कमेडीयन अपूर्व क्षितिजले मुद्दा जितेरै छाड्ने बताएका छन्। नेवा संस्कृतिको मजाक उडाएको अभियोगमा उनीविरुद्ध मुद्दा दायर भएको छ।
समावेशी व्यवस्थाको सबैभन्दा ठूलो सफलता नै पुरानो मानसिकता टुट्नु हो। पाखा पारिएकाहरूमा निजामती सेवामा छिर्न सकिने आत्मविश्वास आउनु चानचुने कुरा होइन। यद्यपि, एउटा वर्ग त्यही कुराले छटपटिएको छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगामी निर्वाचनलाई सामान्यरूपमा नलिने नेता कार्यकर्तालाई आग्रह गरेका छन्। उनले देशमा अहिले दुईवटा विचार र प्रवृत्ति आमनेसामने भएको पनि बताए।
पुष्प मेला
काठमाडौँ- फूल र झिलिमिलीको पर्व तिहारलाई लक्षित गरेर ललितपुरको जावलाखेलमा १५औँ गोदावरी फूल मेला तथा प्रदर्शनी भइरहेको छ। फ्लोरिकल्चर एशोसिएसन नेपाल फ्यानको आयोजना गरेको प्रदर्शनीमा विभिन्न प्रकारका फूल राखिएको छ। मेलामा ४९ वटा व्यावसायिक, दुईवटा प्रतियोगितात्मक र चारवटा सूचनामूलक गरी ५५ वटा स्टल राखिएको र प्रदर्शनीमा ७ सयभन्दा बढी फूल व्यवसायी संलग्न रहेको एशोसिएनले जनाएको छ। बिहीबारबाट शुरू भएको मेला चार दिनसम्म चल्ने छ।\r\n
बेलायती प्रधानमन्त्री लिज ट्रसले पदबाट राजीनामाको घोषणा गरेकी छन्। उनले पदभार ग्रहण गरेको ६ हप्तामै पदबाट राजीनामा दिने घोषणा गरेकी हुन्।
निर्वाचन आयोगले सरकार र मातहतका निकायले अनुमतिका लागि दिएको ३०० भन्दा बढी निवेदन रोकिदिएको छ।
वातावरण विभागले प्लाष्टिकका फूलमाला बिक्रीवितरण रोक्न अनुगमन गर्ने भएको छ। बजारमा प्लाष्टिकका फूलमाला बेचेको भेटिए १ लाख रुपैयाँसम्म जरिवाना हुने विभागले जनाएको छ।
नेवा संस्कृतिको मजाक उडाएको अभियोगमा पक्राउ परेका कमेडीयन २.५ लाख धरौटीमा रिहा भएका छन्। उनलाई काठमाडौँ जिल्ला अदालतले रिहा गर्न आदेश दिएको हो।
हास्यकलाकार एवं अभिनेता मदनकृष्ण श्रेष्ठले आफ्नो स्वास्थ्यले साथ दिएसम्म अभिनय गरिरहने बताएका छन्।
दिल्लीमा पटका उत्पादन गर्ने, भण्डारण गर्ने र बेच्नेलाई ३ वर्षसम्मको कैद सजाय र ५ हजार भारतीय रुपैयाँ जरिवाना तिराइने भएको छ। त्यस्तै, पटका पड्काउनेलाई पनि ६ महिना कैद तोकिएको छ।
यस पटकको स्थानीय निर्वाचनले मतदाता मार्फत् ‘उम्मेदवार नै निर्णायक’को भाष्य विकास गरेको छ। जसलाई आसन्न आम निर्वाचनमा अनदेखा गर्नु पार्टीहरूका लागि निम्ति दु:साध्य बन्नसक्छ।
एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भेटिए २ वर्ष कैद वा १ लाख जरिबाना तथा दुबै सजाय हुनसक्छ।
निर्वाचन आचारसंहिता उल्लघंन गरेको भन्दै निर्वाचन आयोगले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कारबाही गर्न निर्देशन दिएको छ।
तिहारलाई लक्षित गर्दै चार फिल्म प्रदर्शन हुँदैछन्। कात्तिक ४ मा ‘के घर के डेरा’ र ‘नालापानी’, कात्तिक ११ मा ‘महापुरूष’ र कात्तिक १८ मा ‘लाखे’ प्रदर्शन हुने भएको हो।
निर्वाचन आयोगले प्रत्यक्षतर्फ ३० प्रतिशत मतपत्र छपाइ भएको जनाएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले वन्यजन्तुलाई जलवायुजन्य असर नहुने गरी व्यवस्थापन गर्न तथा मानवबस्ती कुनै खतरा नहुने गरी कार्य अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तदारुक नहुँदा अधिकांश प्रतियोगितामा दर्शकको संख्या न्यून देखिएको छ भने स्थानीय खेलकुद संघ तथा खेलप्रेमीहरू असन्तुष्ट देखिएका छन्।
पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले राजनीनिक दलहरूले गठबन्धन गरेर मतदाताको 'स्वतन्त्र विवेक'माथि अंकुश लगाउन खोजेको आरोप लगाएका छन्।
सैन्य कानून लागू हुँदा कर्फ्यू लाग्नुका साथै नागरिकको घर तथा सम्पत्ति जफत् गर्ने र स्रोत परिचालन गर्ने अधिकारसमेत सेनालाई हुन्छ।
धान भित्र्याउने चटारो
\nदशैँ सकिएसँगै भक्तपुरको योसिंखेलवासी धान थन्क्याउन व्यस्त भएको छन्। मौसम खुलेरसँगै योसिंखेलका किसानलाई धान झाँटेर सुकाउन भ्याइनभ्याइ छ। यहाँका किसानले परम्परागत रूपले धान सुकाएर भण्डारण गर्ने गर्छन्। असारमा रोपेको धान कात्तिक र मंसिरमा देशभर भण्डारण गर्ने गरिन्छ। तस्वीरहरू: अमित मचामसी\n