

आउँदो निर्वाचनमा विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट उम्मेदवारी दिएकाहरूले भोट बटुल्न 'अनेकौँ हतकण्डा' अपनाउँदा निर्वाचन आयोगले स्पष्टीकरण सोध्नेबाहेकका कारबाही गर्न सकेको छैन।

शर्तसहित प्याराग्लाइडिङ खुला

नेपाल नागरिक उड्डयन प्राधिकरणले शर्तसहित प्याराग्लाइडिङ खुला गर्ने निर्णय गरेको छ। प्राधिकरणले राखेका शर्त १५ दिनभित्र कार्यान्वयन गर्ने नेपाल हवाई खेलकुद संस्थाले प्रतिबद्ता जनाएको छ।

चुनाव प्रचार सामग्री बनाउन बागबजारका प्रिटिङ व्यवसायीलाई भ्याइ-नभ्याई

काठमाडौँको बागबजारमा प्रिटिङ व्यवसायीलाई दलका झण्डा र अन्य प्रचार सामग्री बनाउन भ्याइ-नभ्याई छ।

रुसी हवाई आक्रमणका कारण युक्रेनका लाखौँ घरमा विद्युत् आपूर्ति ठप्प

युक्रेनका सर्वसाधारण र संवेदनशील संरचनाहरूमा आक्रमण गर्न रुसले कुनै कसर बाँकी नराख्ने युक्रेनी अधिकारीको भनाइ छ।

सन्दीपलाई थप २ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई थप २ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

प्रत्यक्षतर्फको चालीस प्रतिशत मतपत्र छपाइ सम्पन्न

आसन्न निर्वाचनमा करिब ८ करोड मतपत्र आवश्यक पर्नेमा १ करोड ६७ लाख मतपत्रको छपाइ सकिएको हो। 

फूलैफूल

किसानलाई फूल टिप्ने चटारो

काठमाडौँको इचागुका किसान सयपत्री फूल टिप्न व्यस्त छन्। फूल र झिलिमिलीको पर्व तिहारलाई लक्षित गरेर किसानहरूले फूल टिप्ने र माला उन्ने गरिरहेका हुन्। दीपावलीमा घरलाई सजाउन फूलको खपत धेरै हुने गर्छ। तस्वीरहरू: अमित मचामसी

मधेशमा तिहार अर्थात् ‘सोहरैया’

तिहारलाई मधेशमा सोहरैयाका रूपमा मनाइन्छ। सोहरैया त्यौहार कृषि कर्ममा आधारित परम्पराले भरिएको छ।

२०७९ कात्तिक ५, शनिबार : अपूर्व, अतिवाद र विरोधाभास

आज शनिबार, दिनको अन्त्यसम्ममा देशभरी के कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौं।

के निर्वाचनपछिको प्रधानमन्त्री प्रचण्ड नै हुन्?

सत्ता गठबन्धनभित्र निर्वाचनपछिको प्रधानमन्त्री को भन्ने प्रश्न टुंगो नलाग्दै माओवादी अध्यक्ष दाहालको सचिवालयले शुरू गरेको ‘क्याम्पेन’ले तरंग ल्याएको छ।

सत्यमोहन जोशीलाई सम्झिँदै जनकवि दुर्गालाल श्रेष्ठले वाचन गरे कविता 

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको सम्झनामा शनिबार वसन्तपुरस्थित दश अवतार मन्दिरको डबलीमा नेवा देय् दबुको संयोजकत्वमा श्रद्धाञ्जलिसभा गरिएको छ।

जिउँदो कुखुरा बोक्ने खोरमा मासु ढुवानी: अनुगमन टोलीबाट बिक्रीमा रोक

काठमाडौँमा अस्वस्थ्यकर तरिकाले कुखुराको मासु ढुवानी गर्ने गरेको भेटिएको छ। काठमाडौँ महानरपालिकाले अनुगमनका क्रममा जिउँदो कुखुरा ढुवानी गर्ने गाडीमा काटेको मासु ढुवानी गर्दै गरेको भेटाएको हो।

पार्टीका पक्षमा एक शब्द नबोलेकाहरूले टिकट पाइनँ भनेर रुवाबासी नगर्दा हुन्छ : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पक्षमा नबोल्ने नेताहरूले टिकट नदिएको स्पष्ट पारेका छन्। उनले आगामी दिनमा योग्यता, क्षमता र योगदानका आधारमा हरेकलाई अवसर दिने बताए।

सीसीपीको महाधिवेशन हलबाट पूर्वराष्ट्रपति हु जिन्ताओ निकालिए [भिडियो]

चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)को महाधिवेशन चलिरहँदा चिनियाँ पूर्वराष्ट्रपति हु जिन्ताओ बैठकबाट निकालिएका छन्।

कर्णालीका करिब ३०० मतदानस्थल अतिसंवेदनशील

सबैभन्दा बढी अतिसंवेदनशील मतदानस्थल कालीकोटमा रहेका छन्। कालीकोटमा ७४ वटा मतदानस्थल अतिसंवेदनशील मानिएको जिल्ला निर्वाचन सुरक्षा समितिले जनाएको छ।

यसकारण स्वर्णिम वाग्लेले अस्वीकार गरे एमालेबाट चुनाव लड्ने ओलीको प्रस्ताव

अर्थविद् डा. स्वर्णिम वाग्लेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पार्टीबाट प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दिन आग्रह गरेको बताएका छन्।

बेलायतको प्रधानमन्त्रीमा बोरिस जोनसनसहित तीन दाबेदार

बेलायतको प्रधानमन्त्रीको दौडमा पूर्वप्रधानमन्त्री बोरिस जोनसन, ऋषि सुनाक र बेलायती हाउस अफ कमन्सकी सभामुख पेनी मरडन्ट छन्।

एक दशकसम्म अस्ट्रेलियामा सफलताको स्वाद चाख्न नपाएको न्युजिल्यान्ड

न्युजिल्यान्डले अस्ट्रेलियामा सफलताको स्वाद चाख्न नपाएको एक दशकभन्दा बढी भइसकेको छ।

हाम्रो यात्राको थालनी

मुनाफा वितरण नगर्ने संस्थाका रूपमा स्थापित उकालो अभियानले सञ्चालन गरेको उकालो डटकम नेपाली सञ्चारमाध्यममाझ एउटा नौलो प्रयोग हो।