प्रमुख निर्वाचन आयुक्त थपलियाले सञ्चारमाध्यमले निर्वाचन आचारसंहिता पालना गरे-नगरेको अनुगमन गर्ने काम आयोगको नभई प्रेस काउन्सिलको भएको बताए।
आन्तरिक किचलोका कारण २०५६ सालमा कृष्णप्रसाद भट्टराईको जमानत जफत भएको काठमाडौँ–१ मा २०६४ सालको संविधानसभा निर्वाचन जितेर प्रकाशमानले पहिलोपटक कांग्रेस झन्डा गाडेका थिए।
प्राधिकरणले स्थानीयवासीले उठाएको मागलाई सम्बोधन गर्ने र त्यसका लागि आवश्यक पर्ने बजेट व्यवस्था गर्ने सहमति भएको छ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न आयोगले अग्रजको अनुभवलाई आत्मासात् गरेर अघि बढनेसमेत बताए।
उपाध्यक्ष पौडेलले सार्वजनिक सेवाप्रवाहलाई विश्वसनीय, पारदर्शी र भरपर्दो बनाउन सबै सरकारी कार्यालयमा विद्युतीय सुशासन प्रणाली कार्यान्वयन गरिने बताए।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता अनिल आचार्यले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले आइतबार निर्वाचन आयोगको विज्ञप्ति तत्काल कार्यान्वयन आदेश जारी गरेको छ।
बाढीमा बगाएर आएको भैँसी बचाउनेले एक लाख रुपैयाँ मागेको देखेँ त्यही भैँसीका मालिक होमानसिंह शिवभक्ति पैसा दिन नसकेर रुँदै थिए त्यही दृश्य कल्पितले वृत्तचित्रमा उतारेका छन्।
सुपर १२ को अन्तिम खेलमा जिम्बावेमाथि ७१ रनको जित दर्ता गर्दै भारत समूहको शीर्षस्थानमा रहेर अन्तिम ४ मा पुगेको छ।
यसअघि सांसद बनेका व्यापारी र ठेकेदारले आफ्नो स्वार्थपूर्ति हुने खालका विधेयक बनाउन दबाब दिएका थिए। यसपटक पनि दलहरूले व्यापारी र ठेकेदारलाई महत्त्व दिँदा मतदाताको मत सदुपयोग हुने सम्भावना कति होला?
माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले उक्त क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार विष्णुभक्त तिमिल्सिनालाई सहयोग गर्ने पार्टीले निर्णय गरेको बताए।
आइतबार दोस्रो बजारका लगानीकर्ता लघुवित्त कम्पनीमा आकर्षित देखिएका छन्।
समूह ‘ए’ बाट एपीएफ ४ खेलमा ७ अंकका साथ सेमिफाइनलमा पुगिसकेको छ। गण्डकी ४ खेलमा ५ अंकका साथ दोस्रो स्थानमा छ। आर्मी ३ खेलमा ४ अंकका साथ तेस्रो स्थानमा छ।
प्रधानमन्त्री देउवाले डडेल्धुराका जनताले मत दिएर जिताए आलिताल भित्रिमधेसको विकास, सडक पूर्वाधार निर्माण र तटबन्ध निर्माणको काम गर्ने प्रतिबद्धता जनाए।
राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनका कारण गगनचुम्बी सेता हिमाल काला पहाडमा परिणत भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै त्यसतर्फ सचेत हुन जरुरी रहेको बताइन्।
निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारको व्यस्तता बढेको छ। उम्मेदवारहरू आफ्ना प्रतिबद्धता लिएर मतदाताको घरदैलोमा पुगेर मत मागिरहेका छन्।
स्वतन्त्र भनिने धेरैजसोको वैचारिक धरातल कमजोर छ। एउटा कुरा सत्य हो, उनीहरूमा आक्रोश र हतारो पक्कै छ। यद्यपि, सबै स्वतन्त्र उम्मेदवारहरू त्यस्तै छन् भन्ने ठहर होइन।
दिल्ली महानगर र आसपासका क्षेत्रमा बसोबास गर्ने करिब ८० प्रतिशत परिवार वायु प्रदुषणसँग सम्बन्धित रोग भएको देखाएको हो।
१९० देशका सरकार प्रमुख र प्रतिनिधि सहभागी सम्मेलनमा जलवायु परिवर्तनका कारण भोग्नुपरेको हानिनोक्सानीबारे ठोस प्रगति नभए सम्मेलन शुरू नहुँदै असफल हुने जलवायु विज्ञ र अभियन्ताको चेतावनी छ।
प्रवक्ता डा महतले निर्वाचनपछि मुलुकमा स्थायी सरकार बन्ने बताउँदै सत्ता साझेदार दलको गठबन्धनले नै स्पष्ट बहुमत हासिल गर्ने बताए।
छापावाल सुन प्रतितोला ९४ हजार ५०० र तेजावी सुन ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।