झापा-३ बाट राप्रपाका राजेन्द्र लिङ्देन निर्वाचित भएका छन्। नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला ३ हजार मतान्तरले पराजित भएका छन्।
प्रहरीद्वारा बरामद लागूऔषध सुरक्षित गर्ने एउटै विकल्प भनेको यसलाई अनुसन्धान ल्याब तथा औषधि फर्महरूमा बिक्रि गर्नु भएको एक न्यायाधीशले बताए।
अब्दुल्लाह अल्मुताइरीले भदौमा राजीनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षकविहीन छ।
अनवरले स्थानीय समयानुसार साँझ ५ बजे राजाबाट पद तथा गोपनीयताको शपथ लिएका छन्।
नेपाली कांग्रेसका पद्मनारायण चौधरीलाई २ हजार मतान्तरले पराजित गर्दै सिरहा-१ बाट नेकपा एमालेका रामशंकर यादव निर्वाचित भएका छन्।
धनकुटामा नेपाली कांग्रेसका सुनिलबहादुर थापालाई १ हजार ३९७ मतान्तरले पराजित गर्दै एमालेका राजेन्द्रकुमार राई विजयी भएका छन्।
जारी विश्वकपको समूह ‘एच’मा रहेका दक्षिण कोरिया र उरुग्वेले पहिलो खेलमै फरवार्ड फिटनेसको सामना गर्नुपर्ने देखिएको छ।
खोटाङमा नेकपा एमालेका विशाल भट्टराईलाई साढे २ हजार मतान्तरले पराजित गर्दै नेकपा माओवादी केन्द्रका रामकुमार राई विजयी भएका छन्।
गुल्मीमा जारी मतगणनामा नेकपा एमालेका प्रदीप ज्ञवालीले नेपाली कांग्रेसका चन्द्र भण्डारीलाई पछ्याइरहेका छन्।
प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमाले अग्रस्थानमा छ। नेपाली कांग्रेस दोस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा छन्।
स्वतन्त्र उम्मेदवार डा. ताराप्रसाद जोशीले सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका गोविन्दराज बोहरालाई पराजित गरेका छन्।
अघिल्लो निर्वाचनमा पाएको भन्दा महेश बस्नेतले १३ हजार कम मत पाए, जबकि गएको स्थानीय तहको मतअनुसार यो क्षेत्रमा माओवादी केन्द्र र एकीकृत समाजवादीको मत करिब दुई हजार मात्र छ।
मकवानपुर- १ बाट वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार डिना उपाध्याय र राप्रपा नेपालका कमल थापालाई हराउँदै राप्रपाका दीपकबहादुर सिंह निर्वाचित भएका छन्।
नवलपरासी पूर्व क्षेत्र नम्बर १ बाट कांग्रेस उम्मेदवार शशांक कोइराला निर्वाचित भएका छन्।
पर्वतबाट प्रतिनिधिसभा सदस्यमा एमालेका पदम गिरी विजयी भएका छन्।
अफगानिस्तानको पूर्वी लोगर प्रान्तमा नैतिक अपराध गरेको भन्दै तालिवानले दर्जनौँ मानिसलाई सार्वजनिक स्थलमै कोर्रा हानेको छ।
एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका उनले नेकपा एमालेका अजय गुप्तालाई ७ हजार मतको अन्तरले पराजित गरेका हुन्।
भक्तपुर क्षेत्र नम्बर १ बाट नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल निर्वाचित भएका छन्।
दाङ क्षेत्र नम्बर २ बाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मा विजयी भएकी छन्।
कांग्रेस नेता रामचन्द्र पौडेल तनहुँ क्षेत्र नम्बर १ बाट विजयी भएका छन्।