समानुपातिकतर्फ १ करोड ५ लाख ६० हजार मत गणना भएको छ। जारी मतगणनामा २८ लाख ४५ हजार ६४१ मतसहित नेकपा एमाले अग्रस्थानमा छ।
प्रतिनिधिसभामा समानुपातिकतर्फ कांग्रेसले पाउने ३२ सिटमध्ये तीन सिटमा मात्र पुरुष उम्मेदवार छान्नुपर्ने भएपछि त्यही तीन सिटमा पर्न नेताहरूको दौडधुप तीव्र बनेको छ।
स्पेनमै जन्मिएका हाकिमी स्पेनविरुद्ध आफ्नो ‘करियर’को दोस्रो खेल खेल्दैछन्। उनी पहिलोपटक रसिया विश्वकपमा स्पेनविरुद्ध मैदान उत्रिएका थिए।
बुधबार निधन भएका चिनियाँ पूर्वराष्ट्रपति जियान जेमिनको साेमबार बेइजिङस्थित ‘बाबाओसान रिभोलुसनरी सिमेट्री’मा अन्त्येष्टि गरिएको छ।
मंगलबार सुनको भाउ तोलामा छ सय रूपैयाँले घटेको छ। लगातार बढेर तोलाको लाख नजिक पुगेको सुनको भाउ घटेकाे हाे।
चिकित्सकद्वय परिधी शर्मा र अर्पणा पाठकद्वारा लिखित ‘ओभरलुक्ड फेसेज अफ नेपाल’ सार्वजनिक भएको छ। पुस्तक ‘एलजीबीटीआईक्यू’ समुदायका लागि पहिलो ‘कलरिङ बुक’ भएको लेखकको दाबी छ।
गुल्मीमा ताेरी खेती गर्ने किसान घटिरहेका छन्। माैसम प्रतिकुलताका कारण किसानले याे बाली लगाउन छाडेका हुन्।
नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले माओवादी केन्द्रसँग एकता गर्न लागेको भनेर सञ्चारमाध्यमले भ्रम सिर्जना गरेको र त्यसमा कुनै सत्यता नभएको दाबी गरेका छन्।
मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा कांग्रेस पहिलो पार्टी बनेको छ। एमाले प्रदेश १ र लुम्बिनी प्रदेशमा पहिलो बनेको छ। यस्तै कर्णालीमा कांग्रेस र माओवादीले समान नौ/नौ सिट जितेका छन्।
कालीकोटकाे खाँडाचक्र नगरपालिका–१ ले २० वर्ष पुगेर विवाह गर्ने दलित महिलालाई १० हजार रुपैयाँ प्रदान गर्ने भएको छ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले १२ लाखसम्मकाे अनुसन्धान प्रस्ताव पेश गर्न युवा वैज्ञानिकलाई अनुराेध गरेकाे छ।
विश्वकप फुटबल आममान्छेका लागि प्रतिस्पर्धात्मक खेलकुद मात्रै हो। तर कतार आएपछि थाहा लाग्यो, यो केबल खेलकुद प्रतियोगिता मात्रै होइन रहेनछ।
ब्राजिल कतार विश्वकप २०२२ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। सोमबार राति दक्षिण कोरियालाई ४-१ गोलअन्तरले हराउँदै क्राेएसियासँगकाे भेट पक्का गरेकाे हाे।
पेनाल्टी सुटआउटमा जापानलाई हराउँदै साविक उपविजेता क्रोएसिया कतार विश्वकप २०२२ को क्वार्टरफाइनलमा पुगेको छ।
निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ हालसम्म १ करोड ४ लाख ४७ हजार ७४९ मतगणना भएको छ।
फिजियोथेरापिस्ट ऋषभ गौतम स्वास्थ्य अनुकूल हुने गरी मर्निङ वाक, जगिङ, व्यायाम गरे जटिल बन्दै गएका मधुमेह, रक्तचाप, मुटु रोगबाट टाढा रहन सकिने बताउँछन्।
आगामी सरकार गठनबारे छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठकमा माओवादी केन्द्र अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधव नेपालले चुनावको अनपेक्षित नतिजाबारे ‘तितो पोखेपछि’ विषय प्रवेश नै हुन सकेन।
सम्मान कार्यक्रममा बोल्दै वरिष्ठ गीतकार राजेन्द्र थापाले नारायणगोपालको स्वरमा भएको मिठासका बारेमा अध्ययन हुन जरुरी रहेको बताए।
सीमा तटबन्धकै विषयमा केन्द्रित रहेर नेपाल र भारतका अधिकारीहरूबीच छलफल भएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए।
वर्तमान सत्तागठबन्धनका दलहरू आफ्नै सरकार बनाउने कसरतमा जुटिरहँदा नेतृत्वमा माओवादीको दाबीले अर्को जटिलता थप्ने देखिन्छ।